समाज

छुमचौरमा मार्सी धान रोपाइँ

छुमचौरमा मार्सी धान रोपाइँ

८ जेठ,जुम्ला । जुम्लामा मात्र उत्पादन हुने मार्सीधान रोपाइँको याम सुरु भएपछि यहाँका किसानलाई भ्याइनभ्याइ छ । जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सीधानको पर्यटकीय प्रवद्र्धन गर्नेका लागि धान रोपाइँ महोत्सव समेत आयोजना गरिएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भीमप्रकाश शर्माले मार्सीधानको बीउ रोपी महोत्सवको शुभारम्भ गर्नुभयो । पछिल्लो समयमा मार्सीधानमा रोगको सङ्क्रमण बढेको जनाउँदै किसानले धान रोप्न छोडेका थिए । स्थानीयवासी मुनबहादुर ऐडीले पछिल्लो समय मार्सी धानको उत्पादनमा लाग्न किसानलाई थप हौसला बढेकोे बताउनुभयो । जुम्लाबाट उत्पादन हुने हरेक अर्गानिक फलफुललाई बजारीकरण गर्नदेखि छुमचौरमा उत्पादन हुने काली मार्सी…
Read More
झापामा पोथी हात्ती मृत फेला

झापामा पोथी हात्ती मृत फेला

८ जेठ, बनियानी । झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती ९ढोइ० मृत फेला परेको छ ।आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेकोे जानकारी दिनुभयो । हात्ती मृत फेला परेको स्थानमा विद्युतीय तारबार छैन । हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको जनाएको छ । स्थानीयवासीले मृत हात्तीमाथि पूजाआजासमेत गरेका छन् । झापामा चालु आर्थिक वर्षमा योसँगै हात्तीको मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ…
Read More
चारसय बीस खानीलाई ‘लाइसेन्स’ प्रदान

चारसय बीस खानीलाई ‘लाइसेन्स’ प्रदान

८ जेठ, काठमाडौँ । खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र ९ लाइसेन्स० प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २० खानीलाई लाइसेन्स प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायतका सम्भाव्य खानीको खोजतालसको लागि विभागबाट लाइसेन्स प्रदान गरिएको जानकारी दिनुभयो । उक्त विभागले गत वर्ष चार सय पाँच खानी खोजतलासको लागि लाइसेन्स प्रदान गरेको थियो । सो विभागले चालु आवमा एक सय ५९ खानीलाई उत्खननका लागि अनुमति दिएको छ भने गत वर्ष एक सय ५८ खानीलाई…
Read More
‘पशु बिरामी भएमा तत्काल खबर गर्नुहोस्’

‘पशु बिरामी भएमा तत्काल खबर गर्नुहोस्’

८ जेठ, बलेवा। पछिल्लो समय पशुमा देखिएको सङ्क्रमक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिकले सक्रियता देखाएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको हो । आफ्नो पालिकाभित्रका पशुमा रोग देखिएमा तत्काल उपचार गराउने, किसानलाई क्षति हुनबाट बचाउने काममा लाग्न उहाँले निर्देशनसमेत दिएको बताउनुभयो । सङ्क्रामक रोगको रुपमा लम्पी स्किन देखिएको छ । यो रोगबाट बागलुङमा धेरै पशुको मृत्युसमेत भइसकेको बताइएको छ । सापकोटाका अनुसार झण्डै चार सय पशु सङ्क्रमित छन् भने १४ पशुको मृत्यु भइसकेको छ । शरीरमा गिर्खा आउने र सोही गिर्खा…
Read More
किसानको समस्या समाधान गर्न हरपल अग्रसर रहन कर्मचारीलाई कृषिमन्त्री कुशवाहाको निर्देशन

किसानको समस्या समाधान गर्न हरपल अग्रसर रहन कर्मचारीलाई कृषिमन्त्री कुशवाहाको निर्देशन

