Share Icon

काठमाडौं । बाराको सुवर्ण गाउँपालिकामा विद्यार्थीहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेकाे छ । साे क्रममा लाखौं क्षति हुनुको साथै कैयौं जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

सुवर्ण गाउँपालिका गाउँपालिका वडा नम्बर ४ हर्दियामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा प्रधानाध्यापकको विषयलाई लिएर विद्यार्थीहरु केही दिनदेखि आन्दोलन गरिरहेका थिए ।

तर एक्कासि सुवर्ण गाउँपालिकाले हर्दिया माध्यमिकमा रहेका प्रधानाध्यापक रामएकबाल साहलाई आइतबार पत्र पठाएको झोकमा आज बिहानैदेखि विद्यार्थीहरु विद्यालयको हाता बाहिर आन्दोलन गर्दा सुनवाइ नभएपछि गाउँपालिकाको कार्यालय पुगेका थिए ।

साे क्रममा प्रहरी र विद्यार्थीबिच दोहोर झडप हुनुकाे साथै विद्यार्थीहरुमाथि प्रहरीले दमन गर्न थालेपछि बिधार्थीहरु सुवर्ण गाउँपालिकामा क्षति पुर्याएका छन् ।

सबै विद्यार्थीहरु हर्दिया विद्यालयमा आएपछि प्रहरीले विद्यालयमा दमन गर्न पुग्दा स्थानीयबासीको सहयोगमा प्रहरीलाई धपाईएको हर्दियाको स्थानीयबासीले दिएका छन्।

यता प्रहरी र बिधार्थी दुवै पक्षबिच घाइते भएको तर एकिन विवरण नआएको पनि बताइएको छ । अहिले घाइतेहरुको कलैयाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएकाे छ ।

Facebook Comments Box

Share Icon