समाज

मेलम्चीमा ‘बेलिब्रिज’ जडान हुने

मेलम्चीमा ‘बेलिब्रिज’ जडान हुने

२४ जेठ,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धता गरे पनि केही समय ढिलो गरेर बेलिब्रिज जडान हुन लागेको बागमती प्रदेश सभासदस्य कृष्णकुमार तामाङ ९समीर०ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब बेलिब्रिज निर्माण प्रक्रिया तत्काल अगाडि बढ्छ ।” उहाँले वर्षायाममा यहाँका नागरिकहरुलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि आग्रह गर्नुभयो । महासेनानी ईश्वर बुढाथोकीले बेलिब्रिज जडान कार्य केही चुनौती रहे पनि जतिसक्दो चाँडो कार्य सम्पन्न गर्न लागिपर्ने जानकारी दिनुभयो । मेलम्ची पारिको वडा नं ९ र १० तथा…
Read More
कुलपानी हरित पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दै

कुलपानी हरित पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दै

२४ जेठ,देउखुरी  । दाङ, गढवा गाउँपालिका–१ स्थित कुलपानी हरित पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ । गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला कुलपानी हरित पार्कमा घुम्न र वनभोजका लागि आउनेको भीड लाग्ने गरेको छ । घोराही– ६ का श्रीधर अधिकारीले बिदाको सदुपयोग गर्नका लागि परिवारसँग घुम्न कुलपानी आएको बताउनुभयो । “आफ्नै गाउँठाउँमा रहेका पर्यटकीयस्थल हेरौँ भनेर गाउँका दाजुहरूसँग यहाँ घुम्न आएको हुँ”, उहाँले भन्नुभयो । अधिकारीले पार्कमा बनाइएका बाघ, घोडा, गैँडा, जरायो, गरुड र मयुरका प्रतिमा निकै आकर्षक रहेको जनाउँदै सो ठाउँ आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको बताउनुभयो । घोराही–१५ का शरद आचार्यले पहिलो पटक…
Read More
कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

२४ जेठ,काठमाडौँ  । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी राजन गौतम नेतृत्वको नयाँ निर्माण सेवा भरतपुर–११ चितवन, राजाबहादुर झा नेतृत्वको नवनिर्माण बिल्डर्स प्रालि जनकपुर, सशक्त शरण गोले अभिषेक नेतृत्वको आर्भन कन्स्ट्रक्सन प्रालि भरतपुर–१ चितवन, राजु पोखरेल नेतृत्वको ब्लुबर्ड डिजाइन एन्ड कन्स्ट्रक्सन भक्तपुरसँग सातदिने स्पष्टीकरण माग गरिएको छ । यसैगरी, मिलन पन्त नेतृत्वको इपिक कम्प्युटर्स ट्रेडर्स काठमाडौँ, बबिन्द्रविक्रम बुढाथोकी नेतृत्वको बुढाथोकी निर्माण सेवा पाँचथर, शेरबहादुर लिम्बू नेतृत्वको माबोहाङ निर्माण सेवा ताप्लेजुङ, शोभा न्यौपाने नेतृत्वको समृद्ध निर्माण सेवा चितवन, डिल्लीराम तिवारी नेतृत्वको जय…
Read More
मनाङ रैथाने बालीमा आत्मनिर्भर

मनाङ रैथाने बालीमा आत्मनिर्भर

२४ जेठ,मनाङ ।  मनाङमा खेतीयोग्य भूमि साँघुरिँदै गएको छ । साँघुरिएको खेतीयोग्य भूमिबाट उत्पादन बढी लिने लक्ष्यका साथ बाली परिवर्तन गर्ने चलन बढ्दो छ । जसले गर्दा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ । तर, हिमाली जिल्ला मनाङ यिनै बालीमा नै आत्मनिर्भर छ । कतिपय स्थानमा रैथाने बाली लोप हुने भइसकेको छ । रैथाने बालीको प्रयोग कम गरी हाइब्रिड बाली लगाउने प्रचलन बढ्दो छ । कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले हाल विकासे (हाइब्रिड) खेतीपातीलाई प्राथमिकता दिएको पाइन्छ । उत्पादन बढी लिने उद्देश्यका साथ गरिएको खेतीले रैथाने बाली लोप भएका हुन् । चामे गाउँपालिका–२ थानचोकका…
Read More
गर्मीबाट बालबालिका बिरामी पर्न थाले

गर्मीबाट बालबालिका बिरामी पर्न थाले

२४ जेठ,जानकी  । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उहाँले अस्पतालको ‘ओपिडी’मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताउनुभयो । ती मध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने गरेका छन् । विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको बालरोग विशेषज्ञ डा प्रतिमाको भनाइ छ । उहाँले यस मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने, खाना खानुभन्दा अघि राम्री साबुनपानीले हात धोएर मात्र खाना खान सुझाव…
Read More
साँगामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

साँगामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

२४ जेठ, बनेपा।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो । सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
Read More
गर्मीमा धेरै चिसो खाँदा के हुन्छ ?

