समाज

मादीमा पहिराले दुई परिवार विस्थापित

मादीमा पहिराले दुई परिवार विस्थापित

२१ असार,कास्की । कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन् । चार घर जोखिममा परेका छन् । मादीको वडा नं ६ का पाँच र वडा नं २ मा एक परिवार पहिराको जोखिममा परेको गाउँपालिकाले जनाएको छ । यही असार १९ गतेको अविरल वर्षाले मादी–६ को काहुँखोला–दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घरलाई पहिराले जोखिम पु¥याएको हो । अविरल वर्षापछि घरसँगैको सडक पहिराले लैजाँदा स्थानीय कमलापति बरालको दुई घर र दीपक बरालको एक घर एक गोठमा क्षति पुगेको छ । यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय…
Read More
कोहलपुरमा वृक्षारोपण अभियान सुरु

कोहलपुरमा वृक्षारोपण अभियान सुरु

उमेश दलामी कोहलपुर । कोहलपुर नगरपालिकाले हरित शहरका लागि बुधबारदेखि बृक्षारोपण अभियान सुरु गरेको छ । कोहलपुर नगरपालिका परिसरबाट बृक्षारोपण अभियान सुरु गरिएको हो । नगर प्रमुख पूर्णप्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले एकैसाथ बृक्षारोपण गरेर अभियानको सुरुवात गरेका हुन् । नगरपालिकालाई हरित नगर बनाउने योजना अनुसार अभियान सुरु भएको नगर प्रमुख आचार्यले बताएका छन् । कोहलपुर शहरलाई हरित सहर बनाउने नगरपालिकाको अभियानमा सबै नगरबासी जोडिन नगर प्रमुख आचार्यले आह्वान गरेका छन् । उपप्रमुख सुवेदीले कोहलपुरलाई वातावरणमैत्री नगर बनाउन पनि बृक्षारोपण अत्यन्तै जरुरी रहेको बताइन् । आफ्नो घर अगाडी छत्तिवन, करभिर, बेगनबेली, समि, कपुर,…
Read More
भारतीय सहयोगमा बनेको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

भारतीय सहयोगमा बनेको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित बुढानीलकण्ठमा बनेको धर्मशाला उद्घाटन गरिएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार बुढानीलकण्ठ-३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला (अतिथिगृह) को उद्घाटन गरेका हुन् । बुढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरू गगनकुमार थापा र प्रदीप पौडेल, भारतीय राजदूतावासका पदाधिकारीहरू, काठमाडौंका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवलगायतको उपस्थिति थियो । भारत सरकारको करिब ५ करोड रुपैयाँ अनुदानमा निर्माण भएको उक्त धर्मशालाले बुढानीलकण्ठ मन्दिरमा आउने हजारौं तीर्थयात्रीलाई सेवा दिने बताइएको छ । यस परियोजनाले नेपालसँग भारतको लामो समयदेखि रहिआएको विकास साझेदारीलाई प्रतिविम्बित गरेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले भूकम्पप छिको पुनर्निर्माणमा…
Read More
आयात प्रतिस्थापन गर्न विभिन्न यान्त्रिक विकास गरिँदै

आयात प्रतिस्थापन गर्न विभिन्न यान्त्रिक विकास गरिँदै

२० असार,काठमाडौँ । लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रले मुलुकमा बढ्दो आयातलाई न्यूनीकरण गर्न विभिन्न यन्त्र विकास गर्न लागेको छ । कृषि क्षेत्रमा कोदोको दाना र मकैको दाना झार्ने यन्त्र, दाँतमा प्रयोग गरिने सिन्का तथा पूजापाठमा प्रयोग हुने धूप र अगरबत्ती बनाउने, बाँसको चोयाबाट मसिनो सिन्कामार्फत झाडु बनाउने यन्त्र निर्माण गर्न लागिएको हो । यी सबै प्रविधिको निर्माणका लागि राष्ट्रिय आविष्कार केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराउने समझदारी गरेको छ । यी सामग्री बनाउन करिब रु ५० लाख लाग्ने उक्त केन्द्रका प्रमुख दीपक घिमिरेले जानकारी दिनुभयो । उक्त यन्त्रबाट किसानले फलाएको धान, मकै, गहूँ, कोदोलगायत दाना भएका फसल छोडाउन सहज…
Read More
चौधवटा जग्गाको कित्ताकाट

चौधवटा जग्गाको कित्ताकाट

२० असार,रसुवा । चालु आवको हालसम्म जिल्लामा चौधवटा जमिनको कित्ताकाट भएको छ । भू– उपयोग नीति २०७९ लागू भएसँगै स्थानीय सरकारले गर्नुपर्ने वर्गिकरणका काम अगाडि बढ्न नसक्दा कित्ताकाटमा कमी आएको हो । नापी कार्यालयका सूचना अधिकारी शेरबहादुर बुढाथोकीकाअनुसार चालु आर्थिक वर्षमा जलविद्युत् आयोजनाले प्राप्त गरेका १४ वटा जग्गाको मात्र कित्ताकाट भएको हो । जलविद्युत् आयोजनाले प्राप्त गर्ने जग्गाको हकमा भने कित्ताकाट गर्न सरकारले पुरानै नीतिमा छुट दिइरहेको बताइएको छ । कित्ताकाटबाट उक्त कार्यालयले चालु आवको हालसम्म कूल रू एक लाख ७२ हजार पाँच सय ५२ राजस्व आर्जन गरेको छ । जिल्लाका पाँच गाउँपालिकामध्ये कुनैपनि पालिकाले मापदण्ड अनुरूपको वर्गिकरण गर्न नसक्दा…
Read More
एसइई नतिजा प्रकाशनका लागि १६ संस्थाले पाए अनुमति

