समाज

सुन तस्करीसँग जोडिएका चिनियाँहरुसँग बयान

सुन तस्करीसँग जोडिएका चिनियाँहरुसँग बयान

काठमाडौँ । सुन तस्करीसँग जोडिएका चिनियाँ नागरिकसँग सुन तस्करीबारे छानबिन गर्न बनेको आयोगले बयान लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर करिब ६१ किलो सुन समातिएको तीन महिनापछि सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक फ्लोरेन्ससहित चार जनासँग बयान लिएको हो । ‘भाषा अनुवादक राखेर बयान लिनु परेको थियो, उनीहरुले सञ्चालन गरेको क्यासिनोमा सुन तस्करीमा आबद्ध रहेका चिनियाँ नागरिकहरु गएर जुवा खेलेका थिए, त्यसकारण बयान लिनु परेको हो’, आयोगका एक सदस्यले भने । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले अन्य शंकित व्यक्तिहरुलाई पनि बयान लिने क्रममा फ्लोरेन्ससहित चार जनासँग बयान लिएर प्रतिवेदन तयार…
Read More
सरकारलाई टिकटकको पत्र, नेपालमा फेरि खुल्छ कि खुल्दैन ?

सरकारलाई टिकटकको पत्र, नेपालमा फेरि खुल्छ कि खुल्दैन ?

काठमाडाैं । डिजिटल प्ल्याटफर्म टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेपछि त्यसबारे सरकारको उच्च तहबाट निर्णय हुनुपर्ने अधिकारीहरूले जनाएका छन्। नेपालमा विद्यमान कानुनी प्रक्रिया पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै टिकटकले नेपाल सरकारलाई केही दिनअघि एउटा पत्र पठाएको छ। टिकटकको सार्वजनिक नीति र सरकारसँगको सम्बन्ध हेर्ने दक्षिण एशिया प्रमुख फिरदौस मोत्तकिनले पठाएको पत्र यसै साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता भएको छ। गत नोभेम्बर महिनामा "सामाजिक सद्भावमा खलल पुर्‍याएको" भन्दै मन्त्रिपरिषद्ले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। टिकटक चिनियाँ प्रविधि कम्पनी बाइटड्यान्सको स्वामित्वमा छ। विश्वभरि लोकप्रिय बनेको उक्त डिजिटल प्ल्याटफर्मले नेपालमा प्रतिबन्ध…
Read More
‘खुट्टी खोला’मा चिनियाँको अवरोध, पत्रकार महासंघले गर्‍यो निन्दा

‘खुट्टी खोला’मा चिनियाँको अवरोध, पत्रकार महासंघले गर्‍यो निन्दा

सिरहा । लहान नगरपालिका १५ स्थित ‘खुट्टी खोला’मा समाचार संकलनका लागि गएका पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको छ। निर्माणमा संलग्न चिनियाँ कम्पनीका कर्मचारीहरूले पत्रकारहरुलाई समाचार संकलनमा अवरोध गरेका हुन् । सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी चाइन रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपका कर्मचारी एवं खोला साइट इन्चार्ज हुस्या छ्याङको निर्देशनमा टिपर र एक्साभेटरले सञ्चारकर्मीहरूलाई पछ्याउँदै धुलो उडाएर, तर्साएर अवरोध गरेका थिए । यस्तै सञ्चारकर्मीलाई निर्मम र अवैध रूपमा खोला दोहन चलिरहेको स्थलसम्म जान नदिने मनसायले ठेकेदार कम्पनीले सञ्चालन गर्दै आएको क्रसरनजिकै बाटोमा एक्साभेटरले खाल्डो खनेर अवरोध गरिएको थियो । सञ्चारकर्मीमाथिको अवरोधको घटनाप्रति नेपाल…
Read More
पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका–५, मस्यामको चिदिसमा भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको हो । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीचमा दुर्घटनामा परेको हो । घटनास्थलमा पुगेको प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरूलाई उद्धार गरेर लुम्बिनी मेडिकल कलेज प्रभास पठाएका छन् ।​ मृतकको पहिचान खुल्न बाँकी छ ।
Read More
दुर्गा प्रसाईको कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था कडा, डीएसपीको नेतृत्वमा हजारौं प्रहरी परिचालन

दुर्गा प्रसाईको कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था कडा, डीएसपीको नेतृत्वमा हजारौं प्रहरी परिचालन

काठमाडौँ । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज आयोजना गर्ने कार्यक्रममा सुरक्ष व्यवस्था कडा पारिएको छ । भृकुटीमण्डपस्थित कार्यक्रम स्थलको सुरक्षामा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो । उपत्यका प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँका अपरेशन कमाण्डर (डीएसपी) पवन भट्टराईको नेतृत्वमा कार्यक्रम स्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ । कार्यक्रमका लागी २ हजार भन्दाबढी प्रहरी परिचालन गरिएको बताइएको छ । महाअभियानको ‘वार्षिक उत्सव’ कार्यक्रम भृकुटीमण्डपमा आयोजना गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ । प्रसाईँ समूहले काठमाडौँको कीर्तिपुर, स्वयम्भू, वनस्थली, चाबहिल, भक्तपुर र ललितपुरको भुलुबाट जुलुस निकाल्दै छन् । कार्यक्रम स्थलमा सशस्त्र…
Read More
चिनियाँ गिराेहकाे बन्धकबाट मुक्त भए १३ नेपाली

