समाज

सुन तस्करीमा अर्को खतनाक जालो रहेको खुलासा

सुन तस्करीमा अर्को खतनाक जालो रहेको खुलासा

काठमाडाैं । पछिल्लोपटक १४ किलो सुन तस्करी प्रकरणले सुन तस्करीको अर्को खतरनाक जालो उजागर गरेको छ । उक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर घलेसहितको टोलीले पटकपटक गरी हालसम्म विदेशबाट १ सय ३८ किलोग्राम सुन अवैध रूपमा भित्र्याएको खुलासा भएको छ । यसअघि गत साउन २ मा ६१ दशमलव ७ किलोग्राम सुन पक्राउ परेको थियो । गत मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ केजी सुन बरामद गरिएको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिले छानबिन गरी तयार पारिएको प्रतिवेदनमा सो तथ्य खुलाइएको हो । विमानस्थल भन्सार कार्यालय अधिकृत एवं छानबिनसमितिका संयोजक भन्सार अधिकृत मणिराम पौडेलले प्रमुख भन्सार प्रशासक डा.…
Read More
‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउँछ : प्रधानमन्त्री प्रचण्ड

‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रुपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख छ । २१औँ शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो…
Read More
आज क्रिसमस मनाउँदै क्रिश्चियन धर्मावलम्बी,सरकारले दियो सार्वजनिक बिदा

आज क्रिसमस मनाउँदै क्रिश्चियन धर्मावलम्बी,सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । क्रिश्चियन धर्मावलम्बीले सोमबार क्रिसमस डे मनाउँदैछन्। अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन्। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ। ‘ख्रिष्टमस’ पनि भनिने यो दिनमायेशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ। क्रिसमसमाअवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
Read More
आज २०८० साल पुस ९ गते सोमबार,यस्तो छ तपाईको राशिफल

आज २०८० साल पुस ९ गते सोमबार,यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा पनि होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा निरास र शरीरमा आलस्य आउला । मनमा अविश्वास उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन पनि सक्छ । कर्कट…
Read More
५ लाख रुपैयाँ घुस लिने वडाध्यक्ष रँगेहात पक्राउ

५ लाख रुपैयाँ घुस लिने वडाध्यक्ष रँगेहात पक्राउ

बारा । मधेश प्रदेशको बारा जिल्लास्थित रहेको जीतपुर सिमरा उपमहानगरपालिकाको एक वडाध्यक्ष घुससहित रँगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटेको टोलीले जीतपुर सिमरा उमपहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष तारा कार्की ५ लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ परेका हुन् । सेवाग्राहीलाई वडाबाट सिफारिस गरिदिने वापत उनले ५ लाख रुपैयाँ घुस मागेको गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले कार्कीमाथि निगरानी थालेका थिए । वडा कार्यालयबाट हुने एक सिफारिस वापत नै कार्कीले ५ लाख रुपैयाँ घुस मागेको सेवाग्राहीलाई उदृत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद गौत्तमले जानकारी दिए । उनका अनुसार, गोप्य सूचनाको…
Read More
घाटा बढ्दै गएपछि चिनियाँ जहाज बेच्दै नेपाल एयरलाइन्स

घाटा बढ्दै गएपछि चिनियाँ जहाज बेच्दै नेपाल एयरलाइन्स

काठमाडौँ । नेपाल एयरलाइन्सले घाटामा रहेका ५ चिनियाँ जहाज बेच्न टेण्डर आह्वान गरेको छ । चीनबाट ल्याएर सञ्चालन सुरु गरेदेखि अर्बौं रुपैयाँको घाटा भएपछि बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो । एयरलाइन्सले २ वटा एमए–६० जहाज र ३ वटा वाई–१२ ई विमान बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । आज आह्वान गरिएको बोलपत्रमा आवेदन दिने अन्तिम मिति २०२४ को फेब्रुअरी ४ सम्म छ । ‘इच्छुक कम्पनीहरुलाई जहाज किन्न आवश्यक डकुमेन्टसहित आवेदन खुलाएको छ,’ एयरलायन्सले भनेको छ, ‘कूल ५ जहाजको बिक्री अक्सनमार्फत हुनेछ ।’ यस्तै, आएका सम्पूर्ण आवेदनलाई स्वीकृत गर्ने वा नगर्ने भन्ने अधिकार एयरलाइन्ससँगै रहेको समेत बताइएको छ । चिनियाँ…
Read More
फास्ट ट्र्याकलाई असर गर्ने खेलमा चिनियाँ कम्पनी, भ्रष्टाचारमा मुछिएको कालिका हावी

फास्ट ट्र्याकलाई असर गर्ने खेलमा चिनियाँ कम्पनी, भ्रष्टाचारमा मुछिएको कालिका हावी