रौतहट । मधेश प्रदेशका कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले किसानको माटो परीक्षण शिविरको स्थलगत अवलोकन गरेका छन् । मन्त्री कुशवाहाले आईतबार रौतहट पुगेर सँचालनमा रहेको माटो परीक्षण घुम्ती शिविरको स्थलगत अवलोकन गरेका हुन् । जिल्लाभरिबाट सँकलन गरिएको किसानको खेतको माटो परीक्षणको लागि टेष्ट गरिरहेको बेला उनले आफैँ स्थलगत निरिक्षण तथा अवलोकन गरेका छन् । कुशवाहा कृषि मन्त्री बनेपछि पहिलो पटक मधेशका किसानहरुको खेतको माटोको उर्वरा शक्ति चेकजाँच गर्ने निःशुल्क शिविर चलाएका छन् । सो क्रममा रौतहट पुगेर उनले चेकजाँचको स्थितिको बारेमा जानकारी लिएका छन् । यसका साथै, कृषि ज्ञान केन्द्र तथा पशु सेवा बिज्ञ केन्द्रबाट हुने सेवा प्रवाह बारे निरीक्षण अवलोकन…
Read More
छात्रालाई ‘प्रतिरक्षा’ तालिम, आठ किशोरीको उद्धार

छात्रालाई ‘प्रतिरक्षा’ तालिम, आठ किशोरीको उद्धार

८ जेठ, काभ्रे । जिल्ला युवा समिति काभ्रेपलाञ्चोकले विद्यालयका छात्रालाई महिला आत्मरक्षा तालिम दिएको छ । बागमती प्रदेश युवा परिषद्को सायोगमा रोशी गाउँपालिका–२ स्थित लक्ष्मी नारायण कृषि प्राविधिक माध्यमिक विद्यालयमा आयोजित दुई दिने तालिममा तीन विद्यालयका ४० विद्यार्थीले सहभागीता जनाएका थिए । तालिममा माध्यमिक विद्यालयस्तरका छात्रालाई सामूहिक झैझगडा तथा पुरुषद्वारा आक्रमण भए शारीरिकरुपमै प्रतिकार गर्ने रक्षात्मक तरिकाबारे प्रशिक्षण दिइएको जनाइएको छ । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न तथा महिलामा आत्मबलको विकास गर्ने उद्देश्यले यस्तो तालिमको आयोजना गरिएको समितिका अध्यक्ष प्रकाश थापाले बताउनुभयो । उहाँले गाउँपालिकाको अन्य विद्यालयका छात्रालाई यस्तो प्रकृतिको तालिम क्रमशः प्रदान गर्दै जाने बताउनुभयो । वडा नं २…
Read More
तातोपानीको नयाँ मुहान भेटियो

तातोपानीको नयाँ मुहान भेटियो

८ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरुपमा तातोपानी निस्कने मुहान भेटिएको हो । बेनी–जोमसोम सडकको भिरकाटे पारी कालीगण्डकी र दोवा खोलाको दोभान नजिकै बगरमा बाफ उडेको देखेपछि खन्ने क्रममा तातोपानीको मुहान भेटिएको दोवा बेँसीका गमबहादुर राम्जालीले बताउनुभयो । “बगरमा बाफ उडेको र पानी रसाएर चिसो भएको देखेपछि गल र बाउसोले खन्दा तातोपानीको मुहान भेटियो”, उहाँले भन्नुभयो, “एक पटकमा तीन–चार जनाले शरीर डुबाएर स्नान गर्न मिल्ने पोखरी बनाएका छाँै ।” जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने पानीको मुहान अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ मा…
Read More
चिनियाँ निर्माण कम्पनी र सरकारी अधिकारीको मिलेमतोमा अनियमितता र लापरवाही

