समाज

अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान

अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान

१८ असार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान गर्नुभएको छ । श्रीलङ्कन कम्युनिष्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहा आयोजना हुने सम्मेलनमा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपाल त्यहाँ आयोजित दक्षिण एशियाली कम्युनिष्ट पार्टी तथा वामपन्थी पार्टीहरुको बैठकमा सहभागी हुने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो । उहाँको अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा गङ्गालाल तुलाधरले जानकारी दिनुभयो ।
Read More
कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ

कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ

१८ असार,कर्णाली । असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्यमात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन । हिमाली जिल्लामध्ये डोल्पामा सबैभन्दा बढी रोपाइँ भएको छ । छिटो तथा सिँचाइ कुलोबाट गरिने भएकाले डोल्पामा शतप्रतिशत रोपाइँ भएको छ । कूल नौ हजार तीन सय हेक्टर खेतीयोग्य जमिनमा धान रोपाइँ हुने दुई सय ७६ हेक्टरमा शतप्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो । जुम्लामा दुई हजार नौ सय ५० हेक्टर जमिनमा धानखेती हुँदै आएकामा हालसम्म दुई हजार छ सय…
Read More
विद्यालय कर्मचारीको अनशन जारी

विद्यालय कर्मचारीको अनशन जारी

१८ असार,काठमाडौँ । सेवासुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले राजधानीको माइतीघरमा अनशन जारी राखेका छन् । उनीहरु विगत २२ दिनदेखि अनशनमा छन् । विद्यालय कर्मचारीले गत जेठ २८ गतेदेखि अनशन थालेका हुन् । अनशनमा झण्डै ६० विद्यालयका कर्मचारी सहभागी रहेका विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिनुभयो । अनशनरत कर्मचारीलाई आवास र खानपिनका साथै उनीहरुको स्वास्थ्यमा समस्या देखिएको उहाँले बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि यही असार ३ गतेदेखि वार्ता थालिए पनि हालसम्म कुनै सहमति हुन सकेको छैन । “सहमति नहुँदा परिषद्ले थप आन्दोलनका…
Read More
कङ्क्रिटका घरले भरिन थाल्यो खहरे गाउँ

कङ्क्रिटका घरले भरिन थाल्यो खहरे गाउँ

–डम्मर बुढामगर १८ असार,ढोरपाटन । बागलुङ बजार नजिकै छ खहरे गाउँ । दशक अगाडिसम्म गाउँमा ढुङ्गाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए । सहरबाट नजिक सुन्दर गाउँ भएकाले घुम्न आउने मोहित हुन्थे । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमै पर्ने भए पनि खहरे गाउँलाई आधुनिकताले छोएको थिएन । मौलिक कला, संस्कृति र सम्पदा संरक्षित थिए । अहिले गाउँले मौलिकता गुमाउँदै गएको छ । गाउँमा मौलिक परम्परा बोकेका घर भेट्टाउनै मुस्किल छ । खर र ढुङ्गाका छाना भएका घर कम हुँदै गएका छन् । पछिल्लो समय गाउँमा घर जस्तातापाले छाइन र सिमेन्टले ढलान हुन थाले । त्यसले…
Read More
जुम्लामा पनि देखियो लम्पी स्किन रोग

जुम्लामा पनि देखियो लम्पी स्किन रोग

१८ असार,जुम्ला । हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका-२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिनुभयो । लम्पी स्किन रोगको सङ्क्रमणबाट लिही गाउँका करिब ३० वटा गाईगोरु मरिसकेका छन् । रोगलाई नियन्त्रण गर्नेका लागि गाउँपालिकालाई आवश्यक औषधि उपचारको व्यवस्थापनका लागि अनुरोध गरिएको नेपालीको भनाइ छ । तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले पालिकाका केही वडामा लम्पी स्किन रोगबाट गाईगोरु मरेको जानकारी आएको भन्दै रोगबाट बढी प्रभावित क्षेत्रलाई प्रथामिकतामा राखिएको बताउनुभयो । उहाँले ती क्षेत्रमा तत्कालका लागि पशु सेवा कार्यालय जुम्लाको सहकार्यमा औषधि ल्याई पशु प्रविधिकलाई स्थलगतरुपमा खटाई उपचार सुरु गरिएको…
Read More
मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ

मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ

१८ असार,वीरगञ्ज ।अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ । समयमा वर्षा नहुदाँ यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिनुभयो । अहिलेसम्म मधेस प्रदेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा १५÷१५ प्रतिशत र सबैभन्दा कम रौतहट, धनुषा, महोत्तरीमा पाँच÷पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको निमित्त निर्देशक कुशवाहाले बताउनुभयो । लामो समयदेखि वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध…
Read More
‘गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’

‘गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’

१८ असार,चितवन । रत्ननगर नगरपालिकाले ‘गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक’ भन्ने नाराका साथ कृषिलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको विकासका लागि प्रणालीगत सुधार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न यस्तो अभियान अघि सारिएको हो । नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार वस्तुको बजारीकरण, क्षमता अभिवृद्धि र अनुगमन–मूल्याङ्कन कार्यलाई आधार मानी कृषि र भेटेनरी प्राविधिकको व्यवस्था गरेर प्रत्यक्ष लाभ हुने गरी काम गर्न लागिएको हो । उहाँले भन्नुभयो, “कृषकले सम्पर्क गरेसँगै हामी प्राविधिक पठाउँछौँ ।” नगरपालिकामा रहेका प्राविधिकले धान्ने अवस्था नभएमा जनशक्ति थपेर पनि घरघरमा सेवा दिने उहाँको भनाई छ । कृषिलाई प्रमुख प्राथमिकतामा राखेर नगरपालिकाले काम अघि बढाएको उहाँले…
Read More
शुक्लाफाँटामा ‘सिसीटिभी क्यामेरा’ जडान

शुक्लाफाँटामा ‘सिसीटिभी क्यामेरा’ जडान

१८ असार,कञ्चनपुर । शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ । अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सिसीटिभी क्यामेरा जडान गरेको हो । नगरपालिकाका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने तीन बजार वन समिति, झलारी र कलुवापुर क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरिएका छन् । बजार क्षेत्रमा हुने चोरी, लुटपाट, अन्य अपराधिक क्रियाकलाप, बढ्दै गएको सडक दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक समस्या समाधान गर्ने उद्देश्यले क्यामेरा जडानको कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो । उहाँका अनुसार सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेका क्षेत्रको पहिचान गरी क्यामेरा जडानको कार्य गरिएको छ…
Read More
बुटवलका दुई सुन पसलमा सिलबन्दी

बुटवलका दुई सुन पसलमा सिलबन्दी

१८ असार,लुम्बिनी । रुपन्देहीको कालिदह नाका हँुदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटाजस्तो उक्त वस्तु एक केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालीदह नाका हुँदै असार १० गते भारततर्फ सीमा पार गर्न लागेको बा१२च ३८२० नम्बरको मारुती सुजुकी कार सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले चेकजाँच गर्दा इँटा आकारका दुई थान सुन…
Read More
उत्तिममानकाे पीडा- उपचारमै सकियो सम्पत्ति

उत्तिममानकाे पीडा- उपचारमै सकियो सम्पत्ति

१७ असार,जनकपुरधाम । उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र दुःख बिसाउने र सुखको श्वास फेर्ने । जीवनको उत्तरार्द्धमा सन्तानलाई सबै जम्मा लगाएर हलुङ्गो जीवन बाँच्ने धेरैको सपना पनि हुन्छ । यस्तै चाहना र सपना महोत्तरीको लोहरपट्टी नगरपालिका-९ बिनमा टोल खुटापिपरारीका उत्तिममान बिन (मुखिया)सँग पनि थिए । तर, समय भने जस्तो कहाँ हुन्छ ? बाह्र छोरा, तेह्र नाती बुढाको धोक्रो काँधैमाथि बोलको गीतमा भने झैँ बुढेसकाल बढ्दै जाँदा जिम्मेवारी र दुःखको भारी मुखियाको काँधबाट हटेको छैन । लामो समयदेखिको यो गहुङ्गो भारी बिसाएर हलुङ्गो जीवन बाँच्ने उहाँको सपना केवल कल्पनामै सीमित छ । वंश धान्न तीन सन्तान…
Read More
Page 198 of 452
1 … 196 197 198 199 200 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.