नेपाललाई विस्फोटक पदार्थ दिन भारतले थाल्यो सहजीकरण

Share Icon

काठमाडौं । नेपालमा विस्फोटकजन्य पदार्थ आयातमा गरेको कडाइलाई भारतले खुकुलो बनाउन थालेको छ । झण्डै ८ महिनादेखि विकास आयोजनाका लागि चाहिने विस्फोटक पदार्थको ‘नो अब्जेक्सन’ लेटर नदिएको भारतले गत साताबाट भने सहजीकरण थालेको हो ।अहिले विस्फोटक पदार्थ आयातका लागि माग गरिएको निवेदनको तुरुन्तै सुनुवाइ हुन थालेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानले जनाएको छ ।

भारतले नो अब्जेक्सन लेटर प्रदान गर्न थालेको इपानका उपाअध्यक्ष आनन्द चौधरीले बताए ।गत हस्ताबाट प्राप्त निवेदनको सहज स्वीकृति थालेको छ,’ उपाध्यक्ष चौधरीले भने, ‘पहिले जस्तो असहज छैन । सबै आजोजनाका लागि विस्फोटक पदार्थ दिन भारत तयार भएको छ ।

’२०७९ पुसदेखि भारतले नेपालमा चिनियाँ लगानी र ठेक्काको परियोजनामा विस्फोटक पदार्थ आपूर्ति रोकेको थियो । भारतको स्थलमार्ग हुँदै नेपाल भित्रिने विस्फोटक पदार्थमा गरिएको अवरोध थप बढ्दै जाँदा झण्डै आधार दर्जन बढी ठूला उद्योग र विकास परियोजनाहरू अघि बढ्नै नसक्ने अवस्थामा पुगेका थिए भारतीय दूतावासले ‘नो अब्जेक्सन’ रोकेपछि सरकारसँग दुई वटा सिमेन्ट उद्योग, ६ वटा जलविद्युत परियोजना र एक सडक आयोजनाले सरकारलाई काम गर्न कठिन भएको भन्दै विस्फोटक पदार्थ उपलब्धता सहजीकरणको माग गरेका थिए ।

७८ मेगावट क्षमताको सान्जेन जलविद्युत परियोजना, १ सय ४० मेगावटको तनहुँ जलविद्युत आयोजना, १ सय २१ मेगावट क्षमताको माथिल्लो त्रिशूली र १ सय २० मेगावटको लाङटाङ–भोटेकोसी जलविद्युत परियोजनाले काम प्रभावित भएको भन्दै गृह र रक्षा मन्त्रालय हुँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।विस्फोटक पदार्थ अभावका कारण धादिङमा रहेको ह्वासिन नारायणी सिमेन्ट र नवलपरासीको होङ्सी शिवम् सिमेन्ट लगायतका ठूला सिमेन्ट उद्योग समस्यामा पर्न थालेका थिए । चिनियाँ लगानीका यी ठूला सिमेन्ट उद्योगले खानी उत्खननका लागि आवश्यक विस्फोटक पदार्थ पाउन सकेका छैनन् ।

तराई –मधेश द्रुतमार्गको विभिन्न सुरुङमार्गको ठेक्का पाएको चिनियाँ ठेकदारले विस्फोटक पदार्थ अभाव भएको जानकारी सरकारलाई गराएको थियो ।नेपाल आयात भएको विस्फोटक पदार्थको दुरुपयोग भएको आरोप लगाउँदै भारतले विस्फोटक पदार्थ रोक्दा राष्ट्रिय गौरवको परियोजना काठमाडौं–तराईरमधेश द्रुतमार्गदेखि सिमेन्ट उद्योग र जलविद्युतका परियोजनाहरू प्रभावित भएका थिए । भारतबाट खरिद गरिने वा तेस्रो मुलुकबाट भारतको स्थलमार्ग हुँदै विस्फोटक पदार्थ नेपाल ल्याउन नेपालस्थित भारतीय दूतावासबाट ‘नो अब्जेक्सन’ लेटर लिनुपर्छ । तर, भारतले नेपाल भित्रिएको विस्फोटक पदार्थ दूरुपयोग भएको भन्दै आपत्ति जनाएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.