समाज

एसियाली खेलकुद : ३८ राष्ट्रलाई पदक, चीन शीर्षस्थानमा कायमै

एसियाली खेलकुद : ३८ राष्ट्रलाई पदक, चीन शीर्षस्थानमा कायमै

१८ असोज,काठमाडौँ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन् । हालसम्म चीन एक सय ७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित तीन सय १९ पदक प्राप्त गर्दै शीर्षस्थानमा कायमै रहेको छ । यस्तै जापान ३७ स्वर्ण, ५१ रजत र ५९ कास्यका साथ एक सय ४७ पदक प्राप्त गर्दै दोस्रो स्थानमा छ । दक्षिण कोरिया ३३ स्वर्ण, ४५ रजत, ७० कास्यसहित एक सय ४८ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको…
Read More
बझाङमा भूकम्पका कारण भएको क्षतिको व्यवस्थापन गर्न प्रधानमन्त्री दाहालको निर्देशन

बझाङमा भूकम्पका कारण भएको क्षतिको व्यवस्थापन गर्न प्रधानमन्त्री दाहालको निर्देशन

१८ असाेज,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान भूकम्पका कारण बझाङ र आसपासका जिल्लामा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको हो । उहाँले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि उहाँले निर्देशन दिनुभयो । तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन उहाँले निर्देशन दिनुभयो । उहाँले सम्भावित विपदजन्य घटनाको लागि पूर्वतयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले…
Read More
नेपालगञ्जमा लगाइएको कर्फ्यू आज देखि आंशिक रूपमा हट्यो

नेपालगञ्जमा लगाइएको कर्फ्यू आज देखि आंशिक रूपमा हट्यो

१८असाेज, काठमाडौं । बाँकेको नेपालगञ्जमा लगाइएको कर्फ्यू बिहीबार बिहानदेखि आंशिक रूपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार बिहान ८ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यू हटाइएको जनाएको हाे । राति ८ बजेदेखि बिहान ६ बजेसम्म भने कर्फ्य जारी नै रहने जनाइएको छ । बिहीबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठकर प्रदर्शन गर्न नपाइने प्रशासन जनाएको छ । हुल-दङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको पनि प्रशासनले जनाएको छ । जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक…
Read More
सन् २०२५ का लागि डिभीको आवेदन खुला, यसरी भर्नुहोस्

सन् २०२५ का लागि डिभीको आवेदन खुला, यसरी भर्नुहोस्

काठमाडौं । अमेरिकाले २०२५ को डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुला गरेको छ । गए रातिदेखि डीभीका लागि आवेदन खुलेको हो । १९ असोज बुधवारको राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा कात्तिक २१ गते (नोभेम्बर ७) सम्म तोकिएको छ । डीभीको आवेदन निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्न आधिकारिक वेबसाइट http://www.https://dvprogram.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ । डीभी २०२५ को नतिजा सन् सन् २०२४ को मे ४ मा आउनेछ ।  
Read More
गीता श्रवण गरे मात्र पनि जीवनमा मुक्ति प्राप्त हुन्छ : सिके राउत

गीता श्रवण गरे मात्र पनि जीवनमा मुक्ति प्राप्त हुन्छ : सिके राउत

भक्तपुर । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके रावतले श्रीमद्भागवतका कथा श्रवण गरे मात्र पनि जीवनमा मुक्ति प्राप्त हुने सुनाएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीमा सञ्चालन भइरहेको श्रीमद्भागवत विराट पितृ मुक्ति महायज्ञमा सहभागी भएका नेता राउतले उक्त कुरा बताएका हुन् । विशिष्ट अतिथिको रुपमा सहभागी भएका नेता राउतले भने श्रीमद्भागवतको कथा श्रवण गर्दा मात्र पनि मुक्ति प्राप्त हुने र पुण्य प्राप्त हुने विश्वास व्यक्त गरेका छन । यस्तो पुण्य प्राप्ति गर्ने सु-अवसर विजयमूर्ति महाराजश्रीले भक्तपुरबासीको आँगनमा ल्याइ पुरयाइदिएकोमा धन्यबादसमेत ब्यक्त गरेका छन । जसकाकारण यसको भरपूर्ण प्रयोग गर्न उनले सुझाएका छन । त्यस्तै सम्बोधनको क्रममा नेता रावतले महाराजश्रीले गर्ने यो…
Read More
कामै नलागेका चिनियाँ जहाज ‘ग्राउन्डेड’ हुँदा पनि वर्षिक ५० करोड खर्च

