आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष राउत

Share Icon

७ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका स्थित १ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा गोविन्द बहादुर राउत निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्ष राउतले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष राउतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय हामीले वडा नम्बर १ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएक छाैँ ।”

वडामा बाटोघाटो, जनचेतानाका कार्यक्रम, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेकाे उहाँले बताउनुभयाे ।

वडामा कृषि र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको वडा अध्यक्ष राउतले बताउनुभयो ।

वडा अध्यक्ष राउतले भन्नुभयो, “हामीले वडामा कृषिलाई प्राथमिकता दिएसँगै एनजीओ र कार्यपालिकाको साझेदारीमा कृषिलाई उकास्नका लागि बजेट विनीयोजन गरेर वडामा समितीहरु गठन गरेर कृषिलाई उत्पादनमुखी बनाउने लक्ष्यका साथ सिचाईको लागि कुलोहरु निर्माण गर्दै बजारमा आएका आधुनिक कृषि औजारकालागि अनुदान दिने योजना बनाएका छौँ ।”

त्यसैगरी कृषि क्षेत्रलाई स्वरोजगार बनाउने उद्देश्यका साथ स्थानीय उत्पादन गरेर बजारसम्म पुर्याउने र आत्म निर्भर बन्नका किसानहरुलाई कार्यक्रम तथा तालिम प्रदान गर्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

वडामा खानेपानी ,बिजुली बत्ती तथा सडकहरुको काम भइरहेको र कार्यहरू छिटो गर्न ठेकेदारहरुलाई ताकेता गरीरहेको वडा अध्यक्ष राउतले जानकारी दिनुभयो ।

वडा अध्यक्ष राउतले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुमा शिक्षालाई गुणस्तर बनाउन शिक्षकहरुको व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई शैक्षीक क्षेत्रमा प्रोत्साहन गर्न सरकारले १ देखी ६ लागि व्यवस्था गरेको दिवा खाजाको सट्टा रकम दिने प्रणालीलाई रोकेर स्वयम विद्यालयले नै दिवा खाजा व्यवस्था गर्ने काम सम्पन्न गरेका छौँ ।”

उहाँले खोला तथा नदीनालाले नजीक नजीक रहेको जमीनहरु कटान गर्ने भएकोले उक्त समस्याको सामाधान गर्न खोला वारी खोला पारी गाँउको समन्वयमा जाली तथा तटबन्धन गर्नेकाम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडामा रहेका युवा र महिलाको लागि कार्यपालिका बाटै स्वरोजगार कार्यक्रमहरु भएकोले वडाबाट खासै कुनै पनि कार्यक्रम तथा योजना बनाएका छैनौ ।”

वडा अध्यक्ष राउत भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडाको चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई वडालाई विकसित र अरु वडा भन्दा नमूना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.