गरिबी लुकाउन चीनमा कडा प्रतिबन्ध, भिडियो पोस्ट गर्न समेत निषेध

Share Icon

एजेन्सी । पछिल्लाे सयम चीनमा व्यापक रुपमा गरिबी बढेकाे छ । चीनमा अधिकांश मानिसहरुलाई थाहा छैन कि देश चरम गरिबी तिर गइरहेकाे छ । न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार चीनमा यसकाे प्रचारमा प्रतिबन्ध लगाएले यसबाट अनजान छन् ।

भर्खरै, एक सेवानिवृत्त व्यक्तिको भिडियो भाइरल भयो जसमा उनले आफ्नो आम्दानीको एकमात्र स्रोत मासिक पेन्सन भएकाे बताएका थिए । साथै उनले के याे आम्दानीबाट गाँस, बाँस र कपासकाे जाेहाे गर्न सकिन्छ भनेर सरकारलाई प्रश्न समेत गरेका थिए । उक्त भिडियाे सामाजिक सञ्जालमा भाइरल भएपछि चिनियाँ अधिकारीहरूले हटाएका थिए ।

द न्यु योर्क टाइम्सका अनुसार, एक चिनियाँ गायकलाई पनि प्रतिबन्ध लगाइएको थियो जब उनले गम्भीर आर्थिक संकट र अन्धकार जागिरको सम्भावनाको बारेमा गाएको थिए। साथै उनको सामाजिक सञ्जाल पनि निलम्बन गरिएको थियो । चीनका अनुसार यो साझा समृद्धि प्रवर्द्धन गर्ने उद्देश्यले समाजवादी देश हो। सन् २०२१ मा शीर्ष नेता सी जिनपिङले ‘गरीबीविरुद्धको लडाइमा व्यापक विजय’ घोषणा गरेका थिए । तर अझै पनि धेरै मानिसहरू गरिबीमा जीवन बिताइरहेका छन्।

चीनको साइबरस्पेस एडमिनिस्ट्रेशनले मार्चमा पार्टी र सरकारको छविमा हानि पुर्‍याउने हानिकारक सूचना पोस्ट गर्नेलाई कडा कारबाही गरिने घोषणा गरेको थियो। यसले आर्थिक र सामाजिक विकासमा बाधा पुर्‍याउने अधिकारीहरुको विश्वास छ । यसले वृद्ध, अपाङ्गता भएका व्यक्तिहरू र बालबालिकाहरूको दु:खद भिडियोहरू प्रतिबन्धित गर्दछ। न्यूयोर्क टाइम्सका अनुसार यी प्रतिबन्धहरूको पछाडि सरकार छ जसले चीनको बारेमा सबै सकारात्मक कुराहरू प्रस्तुत गर्न चाहन्छ।

कम्युनिष्ट पार्टीले विगत चार दशकमा कति मानिसलाई गरिबीबाट बाहिर निकाल्यो भन्ने कुराको घमण्ड गर्छ, जबकि माओत्सेतुङको नेतृत्वमा यसले सिंगो देशलाई कसरी गरिबीमा धकेल्यो भन्ने कुरा उल्लेख गर्न इन्कार गर्छ। न्यूयोर्क टाइम्सका अनुसार चीनमा गरिबीको प्रणालीगत कारणहरूबारे समाचार मिडियाले विरलै लेख्ने गरेकाे छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.