Share Icon

२२ पाैष, काठमाडाैं।  मधेस प्रदेश सप्तरी अवस्थित सुरुङ्गा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन राज खपाँगीले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ।

महिलामाथि विभिन्न कारण बाट हिंसा बढी रहेका बेला यस वडामा यतिबेला ५० जनाभन्दा बढि महिलाहरुलाई शसक्तीकरण र सुदृढिकरण गर्न आय आर्जन  तर्फ अग्रसर गर्न गरिबि निबारणका लागि लघु उद्मम बिकास कार्यक्रम मार्फत महिलाहरूलाई तालिमकाे अायाेजना सुरुङ्गा नगरपालिका वडा नम्बर २ ले गरिरहेकाे  छ।

दलित, अपांग,पिछडिएका तथा आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई शसक्तीकरण र सुदृढिकरण गर्दै आत्म निर्भर बनाउन सुरुङ्गा नगरपालिका वडा नम्बर २ ले गरिबि निबारणका लागि उद्मम बिकास कार्यक्रम माघ ३ गतेदेखि तालिम सुरु गर्ने भएकाे  छ ।

 वडामा भविष्यमा वैदेशिक रोजगारीमा कोही नजाउन भनेर हामीले हाल महिलाहरुसंग बिशेष छलफल गरेर  योजना बनाएर काम सुरु गरेकाे र हरेक महिला उद्यमशिल बन्नुपर्नेमा पहल वडाले सदैव गरिरहने  वडा अध्यक्ष अर्जुन राज खपाँगीले बताउनुभयो।

महिलाहरुका लागी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै आय आर्जनका कार्यक्रमहरू संचालनगरी महिलाहरूमा भएको अन्तर्न्हिित् क्षमतालाई वृदि गर्ने र आय आर्जन  तर्फ अग्रसर गर्ने  मुख्य उद्देश्य रहेको वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन राजखपाँगीले बताउनुभयो।

उहाँले भन्नुभयो,’तालिम प्रदान गरे पश्चात उत्कृष्ट र आर्थिक अवस्था कमजोर रहेका १०/१५ जना महिलाहरुलाई आर्थिक रुपमा तालिम सम्बन्धी मेसीन तथा औजार पनि वितरण गर्ने छौँ’  आत्म निर्भर बन्नका लागी हामीले तालीम पश्चात केही अनुदान पनि दिने याेजना बनाएका उहाले बताउनुभयाे।

उहाँले भन्नुभयो, ‘हामीले वडाका जनप्रतिनीधी र महिलाहरुहरु सगँ छलफल गरेर महिलाहरुको
माग र चाहाना अनुसार १८ गतेको बैठकबाट वडामा रहेका इच्छुक तथा आर्थिक अवस्था कमजोर रहेको र आत्म निर्भर हुन चाहने महिलाहरुलाई सिपमुलक तालिमहरु सहित मेसीनहरु वितरण गर्ने योजना बनाएका हाैं।’

तालिमको लागी पौष २० गते बाट फर्म भर्ने र सङकलन अवधि ५ दिनकाे रहेकाे फर्म सङकलन गरेर तालिम अगाढी बढाउने उहाँले जानकारी दिनुभयाे।

वडामा रहेका ४०/५० जना महिलाहरुलाई राखेर सिप मुलक तालिमहरु जस्तै सिलाई कटाई र घरेलु उत्पादन सम्बन्धी तालिमहरु एक वर्षको अवधीभर महिना महिनाको अन्तरमा प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो।

उहाँहरूकाे माग अनुसारकाे नै कार्यक्रमकाे अायाेजना गरेकाे हुनाले  महिलाहरु पनि उत्साहित  रहेको बताउनुभयो तालिम प्रदान गरे पछी फलोअप गर्नको लागी सम्बन्धीत सामाग्री प्रदान गर्ने र उहाँहरूलार्इ वडाले सदैव उत्साहित र सहयाेग गर्ने याेजना रहेकाे बताउनुभयाे।

Facebook Comments Box

Share Icon