चिनियाँ गिराेहकाे बन्धकबाट मुक्त भए १३ नेपाली

काठमाडौं । कम्प्युटर, सूचना–प्रविधि र अनलाइन सेवासम्बन्धी काममा आकर्षक तलबसहितको रोजगारी दिइने भनेर चिनियाँ गिरोहले थाइल्यान्ड–म्यानमार सिमावर्ती क्षेत्रमा पुर्‍याएकामध्ये १३ जना नेपाली बन्धकमुक्त भएर स्थानीय प्रहरी हिरासतमा पुगेका छन्। म्यानमारस्थित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेका अनुसार नेपाली दूतावासको सम्पर्कमा आइसकेका ती नेपालीको घरफिर्तीका लागि पहल जारी रहेको छ। तीबाहेक अरू आठ जना पनि उद्धारको प्रकृयामा छन्। तर उनीहरूबारे विस्तृत विवरण आइनसकेको राजदूत घिमिरेले जानकारी दिए। त्यहाँस्थित नेपाली दूतावासले उपलब्ध गराएको सूचीअनुसार अहिले बन्धकमुक्त भएर प्रहरी हिरासतमा रहनेमा त्रियम्बल यादव, प्रकाश उप्रेती, महेश खड्का, अनिल राई, गोपाल बुढाथोकी, विशाल विश्वकर्मा, शैलेन्द्र थापा, अमिर खान, विजयसिंह ठकुरी, ताराविक्रम पौडेल, अमरनाथ बराई, सुमित घिमिरे…
Read More
गुलरिया वडा नं. ८ द्वारा भुमिहिन तथा सुकुम्बासीहरूलाई अस्थायी निस्सा वितरण

गुलरिया वडा नं. ८ द्वारा भुमिहिन तथा सुकुम्बासीहरूलाई अस्थायी निस्सा वितरण

गुलरिया । बर्दिया जिल्ला गुलरिया नगरपालिका वार्ड नं ८ मा भुमिहिन तथा सुकुम्बासीहरूलाई अस्थायी निस्सा वितरण भइरहेकाे छ । गुलरिया नगरपालिकाले संकलन गरेको भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई धमाधम निस्सा वितरण भइरहेकाे छ । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित बसोबासीले नगरपालिकामा दर्ता गराएको निवेदन राष्ट्रिय भूमि आयोगबाट प्रमाणिकरण भएर आएको नाप नक्साको निस्सा नगरपालिकाले वितरण गर्न सुरु गरेको हो । गत शुक्रबार गुलरिया नगरपालिका–८ कार्यालयले निस्सा वितरण गर्न सुरु गरेको हाे । वितरण गरिएको निस्सामा भोगचलन गरेको जग्गाको कित्ता कोड, जग्गा रहेको ठेगाना र अनुमानित क्षेत्रफललगायत उल्लेख छ । गुलरिया नगरपालिकाका नगर प्रमूख मुक्तिनाथ यादवको आतिथ्यमा भुमिहिन…
Read More
ललित राजवंशीले लिए क्यानडाको चौथो विकेट

ललित राजवंशीले लिए क्यानडाको चौथो विकेट

काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडाको चौथो विकेट लिएको छ । नेपाली बलर ललित राजवंशीले क्यानडाको चौथो विकेट लिएका हुन् । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाललाई ५० रनको ब्यक्तिगत स्कोरमा आउट गरे । ललितले नवनितलाई आकाश चन्दद्वारा क्याच गराएका थिए । अर्धशतकीय पाली खेल्ने क्रममा नवनितले ८२ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । २७ औँ ओभरको अन्तिम बलमा नवनित आउट हुँदा क्यानडाले एक सय एक रन बनाएको छ । शृंखलाको तेस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको छ । यसअघि नेपाल शृंखलाको पहिलो खेलमा सात रन…
Read More
बैंकहरुले थप ब्याजदर घटाए, कुन बैंकमा पैसा राख्दा फाइदा ?

बैंकहरुले थप ब्याजदर घटाए, कुन बैंकमा पैसा राख्दा फाइदा ?

काठमाडौँ । वाणिज्य बैंकहरुले आगामी फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि अघिल्लो महिनाको मसान्तमा नै ब्याजदर सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् । बैंकहरुद्धारा प्रस्तावित ब्याजदर अनुसार फागुन महिनाका लागि थप ब्याजदर घट्ने भएको छ । माघ महिनाका लागि बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.१२ प्रतिशत रहेको छ । तर, बैंकहरुले फागुनका लागि ०.४० प्रतिशतले ब्याजदर घटाउँदै औसत ७.७२ प्रतिशत प्रस्ताव गरेका हुन् । पछिल्लो समय बैकिङ प्रणालीमा तरलता बढ्दै जाने तर कर्जा माग बढ्न नसक्दा बैंकहरुमा अधिक तरलता थुप्रिन पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो…
Read More
कर्णालीका यी पालिकाहरूले मनाउँदै छन् ‘जनयुद्ध दिवस’

कर्णालीका यी पालिकाहरूले मनाउँदै छन् ‘जनयुद्ध दिवस’

सुर्खेत । सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । तर जनयुद्धको आधार इलाका मानिएको कर्णालीका कतिपय पालिकाहरूले भने अदालतको आदेशको अवज्ञा गर्दै धमाधम बिदा दिने निर्णय गरिरहेको छन् । विशेष गरी नेकपा (माओवादी केन्द्र)ले जितेको पालिकाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएका छन् । अहिलेसम्म चार वटा पालिकाहरूले सार्वजनिक रूपमै जनयुद्ध दिवस मनाउने र उक्त दिन सार्वजनिक बिदाको घोषणा गरिसकेमा छन् । कालिकोटको पचालझरना गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र डोल्पाको मुड्केचुल्ला गाउँपालिका र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते बिदाको घोषणा गरेका छन्…
Read More
Page 22 of 452
1 … 20 21 22 23 24 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.