समाज

नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा बाह्र देशका २२ चलचित्र

नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा बाह्र देशका २२ चलचित्र

२० असार,काठमाडौँ । यही असार २३ देखि २५ गतेसम्म सञ्चालन हुने तीनदिने ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३’ को एघारौँ संस्करणमा १२ देशबाट २२ चलचित्र सहभागी हुने भएका छन् । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना र चलचित्र विकास बोर्ड तथा विलक्षण क्रिएसनको सहआयोजनामा रहेको कार्यक्रमले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने महोत्सवका अध्यक्ष मञ्जु मिश्रले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई फरक महाद्वीपलाई जोड्न महोत्सव निरन्तर आयोजना गरिरहेका छौँ, महोत्सवमा ११ देशबाट १० अफ्रिकन र नेपालबाट १२ चलचित्र तथा वृतचित्र सहभागी भएका छन् ।” महोत्सवमा एक दिवसीय अभिनय कार्यशाला ‘नेपाली छोटो चलचित्रको राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजार’ विषयमा अन्तरक्रियासमेत हुने…
Read More
दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता

दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता

२० असार,रामपुर (पाल्पा) । पाल्पाको रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ । गाउँपालिका–१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई रू पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको हो । आगामी आर्थिक वर्ष २०८०/८१ देखि लागू हुने गरी वडामा दुई सन्तानभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई बच्चाको जन्मदर्ता गर्न वडा कार्यालयमा आउँदा रू पाँच हजार प्रोत्साहनस्वरुप भत्ता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । “गाउँमा बस्ने युवा जनशक्ति विदेश पलायन हुँदा गाउँ नै रित्तिने अवस्थामा छ भने खेतीयोग्य जमिन बाझिदै गएका छन्”, उहाँले भन्नुभयो, “गाउँमा बसेर केही उद्यम, व्यवसाय गर्ने,…
Read More
‘शताब्दी –यात्रा’ गर्ने ‘पण्डित माता’

‘शताब्दी –यात्रा’ गर्ने ‘पण्डित माता’

–श्याम रिमाल २० असार,काठमाडौँ ।  पौराणिक कथा तथा किंवदन्तीहरूमा विश्वास गर्ने हो भने मानिसको सरदर आयु एक सय वर्ष हो । मन र शरीर स्वस्थ्य रहेमा त्यसभन्दा बढी पनि बाँचेका उदाहरणहरू छन् । कोही बुढ्यौली उमेरलाई ‘दिन काट्ने काल पर्खने’ भन्छन् त कोही ‘बुढो भयो सब रङ्ग गयो, आँगन भयो परदेश ।’ तथापि स्वस्थ्य मानिसहरूलाई उमेरले केही गर्दैन । प्रौढ मानिसले अरूलाई दिन सक्ने खास चिज हो –अनुभव । त्यो पनि लिखित रूपमा आएमा भविष्यका पुस्तालाई उपयोगी हुने छ । नेपालबाट बालकै कालमा म्यान्मा पुगी पुनः नेपालको मोरङ हुँदै हाल ललितपुर, कुुसुन्ती आइपुग्नुभएका इन्द्रमाया पौड्यालले आफ्नो सय वर्षे जीवनका तिनै…
Read More
पहिराले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

पहिराले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

२० असार,पर्वत ।अबिरल वर्षासँगै आएको पहिराले कक्षाकोठा पुरिँदा यहाँको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ । पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको हो । असार १४ गते राति आएको अबिरल वर्षापछि गएको पहिराले विद्यालयको तीन–तीनकोठे दुईवटा भवनमा क्षति पु¥याएको विद्यालयका प्रधानाध्यापक विष्णु शर्माले जानकारी दिनुभयो । विद्यालय बिदा भएको समयमा पहिरो आएकाले मानवीय क्षति नभएको उहाँको भनाइ छ । “अबिरल वर्षासँगै विद्यालयमा माथिबाट पहिरो खस्यो, उक्त दिन बिदा भएका कारण मानवीय क्षति भएन”, उहाँले भन्नुभयो । विद्यालयमा पहिराले क्षति पुर्याएसँगै कक्षाकोठाको अभाव भएको उहाँको भनाइ छ । “अहिले तत्कालका लागि…
Read More
दोहरो नागरिकताको अभियोगमा दुईजना पक्राउ

दोहरो नागरिकताको अभियोगमा दुईजना पक्राउ

२० असार,कञ्चनपुर । कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको हो । कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ ।
Read More
स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन

स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन

२० असार,सुर्खेत÷भेरीगङ्गा । सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । नगरपालिकाअन्तर्गतका कर्मचारीले भने तलबभत्ता पाइरहेका छन् । तर स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका स्थायी स्वास्थ्य कर्मचारी तलबबाट वञ्चित छन् । तलब नपाउँदा घर खर्च टार्नसमेत समस्या भएको उनीहरुको भनाइ छ । तलब नदिँदा दैनिक जीवनयापन गर्न समस्या भएको सिअनमी राजेन्द्रकुमारी थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला स्वास्थ्य मन्त्रालयले समायोजनमा पठाउने र नगरपालिकाले पनि तलब दिन सक्छौँ भनेर राख्ने, अहिले समायोजन फिर्ता गराउन खोजिएको छ, यो कदापी स्वीकार्य छैन । हामीले खाइपाइ आएको तलब पाउनुपर्छ ।”…
Read More
अवरुद्ध बाटो खुलाउन पहल

अवरुद्ध बाटो खुलाउन पहल

२० असार,सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको च्याछहरा भिर नजिकै वर्षाका कारण भत्किएर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिकाले पहल थालेको छ । चार दिनदेखि अवरुद्ध बाटो खुलाउन आज बिहानैदेखि सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम लामाका अनुसार डोजरको सहयोगमा बाटो खोल्ने काम भइरहेको छ । यसका लागि नाम्खा गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेको छ । अवरुद्ध बाटो चाँडै सञ्चालनमा आउने अध्यक्ष लामाले बताउनुभयो । यस्तै ताक्रुखोलामा काठेपुल बनाउन लागिएको लामाको भनाइ छ । त्यहाँ हिल्सा–सिमकोट सडकखण्डको मोटरेबल पुलसमेत बन्दै छ । वर्षाको समयमा पानीको बहाव बढ्ने भएकाले सवारी आवतजावतका लागि काठेपुल बनाउन लागिएको अध्यक्ष लामाले बताउनुभयो । सो बाटो…
Read More
किसानलाई घाँसका बिरुवा वितरण

किसानलाई घाँसका बिरुवा वितरण

२० असार,रामपुर (पाल्पा) । पशुपालनलाई व्यवस्थित गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले किसानलाई उन्नत जातका घाँस बिरुवा वितरण गरेको छ । नगरपालिकाभित्र करिब एक हजार एक सय जनालाई समूहमार्फत बिरुवा उपलब्ध गराएको हो । नगरपालिकाले रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत गठन भएका स्वावलम्वन समूह र युवा समूह गरी ५१ समूहलाई घाँसका बिरुवा वितरण गरेको हो । गुल्मीको इस्माबाट बिरुवा खरिद गरी नेपियर (रातो र सेतो), राइ खनियु, बडहर, किम्बु जातका घाँस समूहका सदस्यलाई उपलब्ध गराइएको छ । ढुवानीसहित करिब रु छ लाखको बिरुवा खरिद गरेर समूहको मागअनुसार वितरण गरिएको रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना संयोजक सञ्जु परियार…
Read More
असारे झरीले किसानलाई राहत

असारे झरीले किसानलाई राहत

२० असार,महोत्तरी । पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नैलाग्दा बल्ल गए राति झमझम परेको पानीले यहाँका बासिन्दालाई असारे झरीको महसुस गराएको छ । मटिहानीका अजिज राइनले भन्नुभयो, “पानीले बल्ल माटो गलाएको छ ।” पानी परेपछि अब धानखेतीलाई मद्दत पुग्ने उहाँको भनाइ छ । ब्याडमै सुक्दै गएको बीउ अब यो पानीले जाग्ने र एक÷दुई दिनभित्रै रोपाइँ थाल्ने राइन बताउनुहुन्छ । भङ्गाहा–४ का ७० वर्षीय जब्बार शेष भन्नुहुन्छ, “अपुग हुने बीउ राखिहाल्दा हुन्छ, पानीले साथ दिइराख्यो भने १५ दिनमा रोप्न मिल्छ ।” साउन मध्यअघि बीउ रोपे धान उत्पादन राम्रै हुने उहाँले बताउनुभयो ।…
Read More
स्थानीय तहले खर्च गर्न सकेनन्

स्थानीय तहले खर्च गर्न सकेनन्

२० असार,बैतडी । चालु आर्थिक वर्ष २०७९÷८० सकिन लाग्दासमेत बैतडीका स्थानीय तहले बजेट खर्च गर्न सकेका छैनन् । यहाँका स्थानीय तहको हालसम्म विकासे बजेट ७९ प्रतिशत मात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीका अनुसार १० स्थानीय तहको रु एक अर्ब ६९ करोड ४८ लाख कुल पुँजीगत बजेटमध्ये ७९ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको छ । सबैभन्दा कम मेलौली र धेरै खर्च पुर्चाैडी नगरपालिकाले गरेको छ । मैलौलीले ४८ दशमलव ८२ प्रतिशत र पुर्चौँडीले ९१ दशलमव ८९ प्रतिशत विकासे बजेट खर्च गरेका छन् । पञ्चेश्वर गाउँपालिकाले रु १२ करोड ५८ लाख पुँजीगत बजेटमध्ये ८८…
Read More
Page 195 of 452
1 … 193 194 195 196 197 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.