इजराइल–हमास द्वन्द्वमा टर्कीएद्वारा मध्यस्थताको प्रस्ताव

Share Icon

२४ असोज,एजेन्सी । टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले हमास–इजराइल द्वन्द्वको मध्यस्थताका लागि प्रस्ताव गर्नुभएको छ । उहाँले यसका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताउनुभएको टर्कीमा रहेको अनाडोलु समाचार समितिले जनाएको छ ।

“यदि दुवै पक्षले अनुरोध गरेको खण्डमा बन्दीहरूको आदानप्रदानसहित कुनै पनि प्रकारको मध्यस्थताका लागि टर्कीए तयार रहेको म बताउन चाहन्छु” एर्दोगानले भन्नुभयो, “हामीले केही समयदेखि कायम राख्दै आएको हाम्रा कूटनीतिक सम्पर्कहरूलाई निरन्तरता दिइरहेका छौँ र पछिल्ला दिनमा हामीले यसलाई अझ गति दिएका छौँ ।”

आतङ्ककारी समूह हमासले इजराइलमा अप्रत्याशित आक्रमण गरेपछि राष्ट्रपति एर्दोगानको उक्त टिप्पणी आएको हो । हमासको आक्रमणसँगै इजराइललाई युद्धको घोषणा गर्न बाध्य बनाएको थियो ।

युद्ध नैतिक बन्धनको अधीनमा रहेकोमा जोड दिँदै टर्किएका राष्ट्रपतिले भन्नुभयो, “दुवै पक्ष यो नैतिक बन्धनको पालना गर्न बाध्य छन्, हामीले सधैँ भने जस्तो न्यायपूर्ण शान्तिमा कसैले पनि हार्दैन ।”

उहाँले इजरायललाई प्यालेस्टिनी क्षेत्रहरूमा बम आक्रमण रोक्न र प्यालेस्टिनीहरूलाई इजराइलमा नागरिक बस्तीहरूमा उत्पीडन रोक्न आग्रह गर्नुभयो । उहाँले मानवीय विवेक प्रयोग गर्न आग्रह गर्दै यस्तो मध्यम कदमले शान्तिको ढोका खोल्ने बताउनुभयो ।

“हवाई तथा जमिन आक्रमणबाट गाजाको विनाश, मस्जिदमा बम आक्रमणका साथै अबोध बालबालिका, महिला, वृद्ध र नागरिकहरूको मृत्यु कहिल्यै स्वीकार्य छैन”, उहाँले भन्नुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.