८५ हजार मेट्रिक टन रासायनिक मल ल्याउँदै सरकार
काठमाडौं। सरकारले ८५ हजार रासायनिक मल ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ६० हजार युरिया र २५ हजार डीएपी मल ल्याउन लागिएको हो । मन्त्रालयका अनुसार ३० हजार मेट्रिक टन युरिया मल विशाखापटनमबाट नेपाल आयात हुने क्रममा रहेको छ । यस्तै, थप ३० हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी सिपमेन्ट हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । रासायनिक मल करिब साढे ७२ हजार मेट्रिक टन मल मौज्दात छ । मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांकका अनुसार ७२ हजार ४५८ मेट्रिक टन रासायनिक मल मौज्दात भएको हो । यसमध्ये युरिया ४० हजार ७६७ मेट्रिक…