गर्मीमा धेरै चिसो खाँदा के हुन्छ ?

२४ जेठ ,काठमाडाैं ।   तापक्रम दिनानुदिन उकालो लागिरहेको छ । अत्यधिक गर्मीमा शरीरलाई कसरी शीतल बनाउने भन्ने ध्याउन्नमा सबै लागेका छन् । कोही फ्रिजको चिसो पानी खान चाहन्छन् भने कोही चिसो पेय पदार्थ, जुसमा भुल्छन् । अनि कसैलाई काँक्रा, खर्बुजाजस्ता फलफूल त कसैलाई आइसक्रिम र सोडा पानीले आकर्षित गर्छ । यी सबै कुराले शरीरलाई शीतलता प्रदान गर्छन्, तर क्षणिक मात्रै । लगायता चिसो खानेकुरा र पेय पदार्थ खाँदा स्वास्थ्यमा असर गर्छ भन्ने हेक्का भने धेरैलाई नहुन सक्छ । घाँटीमा समस्या गर्मी होस् या जाडो मौसम, चिसो खाने बित्तिकै घाँटीमा प्रत्यक्ष असर गर्दैन । तर यसले अप्रत्यक्ष रुपमा भने घाँटीलाई हानि…
Read More
करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहाडमा

करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहाडमा

२४ जेठ, काठमाडौं ।  स्पानिस जायन्ट रियल मड्रिडमा १४ वर्ष बिताएर छाडेका फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल(इत्तिहाडमा अनुबन्ध भएका छन् । बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् । ३५ वर्षीय फ्रेन्च स्ट्राइकरले पाँच च्याम्पियन्स लिगसहित २५ ट्रफी जितेका छन् । रियल मड्रिडसँग सम्झौता बाँकी नै रहेपनि स्पानिस क्लबले बेन्जेमालाई क्लब छाड्न अनुमति दिएको थियो । रियलका लागि सर्वाधिक गोल गर्नेमा क्रिस्टियानो रोनाल्डोभन्दा मात्र पछि रहेका बेन्जेमाले ३५४ गोल गरेका छन् । रोनाल्डोले ४५० गोल गरेका छन् । रोनाल्डो हाल अर्को साउदी क्लब अल नासेरबाट खेलिरहेका छन् । ‘यो राम्रो लिग…
Read More
तनहुँमा कृषकलाई मौरीसहितको घार

तनहुँमा कृषकलाई मौरीसहितको घार

२४ जेठ ,तनहुँ  । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी–४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारी जानकारी दिनुभयो । त्यसैगरी म्याग्दे गाउँपालिका–४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा मौरीसहितको घार वितरण गरिसकेको सो कार्यालयले…
Read More
खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी

खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी

२३ जेठ,नवलपुर ।  सुगम जिल्लाकारुपमा चिनिएको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरु एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दैआएका छन् । बिहान उज्यालो हुनेबित्तिकै गाग्री बोकेर पानी लिन जानेहरु दुई घण्टा डोकोमा एक गाग्री पानी बोकेर घर फर्किन्छन् । यस क्षेत्रमा सधैँभरि खानेपानीको समस्या रहेको स्थानीय सरस्वती आचार्यले बताउनुभयो । “ढोडेनीवासीलाई खानेपानीको असाध्यै समस्या छ, एक गाग्री पानी ल्याउन दुई घण्टा उकाली ओराली गर्नुपर्छ”, ४० वर्षीया आचार्यले भन्नुभयो, “यहाँका सबै घरमा खानेपानीको मिटर जडान गरिएको छ, तर धारोमा पानी आउँदैन ।” पानी बोक्न एक जनाको पूरै दिन…
Read More
Page 217 of 452
1 … 215 216 217 218 219 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.