चिनियाँ राजदूतलाई देश निकालाकाे माग गर्दै काठमाडाैंमा प्रदर्शन
काठमाडाैं । काठमाडाैंमा चिनियाँ राजदूतलाई देश निकालाकाे माग गर्दै प्रदर्शन भएकाे छ । काठमाडाैंकाे माइतीघर मण्डलामा चिनियाँ राजदूत छन् सोङ्लाई देश निकालाकाे माग गर्दै प्रदर्शन भएकाे हाे । राष्ट्रिय एकता अभियानकाे अगुवाइमा भएकाे प्रदर्शनमा सहभागीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईको पार्ट बताउने चिनियाँ राजदूत सोङ्लाई देश निकालाकाे माग गरेका हुन् । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले देशलाई ऋणजालमा फसाउने चिनियाँ रणनीतिकाे विराेध गरे । प्रदर्शनमा अभियानका वरिष्ठ नेता एवं संविधान सभा सदस्य बिपी यादवले चीनले नेपाललाई तिब्बत जस्तै स्वशासित क्षेत्र बनाउन खाेजिरहेकाे आराेप लगाए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लिइएकाे ऋण बीआरआईको पार्ट हाे भनेर चिनियाँ राजदूत सोङ्ले दिएकाे अभिव्यक्ति…
