समाज

मेलम्चीको पानी भोलिदेखि काठमाडौँमा पुनः वितरण गरिने

मेलम्चीको पानी भोलिदेखि काठमाडौँमा पुनः वितरण गरिने

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले भोलिदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि सिंहदरबारमा एक कार्यक्रमकाबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेसँगै पानी वितरण हुनेछ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीका अनुसार मेलम्चीको पानी सुन्दरीजलमा आइपुगिसकेको छ। उनले आज अनामनगरको ट्यांकीमा पानी जम्मा गर्न सुरू गरिने र भोलिबाट वितरण सुरू गरिने जानकारी दिए। पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाएर खुमलटार, महाङ्काल चौर, कीर्तिपुर, बोडे, कटुञ्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिने छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने कार्यकारी निर्देशक अन्सारीले जानकारी दिएका छन् । यसअघि…
Read More
भारत सरकारकाे अनुदानमा लमजुङमा विद्यालय भवन निर्माण

भारत सरकारकाे अनुदानमा लमजुङमा विद्यालय भवन निर्माण

काठमाडाैं । भारत सरकारकाे अनुदानमा लमजुङमा विद्यालय भवन निर्माण भएकाे छ । लमजुङको बेशीशहर नगरपालिकाको श्री लमजुङ माविको विद्यालय तथा छात्रावासको भवन भारत सरकारको ५० करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माण भएको हो । ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत २१.६ करोडको सहयोगमा निर्माण भएकाे उक्त विद्यालय तथा छात्रावासको भवनकाे कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय धनराज गुरुङले शुक्रबार औपचारिक रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । त्यस्तै भारतीय राजदूतावास, काठमाडौंका द्वितिय सचिव प्रशान्त कुमार साेनाले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको…
Read More
हुम्लाबाट १८६ कार्टुन अवैध चिनियाँ मदिरा बरामद

हुम्लाबाट १८६ कार्टुन अवैध चिनियाँ मदिरा बरामद

हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले १८६ कार्टुन (२ हजार २३२ बोतल) अवैध चिनियाँ मदिरा (झिनिगन्टी) नियन्त्रणमा लिएको छ। सोमबार साँझ साढे ८ बजे सिमकोट गाउँपालिका वडा नम्बर ४ को स्याप्ने भन्ने स्थानबाट अवैध चिनियाँ मदिरा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्लाको तल्लो भेगतिर ३१ वटा खच्चरबाट ढुवानी हुँदै गरेको चिनियाँ मदिरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए। उनका अनुसार उक्त मदिराको बजार मूल्य करिब ११ लाख १६ हजार रुपैयाँ रहेको छ।
Read More
चीनको अनुदानमा निर्माण गर्ने भनिएको चक्रपथ दोस्रो खण्डको निर्माण अलपत्र

चीनको अनुदानमा निर्माण गर्ने भनिएको चक्रपथ दोस्रो खण्डको निर्माण अलपत्र

काठमाडौँ । चीन सरकारको अनुदान सहायतामा निर्माण गर्ने भनिएको चक्रपथ दोस्रो खण्डको अन्योलका कारण सर्वसाधारण धुलोको सास्ती खेप्न बाध्य भएका छन्। मुख्य ट्रयाक विस्तारको ठेक्का हुनुअघि सर्भिस ट्रयाक निर्माणको काम सक्ने भन्दै खन्न थालिएको स्वयम्भूदेखि बसुन्धरा खण्ड बजेट अभावले अलपत्र भएसँगै सर्वसाधारण सास्ती खेप्न बाध्य भएका हुन्। सडक विस्तारका लागि यो खण्डको दुवैतर्फ खन्ने काम भएको छ। तर, त्यसपछि थप काम अघि नबढ्दा धूलोले सडक कुहिरीमण्डल बन्ने गरेको छ। सडक विभागले चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढाउन आतुर रहेको जनाएपनि अहिलेसम्म आयोजनाको डिजाइनसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) विभागमा आइपुगेको छैन। यस सडक खण्डको डीपीआर तयार गर्ने जिम्मा चीनको हेनान…
Read More
चिनियाँ ऋणको ‘पासो’मा परेको अन्तराष्ट्रिय विमानस्थलको कन्तबिजोग, एक वर्षमा जम्मा ५ अन्तराष्ट्रिय उडान

चिनियाँ ऋणको ‘पासो’मा परेको अन्तराष्ट्रिय विमानस्थलको कन्तबिजोग, एक वर्षमा जम्मा ५ अन्तराष्ट्रिय उडान

काठमाडौँ । चिनियाँ ऋणबाट निर्माण गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँचवटा मात्रै अन्तराष्ट्रिय उडान भएका छन् । २०७३ (सन् २०१६) देखि निर्माण सुरु भएर २०७९ पुष १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हालसम्म (पछिल्लो एक वर्षमा) पाँचवटा मात्रै अन्तराष्ट्रिय चार्टर्ड उडान भएका हुन् । पोखरा अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हालसम्म कुनै पनि व्यवसायिक उडान भएको छैन । विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक असार ६ गते चीनको छेन्दुबाट सिचवान एयरलाइन्सले चार्टर्ड उडान गरेको थियो । जुन उडानमार्फत नेपाल–चीन फ्रेन्डसीप ड्रयागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी, पर्यटक र प्रतिनिधिमण्डल गरी कुल ९६ जना…
Read More
दशगजामा चीनको रवैया, नेपाली निरीह !

