गोले तामाङ वंश उत्थान समाजको अध्यक्षमा मिनप्रसाद गोले
५ जेठ ,काठमाडौं । यही जेठ ४ गते गोले तामाङ वंश उत्थान समाजको सातौँ राष्ट्रिय भेला तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । वार्षिक रूपमा जेठ ४ गते राष्ट्रिय भेला गर्दै आएको समाजले मिनप्रसाद गोले (सुनसरी)को अध्यक्षतामा ९१ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसअनुसार सह-अध्यक्षमा हर्कबहादुर गोले (सिन्धुपाल्चोक), उपाध्यक्ष महिलाबाट सीता गोले (काठमाडौं), सुजेन्द्र गोले (सुनसरी), शुभरत्न गोले (मकवानपुर), मीन गोले (नवलपरासी) र राजु गोले (बाँके) रहेका छन् । महासचिवमा धनबहादुर गोले (काठमाडौं), उप(महासचिवमा शुभराज गोले (मकवानपुर) र पेम्बा गोले (काठमाडौं), सचिवमा रवीन्द्र गोले (नुवाकोट) र बाबुराम गोले (सिन्धुपाल्चोक) एवंरीतले कोषाध्यक्षमा किर्तिमाया गोले (सिन्धुपाल्चोक), सह-कोषाध्यक्षमा आकाश गोले (मकवानपुर) रहनुभएको…
