समाज

४ हजार ७ सयवटा सिम कार्डसहित चिनियाँ नागरिक पक्राउ

४ हजार ७ सयवटा सिम कार्डसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । अवैध भिओआइपी सञ्चालनमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकसहित दुई जनालाई पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले मंगलबार ललितपुरबाट दुईजनालाई पक्राउ गरेको हो। ललितपुरमा वैकुण्ठराज बुढाथोकीको घरमा कोठा भाडामा लिएर बसेका ४० वर्षीय चिनियाँ नागरिक यस घटनाका मुख्य अभियुक्त भएको देखिएको छ। प्रहरीले नेपाली नागरिक गणेश श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीले कोठाबाट ४ लाख ८३ हजार नेपाली रुपैयाँ सहित केही विदेशी नोट समेत बरामद गरेको छ। प्रहरीले २ हजार ४०३ वटा नेपाल टेलिकमको सिम र १ हजार ३०० वटा एनसेलको सिमकार्ड समेत बरामद गरेको छ।
Read More
विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले विभिन्न १० देशको अवैध रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ५८ वर्षीय फेङ चाङवेन बाटिक एयरबाट मलेसिया जान लागेको अवस्थामा आइतबार पक्राउ परेका हुन् । प्रहरीका अनुसार चाङवेनको साथबाट ९ लाख ८ हजार रुपैयाँ नेपाली पैसा, भियतनामिज डोङ ४० लाख ५० हजार, कम्बोडियन रियल ५ हजार, भारतीय रुपैयाँ ७ हजार ८४० र लावोसियन किप २ लाख ५० हजार बरामद भएको छ । यस्तै सिंगापुर डलर २४२, मलेसियन रिंगट ३५१, थाई भाट एक लाख १३ हजार ९५०, चाइनिज युआन २१ र २ हजार अमेरिकी डलर पनि बरामद भएको प्रहरीले जनाएको छ । चाङवेनलाई…
Read More
डोटीको केआइसिंह गाउपालिका–५ ले ग-याे अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान

डोटीको केआइसिंह गाउपालिका–५ ले ग-याे अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान

२२ जेष्ठ,काठमाडौं ।  डोटीको केआइसिंह गाउपालिका–५ ले अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको छ। गाँउपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आइतवार अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको हो। अध्ययनको शिलशिलामा माया प्रेम बसेर विवाह गरेका जोडिलाई गाउँपालिकाले सम्मान गरेको छ। तर अन्तरजातीय विवाह गरेका जोडिले भने जातीय विभेदको अझै पनि सामना गर्नुपरिरहेको अनुभव सुनाएका छन्। अन्तरजातीय विवाह गरेकी पार्वती साउँदले हामीले प्रेम सम्बन्धलाई पुर्णता दिन विवाह गरेको भए पनि धेरै यातना खेप्नु परेको गुनासो पोखिन्। ‘म एक सक्षम शिक्षित व्यक्तिमाथि त यस्तो व्यवहार हुन्छ भने अन्य साधारण जोडिले अन्तरजातीय विवाह थेग्न सक्ने अवस्था छैन्।’
Read More
गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?

गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?

२३ जेठ, काठमाडौं ।  पछिल्ला दिनमा गर्मी बढ्दै गइरहेको छ । चर्किंदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या बढ्दै गएको छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर चिनिन्छ । गर्मी र ‘लू’ बाट बच्न निकै सतर्कता अपनाउनुपर्छ । सामान्य लापरबाही गर्दा ‘लू’ का कारण मानिसको मृत्यु समेत हुन्छ । नेपालमा ‘लू’ को असरले प्रति लाखमा दुई जनाको मृत्यु हुने गरेको छ । गर्मी मौसममा विशेषगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा वहन थाल्छ । पछिल्ला दिनमा तराईका जिल्लामा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । पूर्व, मध्य र…
Read More
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री दाहाल

खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री दाहाल

२३ जेठ,खप्तड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताउनुभएको छ । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले चार जिल्ला ९बझाङ, बाजुरा, अछाम र डोटी० को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गर्नुभयो । खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० समेत तयार गरिसकेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन । अब एकैपटक यसको विश्वव्यापी प्रचार हुन्छ । विभिन्न देशका राजदूतले पनि आफ्नो देशमा खप्तडको प्रचार गर्नुहुनेछ । त्यसपछि पर्यटकको ओइरो…
Read More
पुख्र्यौली पेसा छोड्दैछन् गन्धर्व

