Share Icon

उमेश दलामी
कोहलपुर । कोहलपुर नगरपालिकाले हरित शहरका लागि बुधबारदेखि बृक्षारोपण अभियान सुरु गरेको छ ।

कोहलपुर नगरपालिका परिसरबाट बृक्षारोपण अभियान सुरु गरिएको हो ।

नगर प्रमुख पूर्णप्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले एकैसाथ बृक्षारोपण गरेर अभियानको सुरुवात गरेका हुन् । नगरपालिकालाई हरित नगर बनाउने योजना अनुसार अभियान सुरु भएको नगर प्रमुख आचार्यले बताएका छन् ।

कोहलपुर शहरलाई हरित सहर बनाउने नगरपालिकाको अभियानमा सबै नगरबासी जोडिन नगर प्रमुख आचार्यले आह्वान गरेका छन् । उपप्रमुख सुवेदीले कोहलपुरलाई वातावरणमैत्री नगर बनाउन पनि बृक्षारोपण अत्यन्तै जरुरी रहेको बताइन् ।

आफ्नो घर अगाडी छत्तिवन, करभिर, बेगनबेली, समि, कपुर, मिनि चमेली, गुलाचिन, बोटल ब्रस, टिकुमा लगायतका बिरुवा रोप्न नगरपालिकाले आग्रह गरेको छ ।

Facebook Comments Box

Share Icon