काठमाडौँ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना निर्माण शुरु भएको ६ वर्षमा २७ प्रतिशतमात्रै काम पूरा भएको छ। २०७४ बैशाख २१ को मन्त्रिपरिषद निर्णयले फास्ट ट्र्याक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । मन्त्रिपरिषद् निर्णयसँगै २०७४ जेठ १४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेका थिए। यद्यपि सेनाले २०७४ मंसिरबाट मात्रै निर्माण शुरु गरेको थियो । निर्माणाधीन फास्ट ट्र्याकमा निर्माण कम्पनी भने चिनियाँ छन् । सुरुमा फास्ट ट्र्याक निर्माण सम्पन्‍न गर्ने म्याद २०८१ मंसिरसम्म तोकिएको थियो। तर पहिलो पटकको म्याद सकिने बेलासम्म आयोजनाको भौतिक प्रगति २७.१९ प्रतिशतमात्रै भएको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजनाले जनाएको छ। यद्यपि मंसिरमा आयोजना निर्माण सम्पन्‍न…
Read More
उखु किसानलाई तत्काल अनुदान उपलब्ध गराउन सांसद सेजुवालकाे माग

उखु किसानलाई तत्काल अनुदान उपलब्ध गराउन सांसद सेजुवालकाे माग

काठमाडाैं । प्रतिनिधि सभा सांसद कान्तिका सेजुवालले कृषकहरूकाे समस्या तत्काल सम्बाेधन गर्नु पर्नेमा जाेड दिनु भएकाे छ । मंगलबार बसेकाे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकाे बैठकमा कृषकहरूकाे समस्या तत्काल सम्बाेधन गर्नु पर्नेमा जाेड दिनु भएकाे हाे । उहाँले भन्नुभयाे,'नेपाल सरकारले दिएकाे सेवा सुविधाबाट कृषकहरूले आफ्नाे समस्या समाधान गर्न सकेका छैनन्, यसरी हेर्दा उहाँहरूकाे अवस्था कहाली लाग्दाे छ, अझ उखु किसानहरूकाे अवस्था झन् कहाली लाग्दाे छ।' उहाँले उखु किसानलाई तत्काल अनुदान उपलब्ध गराउन बैठकमा माग समेत गर्नु भयाे । किसानहरूले समयमा मल नपाइरहेकाे बारेमा पनि बैठकमा उहाँले जानकारी गराउनु भयाे । उहाँले समयमा किसानहरूले मल नपाउँदा निराश…
Read More
चिनियाँ माब्जा जाङ्बो परियोजनाले नेपालमा बहुआयामिक प्रभाव पार्ने खतरा

चिनियाँ माब्जा जाङ्बो परियोजनाले नेपालमा बहुआयामिक प्रभाव पार्ने खतरा

काठमाडौँ । तिब्बतको माब्जा जाङ्बो र नेपालमा कर्णाली नदी भनेर चिनिने नदीले लाखौँ नेपालीको जीवनरेखा हो । तर नदीको माथिल्लो भागमा चीनको महत्वाकांक्षी बाँध परियोजनाका कारण लाखौँ नेपालीको भविष्य जोखिममा परेको छ। भूउपग्रहबाट खिचिएका तस्बिरहरूले मे २०२१ बाट माब्जा जाङ्बोमा नेपालबाट मात्र १६ किलोमिटर उत्तरमा निर्माण गतिविधिहरू शुरू भएको देखाएको छ। बाँधका पूर्ण विवरणहरू अज्ञात छन् । तर यो एक विशाल जलविद्युत परियोजना हो भनेर अनुमान गरिएको छ। विज्ञहरूले यस बाँधले नेपालमा बहुआयामिक प्रभाव पार्ने खतरा रहेको औँल्याएका छन् । कर्णाली नदीको बहावमा नियन्त्रणः सो बाँध निर्माण सम्पन्न भएमा कर्णालीको बहाव चीनको नियन्त्रणमा जाने छ। पानी भण्डारण गर्ने र छोड्ने…
Read More
‘वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्नेबारे छलफल र निर्णय भएको छैन’

‘वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्नेबारे छलफल र निर्णय भएको छैन’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालायले नेपाल वायुसेवा निगमको भूमिस्थ सेवा ९ग्राउण्ड ह्याण्डलिङ० खोस्नेबारे कुनै छलफल र आधिकारिक निर्णय नभएका बताएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निजी सचिवालयले आज विज्ञप्ति जारी गर्दै ट्रेड युनियनहरुलाई नेपाल सरकारले निर्णय नगर्दासम्म वायु सेवा निगमको भूमिस्थ सेवा कायमै रहने बताएको हो । साथै, मन्त्रालयले वायुसेवा निगमको समग्र सुधारमा केन्द्रीत हुँदै उच्चतम प्रतिफल र नतिजालाई मुख्य आधार बनाई कार्य गर्न निगम सम्बद्ध सम्पूर्ण क्रियाशील ट्रेड युनियनहरूलाई आग्रह गरेको छ । साथै, ट्रेड युनियनहरूले संचालन गरेका आन्दोलनका सबै गतिविधि रोकी तत्कालै काममा फर्किनसमेत कर्मचारीहरुलाई मन्त्री किरातीले निर्देशन दिएका छन्…
Read More
Page 30 of 452
1 … 28 29 30 31 32 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.