Share Icon

काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा मंगलबार पनि विद्यार्थीहरूलाई पाेसाक वितरण गरिएकाे छ ।

वडा कार्यालयको समन्वय तथा ग्लोबल फेमिलि केयर नेपालको सहयोगमा विद्यार्थीहरूलाई पाेसाक वितरण गरिएकाे हाे ।

वडा अध्यक्ष राजकुमार तामाङ (रन्जित) ले यस वडा भित्र रहेको जनशक्ति आधारभूत विद्यालय अंगेरीपाटीका ५४ जना विद्यार्थीलाई पाेसाक वितरण गरिएकाे जानकारी दिनुभयाे ।

उहाँले ग्लोबल फेमिली केयर नेपालको सहयोगमा वडा कार्यालयले अहिलेसम्म २४० जना विद्यार्थीलाई पाेसाक गरिएकाे बताउनु भयाे ।

त्यस्तै उहाँले भाेलि बुधबार श्री निर्कुभुमे आधारभूत बिद्यालय सेम्राङमा विद्यार्थीहरूलाई पाेसाक वितरण गरिने जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार

Facebook Comments Box

Share Icon