एस जयशंकरले भने– पाकिस्तानी विदेशमन्त्री आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता हुन्

Share Icon

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्ना पाकिस्तानी समकक्षी बिलावल भुट्टो जर्दारीलाई ‘आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता’ को संज्ञा दिएका छन् ।

सांघाई सहयोग संगठनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन भारतको गोवा पुगेका पाकिस्तानी विदेशमन्त्रीलाई जयशंकरले यस्तो संज्ञा दिएका हुन् ।

एस जयशंकरले भने, ‘भुट्टो जर्दारी एससीओ सदस्य देशको विदेशमन्त्रीको रूपमा आएका थिए, यो बहुपक्षीय कूटनीतिको हिस्सा हो र हामीले योभन्दा बढी केही देख्दैनौं ।’

आतंकवादविरुद्ध सामूहिक सामना गर्नेबारे पाकिस्तानी विदेशमन्त्रीको आह्वानमा उनले भने, ‘आतंकवादका पीडितहरू आतंकवादको बारेमा छलफल गर्न बसेका छन्, उनीहरु पीडकहरूसँग बस्दैनन् ।’ उनले जम्मु कश्मीर भारतको हिस्सा रहेको समेत बताए ।

सन् २०१४ पछि भारतमा पाकिस्तानबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.