आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष राउत
७ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका स्थित १ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा गोविन्द बहादुर राउत निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्ष राउतले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ । उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ । वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष राउतले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय हामीले वडा नम्बर १ का वडावासीलाई लक्षित…
