Share Icon

काठमाडौं । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँमै फर्केको छ ।

जहाजको प्रेसराइजेसन फेलियर भएर विमान फर्केको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार बिहान ८ बजेर १० मिनेटमा विमान उडेको थियो। ५० माइल परबाट विमान फर्केको थियो ।

विमानमा चालक दलसहित गरी कुल ७२ जना सवार रहेको उनले बताए । सबैको अवस्था सामान्य रहेको उनको भनाइ छ ।

Facebook Comments Box

Share Icon