चिनियाँ निर्माण कम्पनी र सरकारी अधिकारीको मिलेमतोमा अनियमितता र लापरवाही

काठमाडाैं । गत १ जनवरीदेखि सञ्चालनमा आएको पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थल निर्माणपूर्व नै यसको आवश्यकता, औचित्य र व्यावसायिक पाटोलाई गम्भीरतापूर्वक विमर्श नगरिएको भनी आलोचना भइरहँदा अहिले यसको निर्माणको क्रममा भएको अनियमितता र लापरबाही पनि उजागर भएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६० औं प्रतिवेदनअनुसार यस विमानस्थलको आर्थिक पाटो र भौतिक संरचना निर्माणमा भएका लापरबाहीका कारण देशलाई हानिनोक्सानी पुगेको उल्लेख छ । विमानस्थल नजिकका खोला, फोहोर फाल्ने स्थान, पशुपन्छीको उपस्थिति, ठूलो जहाज अवतरणका लागि स्थान अभाव जस्ता कारणले यो विमानस्थल सञ्चालनमा समस्या देखिँदै आएको छ । महालेखाले निर्माणको क्रममा सम्झौता…
Read More
पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार छताछुल्ल : मन्त्रीले भ्रष्ट प्रोजेक्ट प्रमुखविरुद्ध कदम चाल्लान् ?

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार छताछुल्ल : मन्त्रीले भ्रष्ट प्रोजेक्ट प्रमुखविरुद्ध कदम चाल्लान् ?

काठमाडाैं । पोखरा अन्तर्राष्टिय विमानस्थल निर्माणका क्रममा आर्थिक अनियमिता र प्राविधिक कमजोरी व्यापक देखिएको छ । विमानस्थल निर्माण आयोजनाका तात्कालीन प्रमुख प्रदीप अधिकारी र ठेकेदार कम्पनी सीएमसीवीचको सेटिङ र मिलेमतोका कारण समस्या देखिएको हो । ती समस्या र आर्थिक अराजकताको विषयमा महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ र दोषीलाई कारबाही गर्नुपर्ने उल्लेख गरेको छ । तर, अहिलेसम्म दोषीलाई कारबाही गर्ने विषयमा कुनै सुनवाई भएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र उनको सचिवालयका टीम उल्टै अधिकारीसँग दिनभर चियाखाजामा समय बिताउन थालेका छन् । सन् २०२३ जनवरीबाट सञ्चालनमा आएको भनिएको विमानस्थल अहिलेसम्म गति भने लिन सकेको…
Read More
गाउँपालिका अध्यक्ष र सडक उपभोक्ता समितिबिच कुटाकुट

गाउँपालिका अध्यक्ष र सडक उपभोक्ता समितिबिच कुटाकुट

७ जेठ, बैतडी, । सिगास गाउँपालिका अध्यक्ष र सडक उपभोक्ता समितिका पदाधिकारीबिच २० लाख ४४ हजार रुपियाँको चेकका विषयमा विवाद हुँदा कुटाकुट भएको छ। कुटपिटबाट घाइते भएका सडक उपभोक्ता समितिका अध्यक्ष अस्पताल भर्ना भएका छन्। सडक उपभोक्ता समितिलाई गाउँपालिकाको लेखा शाखाले उक्त रकम भुक्तानीका लागि दिइएको चेक गाउँपालिका अध्यक्षले बैङ्कलाई रोक्का गर्न निर्देशन दिएपछि कुटाकुट भएको हो। गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बैङ्कमा चेक रोक्का गरेर बिहीबार कार्यालयमा बोलाएर बिनाकारण कुटपिट गरेको उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिंह धामीले बताउनुभयो। उहाँ घाइते हुनुभएको छ। चालु आर्थिक वर्षमा सिगास गाउँपालिकाले वडा नम्बर ९ को देउलेकबाट सिगास–४, वडा कार्यालयको कान्धारसम्म दुई हजार सात सय मिटर…
Read More
Page 232 of 452
1 … 230 231 232 233 234 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.