दशगजामा चीनको रवैया, नेपाली निरीह !

चीन सिमानाको पिल्लर नम्बर २४ देखि २२ किलोमिटर दूरीमा रहेको लोमाङथाङ बजारबीचमा मात्रै सीमा प्रहरी कार्यालय रहेछ । यो नेपाल र चीनबीच सन् १९६० को दशकमा भएको सहमतिअनुसार निर्माण भयो होला । किनभने, सगरमाथाका सन्दर्भमा विवाद भएपश्चात् नेपाल र चीनले आफ्नो सिमानाको ‘नो म्यान्स’ भूमिबाट २० किलोमिटर क्षेत्रमा सेनाका गतिविधि नगर्ने भनिएको थियो । सिमानाबाट ९ किलोमिटरभित्र पर्ने नेचुङमा प्रहरी चौकी र भन्सारको स्थापना गरिएको छ । अर्थात् सीमा प्रहरी कार्यालयबाट २२ किलोमिटर र नेचुङस्थित भन्सार कार्यालयबीचको ९ किलोमिटरमा नेपालको उपस्थिति छैन । नेपाल–चीन सिमानाको पिल्लर नम्बर २४ सम्म नेपाल सरकारको कुनै संरचना निर्माण भएको छैन । पिल्लरबाट करिब ६…
Read More
पोखरामा चिनियाँ नागरिक पक्राउ

पोखरामा चिनियाँ नागरिक पक्राउ

पोखरा । पोखरामा बिना अनुमति ड्रोन उडाएको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय चेन देङ सेन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार पोखरा महानगर– १, टुँडिखेलमा अनुमतिबिना ड्रोन उडाइरहेको सूचनाका आधारमा सेनलाई पक्राउ गरिएको हो । उनलाई ड्रोनसहित नियन्त्रणमा लिएर नेपाल नागरिक उड्ड्यन प्राधिकरण पोखरा पठाइएको उनले जानकारी दिए ।
Read More
टिकटकमार्फत चिनजानपछि विवाहकाे आश्वसन दिई हाेटलमा लागेर पटक-पटक बलात्कार

टिकटकमार्फत चिनजानपछि विवाहकाे आश्वसन दिई हाेटलमा लागेर पटक-पटक बलात्कार

वैदेशिक रोजगारीमा हुँदा टिकटक मार्फत चिनजान, नेपाल फर्केपछि बलात्कार काठमाडौँ । वैदेशिक रोजगारीमा कुवेतमा रहँदा काभ्रेका उमेश लामा र काठमाडौँमा बस्ने एक युवतीबिच सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत कुरा भइरहन्थ्यो । कुवेतबाट नेपाल फर्केपछि उनीहरूले भौतिक रूपमा चिनजान र भेटघाट गरे । उनीहरू बिचको दोस्ती ‘प्रेम’मा बद्लियो । उनीहरूको बिचमा विवाह गर्ने सहमति भयो । भक्तपुरमा फरक–फरक ठाउँमा भेटिराख्ने उमेशले एक दिन युवतीलाई भने–‘हामी विवाह नै गर्ने त होनी... ।’ युवतीलाई विवाह गर्ने सर्तमा उमेशले बलात्कार गरे । उमेश काभ्रेपलान्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–८ का स्थानीय हुन् । तर, सँगै घरजम गर्ने सर्तमा शरीर सुम्पेकी युवतीलाई थाहै नदिई उमेश फेरी कुवेत फर्किए…
Read More
आजको मौसम : हिमपातको सम्भावना

आजको मौसम : हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन तथा देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउनु हुन महाशाखाले…
Read More
मृत्युदण्ड सुनाइएको तीन वर्षपछि नेपाल फर्किए राउत

मृत्युदण्ड सुनाइएको तीन वर्षपछि नेपाल फर्किए राउत

सुनसरी । रोजगारीका लागि कतार पुगेका झापा कन्काई नगरपालिका–४ त्रिवेणी टोलका सुभाष राउत आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाएको तीन वर्षपछि नेपाल फर्किएका छन् । उनी २० लाख रुपैयाँ ब्लडमनी तिरेर नेपाल फर्किएका हुन् । राउतलाई कतारको अदालतले तीन वर्ष पहिले आफ्नै कोठामा बस्ने खोटाङको ऐसेलुखर्क महेश्वरी गाउँका लामाकाजी राईको हत्या आरोपमा पक्राउ गरी मृत्युदण्डको फैसला सुनाएको थियो । सो घटनामा आफू निर्दोष रहेको उनको जिकिर थियो । तर, त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएपछि स्वीकार्नुबाहेक अर्को कुनै विकल्प थिएन । त्यसपछि उनको परिवारले हारगुहार गर्दै देशविदेशमा बस्ने नेपालीबाट ब्लडमनी संकलन अभियान सञ्चालन गरेको थियो ।‘उनलाई कतारको अदालतले…
Read More
Page 29 of 452
1 … 27 28 29 30 31 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.