उखु किसानलाई तत्काल अनुदान उपलब्ध गराउन सांसद सेजुवालकाे माग

Share Icon

काठमाडाैं । प्रतिनिधि सभा सांसद कान्तिका सेजुवालले कृषकहरूकाे समस्या तत्काल सम्बाेधन गर्नु पर्नेमा जाेड दिनु भएकाे छ ।

मंगलबार बसेकाे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकाे बैठकमा कृषकहरूकाे समस्या तत्काल सम्बाेधन गर्नु पर्नेमा जाेड दिनु भएकाे हाे ।

उहाँले भन्नुभयाे,’नेपाल सरकारले दिएकाे सेवा सुविधाबाट कृषकहरूले आफ्नाे समस्या समाधान गर्न सकेका छैनन्, यसरी हेर्दा उहाँहरूकाे अवस्था कहाली लाग्दाे छ, अझ उखु किसानहरूकाे अवस्था झन् कहाली लाग्दाे छ।’

उहाँले उखु किसानलाई तत्काल अनुदान उपलब्ध गराउन बैठकमा माग समेत गर्नु भयाे । किसानहरूले समयमा मल नपाइरहेकाे बारेमा पनि बैठकमा उहाँले जानकारी गराउनु भयाे । उहाँले समयमा किसानहरूले मल नपाउँदा निराश भएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’ जसरी पनि वर्षाैदेखि अनुदान नपाएका उखु किसाहरूकाे समस्या तत्काल समाधान हुनुपर्छ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.