सुनको मूल्य घट्दा चाँदी स्थिर
काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो । आइतबार ५०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो । साथै गत शुक्रबारको तुलनामा आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । गत शुक्रबार १ हजार ३९० रुपैयाँ प्रतितोलामा कारोबार…
