‘प्रतिष्ठानलाई सहयोग निरन्तर’

Share Icon

१९ असार,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई सहयोगको निरन्तरता रहने बताउनुभएको छ । राजधानीमा आज आयोजित प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्नुहुँदै उहाँले प्रतिष्ठानको पूर्वाधार निर्माणका लागि मन्त्रालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राज्यमन्त्री ठकुरीले भन्नुभयो, “प्रतिष्ठानलाई श्रभावकारी ढङ्गले अगाडि बढाउन मन्त्रालय सदैव तयार छ ।”
प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले सरोकारवाला सबैको सल्लाह र सुझावका आधारमा प्रज्ञा प्रतिष्ठानले आफ्नो नीति तथा कार्यक्रम बनाउन सभामा छलफल गर्ने र आफ्ना गतिविधि अगाडि बढाउने जानकारी गराउनुभयो ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले एउटा भाषा हरायो भने सो भाषासँग सम्बन्धित समाज नै हराउने उल्लेख गर्दै सबै समुदायको भाषा, संस्कृति र गीत सङ्गीतलाई उत्तिकै महत्वका साथ संरक्षण र सम्मद्र्धनमा सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणले मात्रै देशमा समृद्धि हासिल हुने जिकिर गर्दै नेपालको चालु आवधिक योजनामा स्रष्टा तथा प्राज्ञिक वर्गको सामाजिक रुपान्तरणमा खेल्ने भूमिकासमेत उल्लेख भएको बताउनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.