चालु आर्थिक वर्षकाे बजेटबाट वडामा काम चाडै सक्ने तयारीमा रहेको छाैं : अध्यक्ष बुढा
८ बैशाख, काठमाडाैं । नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १ वर्ष दिन बितिसकेको छ । नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्। यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ५ वटा वडा कार्यालयहरु रहेको छन् । नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लास्थर्त भूमे गाउँपालिका वडा नम्बर ९ मा अहिले विकासले…