एसइई नतिजा प्रकाशनका लागि १६ संस्थाले पाए अनुमति

२० असार,काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १६ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठर्ले जानकारी दिनुभयो । नतिजा प्रकाशनका लागि रीतपूर्वक निवेदन दिएका १६ वटा र तीन वटा बोर्डकै संस्थाले बेवसाइट, एसएमएस र आइभीआरबाट नतिजा उपलब्ध गराउने अनुमित पाएका हुन् । यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैंक, इडियु सञ्जाल, कान्तिपुर पब्लिकेशन्स, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था÷फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउने छन् । यसैगरी नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी…
Read More
दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

२० असार,काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार मापसेमा ६९, लेन उल्लङ्नमा एक सय २०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन् । यसैगरी प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउनेलाई एक सय ४७ र अन्य एक हजार सात सय ४५ गरी कुल…
Read More
युवा पुस्ताको आकर्षण घट्दा हराउँदै आरन

युवा पुस्ताको आकर्षण घट्दा हराउँदै आरन

२० असार,वेदकोट । पछिल्लो समय आरन व्यवसायमा युवा पुस्ताको आकर्षण घट्दै गएपछि कञ्चनपुरमा आरन पेसा लोप हुँदै गएको छ । युवा पुस्ताले आरन चलाउन छोडेपछि गाउँ सहरबाट आरन विस्थापित हुँदै गएका हुन् । आरन व्यवसाय छोडेर युवा शिक्षा, रोजगारीलगायत सुविधा खोज्दै सहर पस्ने तथा गाउँमा भएकाले पनि जीविकोपार्जनका लागि अन्य पेसा अगाल्न थालेपछि आरन व्यवसाय सङ्कटमा परेको भीमदत्त नगरपालिका–६ का विष्णु लुहारले बताउनुभयो । “अहिलेको पुस्ताले आरनमा काम गर्न जान्दैनन्, हामीले बुबाबाजेसँग बसेर आरनको सीप सिकेर जीवन काट्दैछौँ”, उहाँले भन्नुभयो, “अहिले आरन एकाध मात्रै छन्, ती पनि पाका मान्छेले नै चलाएका छन्, युवा आरनमा देखिदैनन् ।” हँसिय, कुटो, कोदालो, बञ्चरोलगायत…
Read More
‘विपन्न बस्तीमा मुख्यमन्त्री’ कार्यक्रमले आयस्तर वृद्धि

‘विपन्न बस्तीमा मुख्यमन्त्री’ कार्यक्रमले आयस्तर वृद्धि

– मिला दरै २० असार,डुम्रे । गरिब तथा पछाडि परेको समुदायको आयस्तर वृद्धि गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा ‘विपन्न बस्तीमा मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गरिएको छ । तनहुँका दुई विपन्न गाउँमा गरिएको कार्यक्रमले आयस्तर वृद्धिमा सहयोग पु¥याउँदै आएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र तनहुँमार्फत कार्यक्रम भइरहेको छ । एकीकृत कृषि कार्यक्रम सञ्चालन गरी किसानले उत्पादन बढाएर आर्थिकस्तर उकास्नमा संलग्न गराई गरिबी निवारणमा टेवा पु¥याउने र खाद्य सुरक्षा सुनिश्चितता गर्दै आर्थिक रूपमा सबल बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुर गाउँपालिका–५ र आँबुखैरेनी गाउँपालिका–१ को भुजेल बस्तीका ४० घर भुजेल…
Read More
पशुपालक कृषकलाई अनुदानमा कृषि उपकरण

पशुपालक कृषकलाई अनुदानमा कृषि उपकरण

२० असार,नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० कार्यालयले पशुपालक कृषकलाई घाँस काट्ने मेसिन चापाकटर र पशुको गोठमा ओछ्याउने काउम्याट वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा वडा कार्यालयले पशुपालनका लागि छुट्याएको बजेटबाट व्यावसायिक पशुपालक कृषकलाई कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष देवीदत्त कँडेलले बताउनुभयो । वडामा पशुपालन प्रवद्र्धनका लागि छुट्याइएको रु आठ लाख बजेटबाट कृषकलाई अनुदानमा उपकरण वितरण गरिएको उहाँको भनाइ छ । कृषकको केही लगानी र बाँकी वडाको लगानीमा कृषि उपकरण वितरण गर्दा किसानले अपनत्व ग्रहण गर्ने र सामानको सुरक्षा गर्ने भएका कारण उनीरुको पनि लगानी मिसाइएको वडाध्यक्ष कँडेलले बताउनुभयो । वडा कार्यालयसँगको सहकार्यमा १८ व्यावसायिक कृषकका लागि चापाकटर…
Read More
Page 194 of 452
1 … 192 193 194 195 196 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.