पुख्र्यौली पेसा छोड्दैछन् गन्धर्व

२३ जेठ ,दाङ  । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु अहिले पुख्र्यौली पेसा छोडेर जीविकोपार्जनका लागि अन्य पेसा अँगाल्न बाध्य भएका छन् । आधुनिक गीत, सङ्गीत एवम् प्रविधिको विकासका साथै समाजमा आफूहरूमाथि हुने हेयको दृष्टिकोणका कारण पुख्र्यौली पेसा छोडेर अरू पेसा अँगाल्न बाध्य भएको उनीहरु बताउँछन् । गन्धर्व समुदायको मुख्य बस्ती रहेको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरको गणेश टोलमा अहिले न्यून सङ्ख्यामा गन्धर्वहरु सारङ्गी बोकेर गीत गाउन हिँड्ने गरेका छन् । त्यो पनि चाडपर्वको समयमा मात्र । उक्त टोलमा बस्ने ७१ वर्षीय दिले गन्धर्व भन्नुहुन्छ, “हामीलाई समाजले हेला गर्ने र राज्यले पनि बेवास्ता गर्ने गरेकाले गाउने पेसाबाट खानलाउन नपुग्ने अवस्था…
Read More
ताप्लेजुङमा हाब्रे सेन्टर

ताप्लेजुङमा हाब्रे सेन्टर

२३ जेठ,फुङ्लिङ ।  प्रत्यक्षरूपमा रातो हाब्रे ९रेड पाण्डा० को बासस्थान तथा बसाइँको अवस्थाबारे अध्ययन तथा अनुसन्धानका लागि यहाँ एक अनुसन्धान केन्द्र खोलिएको छ । रेडपाण्डा का लागि उपयुक्त बासस्थान ताप्लेजुङ पनि हो । यहाँको धेरै स्थानमा रेड पाण्डा पाइन्छ रेडपाण्डा नेटवर्कको प्रविधिक तथा आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको सहजीकरणमा रेड पाण्डा संरक्षण कार्यक्रम हुँदै आएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले बताउनुभयो । रेड पाण्डा दसदेखि २५ डिग्री सेल्सियस तापक्रम र वाषिर्करूपमा कमै मात्र तापक्रम घटबढ हुने १८०० देखि ४८०० मिटर उचाईका क्षेत्रमा पाइने गर्छ । यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गलमा पाइन्छ…
Read More
षडानन्द १२-तुर्के पुल-साम्पाङ-फाली दोबाटो सडक तीव्र गतिमा निर्माण

षडानन्द १२-तुर्के पुल-साम्पाङ-फाली दोबाटो सडक तीव्र गतिमा निर्माण

२३ जेठ,भोजपुर । भोजपुरको षडानन्द १२–तुर्के पुल– साम्पाङ–फाली दोबाटो २० किलोमिटर सडक निर्माण ५० प्रतिशत सम्पन्न भएको छ । कालोपत्र गर्ने लक्ष्यका साथ कोशी प्रदेश सरकारको भ्याटसहित रु ५१ करोड ६२ लाख लागतमा सडक निर्माण थालिएको हो । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत यो सडक कालोपत्र गर्ने उद्देश्यले २०७७ सालबाट निर्माण थालिएको हो । सडकको ‘स्ट्रकचर’ निर्माण ८० प्रतिशत सम्पन्न भएको छ भने सब बेस र बेसलगायतको काम भइरहेको छ । हालसम्म सडक निर्माणको भौतिक प्रगति ५० प्रतिशत रहेको कार्यालयले जनाएको छ । निर्माण भइरहेको सडकको पूर्वाधार विकास कार्यालयले स्थलगत अनुगमन गरेको छ । सडकलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउने गरी…
Read More
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फर्कियाे

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फर्कियाे

काठमाडौं । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँमै फर्केको छ । जहाजको प्रेसराइजेसन फेलियर भएर विमान फर्केको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार बिहान ८ बजेर १० मिनेटमा विमान उडेको थियो। ५० माइल परबाट विमान फर्केको थियो । विमानमा चालक दलसहित गरी कुल ७२ जना सवार रहेको उनले बताए । सबैको अवस्था सामान्य रहेको उनको भनाइ छ ।
Read More
कृषि व्यवसायमा रमाउँदा ।।।

कृषि व्यवसायमा रमाउँदा ।।।

२३ जेठ,भोजपुर । कृषि पेसामा युवा कमै भेटिन्छन् । खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाषा हुन्छ । छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन् । युवाले स्वदेशमा मेहनत गर्नुभन्दा विदेशप्रति नै बढी मोह देखाउने गरेको अवस्था छ । तर भोजपुर नगरपालिका–४ सिद्धेश्वरका २४ वर्षीय युवा गणेश विष्ट कृषि व्यवसायमा उदाहरणीय बन्नुभएको छ । विदेशप्रतिको मोह त्यागेर समाजमा उदाहरणीय काम गर्ने लक्ष्यले सानै उमेरमा कृषिमा होमिनुभएका उहाँ युवाको उत्प्रेरणाको स्रोत बन्नुभएको छ । करिब पाँच वर्षअघि इलामबाट उन्नत गाई ल्याएर व्यावसायिक पशुपालनमा लाग्नुभएका उहाँ यही पेसामा रमाउनुभएको छ । हालसम्म व्यावसायिक गाईपालनका लागि रु १५…
Read More
Page 218 of 452
1 … 216 217 218 219 220 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.