कामै नलागेका चिनियाँ जहाज ‘ग्राउन्डेड’ हुँदा पनि वर्षिक ५० करोड खर्च

काठमाडौं । नेपालले चीनसँग खरिद गरिएको चिनियाँ जहाजका निम्ति वर्षेनी करिब ५० करोड रकम खर्च भइरहेको छ । ती जहाज तीन वर्षयता ‘ग्राउन्डेड’ छन् । नेपालले चीनसँग ‘जीटुजी’ (सरकार–सरकार) बीचको सम्झौतामा खरिद गरेको हो । नेपाल भित्रिएपछि खास उपयोग मात्र होेइन कि आम्दानीभन्दा अधिक खर्च हुन थालेपछि जहाज थन्क्याउनु परेको थियो । ‘प्रयोगविहीन’ ती चिनियाँ जहाजका लागि वार्षिक खर्च ४९ करोड नौ लाख रुपैयाँ रहेको देखाएको छ । ती जहाज सञ्चालनमा नरहे पनि मर्मतसम्भार, पार्किङ, ह्रासकट्टी र ब्याज गरेर करिब ४९ करोड नौ लाख रुपैयाँ खर्च हुन गरेको छ । पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा ‘नेपाल वायुसेवा निगमको संरचनागत एवं…
Read More
गाडी पल्टिँदा एकको मृत्यु

गाडी पल्टिँदा एकको मृत्यु

१७ असोज, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका–९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो । बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले आफ्नै अगाडी गाडी पल्टिएको र तत्कालै उद्धार गरेर चालक लामालाई अस्पताल पुर्‍याउँदा हेटौँडा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सोही स्थानका सहचालक प्रेम अधिकारीको अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष घलानले नेकपा माओवादी केन्द्रको बाग्मती गाउँपालिका अध्यक्ष अरुण बल,…
Read More
यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

१७ असोज, काठमाडौँ । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसँै परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश सरकार अन्तर्गतका…
Read More
नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

१७ असोज,नेपालगञ्ज। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी गर्नुभएको विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरुमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ । स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न÷नगराउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले सद्भावको सहरका रुपमा रहेको नेपालगञ्जको…
Read More
जनताको  विश्वासलाई टुट्न दिनेछैन : वडा अध्यक्ष गुरूङ

जनताको विश्वासलाई टुट्न दिनेछैन : वडा अध्यक्ष गुरूङ

१७ असाेज, काठमाडाैँ । हिमाल पारिको जिल्ला अति सुन्दर प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थलको रुपमा चिनिने मनाङ जिल्लामा रहेका ४ गाउँपालिका मध्ये मनाङ ङिस्याङ गाउँपालिका पनि एक हो । समन्द्री सतहदेखि ३५४० मिटरको उचाईमा रहेको मनाङमा यस मनाङ ङिस्याङ गाउँपालिका ६९४.६३ वर्ग कि.मी मा फैलिएको छ । भौगोलिक रुपमा पुर्वमा चामे र नार्फू गाउँपालिका, पश्चिममा मुस्ताङ र म्याग्दी जिल्ला, उत्तरमा नार्फू गाउँपालिका र तिब्बत र दक्षिणमा कास्की र लमजुङ जिल्ला रहेको मनाङ जिल्लाको यस मनाङ ङिस्याङ गाउँपालिकाको घरधुरी संख्या जम्मा ५९३ र कुल जनसंख्या २२२२ रहेको जसमध्ये महिला १०१७ र पुरुष १२०५ रहेको छ । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित…
Read More
Page 103 of 452
1 … 101 102 103 104 105 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.