Share Icon

२३ चैत्र, काठमाडैं । बाराको बारागढी गाउँपालिकाको दाेस्राे गाउँसभाकाे दाेस्राे (हिउँदे)अधिवेशन बुधबार गाउँपालिकाकाे सभाहल खाेपवामा सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालकाे अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा आर्थिक वर्ष २०७९/०८० मा बिनियाेजित बजेटबाट भए गरेका कामहरुकाे प्रगति बारे समिक्षा भएकाे थियाे ।

हिउँदे अधिवेशनलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष जयसवाले ४ कराेड रूपैयाँकाे बजेट संशोधन गरिएकाे बताउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘चालु खर्च १ कराेड र ३ कराेड रूपैयाँ पुँजीगत गरी ४ कराेड रूपैयाँकाे बजेट संशोधन गरिएकाे हाे।’

पालिकाकी उपाध्यक्ष लक्ष्मी देवी रायले गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम संशोधन, रकमान्तर र स्रोतान्तर प्रस्ताव २०७९ विधेयक संशोधनसहित सर्वसम्मतले पारित भएको बताउनु भयाे ।

प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्रले अहिले गाउँपालिकाभित्र कृषिलाई विशेष प्रथामिकता दिइएकाे बताउनु भयाे । अहिले पालिकाभित्र शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार निर्माणमा पनि विशेष ध्यान दिइएकाे उहाँले बताउनु भयाे ।

पालिका अध्यक्ष जयसवालले गाउँपालिकामा सञ्चालित विकासका ठूला आयोजना अघि बढाइएको छ। गाउँका सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधार धमाधम निर्माण हुन थालेपछि सर्वसाधरण पनि खुसी देखिएका छन्।

पालिका अध्यक्ष जयसवालले अहिले सम्म ७५ प्रतिशत बजेट सकिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,’बाँकी बजेट पनि सही ठाउँमा सदुपयाेग हुनेछ, जनताले हाम्राे हरेक विकास निर्माणका काम साथ दिइरहेका छन्।’

बारा जिल्लामा बारागढी गाउँपालिका विकास निर्माणकाे काममा एक नम्बरमा रहेकाे उहाँले दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे,’चुनवामा गरिएकाे प्रतिबद्दताअनुसार नै कामहरू अगाडि बढाइएकाे छ।’

उहाँले भ्रष्टाचार हुन नदिन हरेक याेजनानमा अनुगमनलाई तीव्रता दिइएकाे बताउनु भयाे । उहाँले गरिब, निमुखा तथा निम्न वर्गलाई विशेष ध्यान दिएर बजेट संशोधन गरिएकाे बताउनु भयाे ।

Facebook Comments Box

Share Icon