वडा खबर सम्वाददाता

1497 Posts
बीबीसीको विश्वका प्रभावशाली १०० महिलाको सूचीमा रुक्शाना कपाली

बीबीसीको विश्वका प्रभावशाली १०० महिलाको सूचीमा रुक्शाना कपाली

५ मंसिर, काठमाडौं । बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रुक्शाना कपाली पनि परेकी छिन् । ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्शाना नेपालमा एलजीबीटीक्यू+ समुदायकाे कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ । उनको एसएलसीको सर्टिफिकेटमा ‘पुरुष’ लेखिएको थियो  । तर आफूले बुझ्ने भएपछि पारलैंगिक महिला हुँ भन्ने महसुस गरेको तर प्रमाणपत्र सच्याउन सास्ती पाएपछि उनी आफू जस्तै अन्यको अधिकारका लागि पनि लड्न थालेकी हुन् । उनी अहिले पूर्वाञ्चल विश्वविद्यालयमा रहेर कानुन विषय पढ्दै छिन् । अहिले तेस्रो वर्षकी विद्यार्थी…
Read More
पाकिस्तानको त्यो सडक, जुन विश्वको आठौं आश्चर्य हो

पाकिस्तानको त्यो सडक, जुन विश्वको आठौं आश्चर्य हो

५ मंसिर, काठमाडाैँ । तेह्रसय किलोमिटर लामो काराकोरम राजमार्ग पृथ्वीमा रहेको आश्चर्यजनक पहाडी चट्टानको बीचबाट गुज्रिन्छ । यो कुनै सपनाको मार्ग जस्तै प्रतित हुन्छ, जसका बारेमा कममात्रै मानिसलाई थाहा छ । प्रायः यसलाई विश्वको आठौं आश्चर्य पनि भनिन्छ । यो पहाडी सडकमा यात्रा गर्ने क्रममा तीव्र गतिको हावा गाडीको झ्यालबाट छिरिरहेको थियो । गर्मीको मौसमका बाबजूत सात हजार मिटर अग्ला चुचुराहरुमा बरफ चम्किरहेको थियो र हिमनदी पग्लिएर झरनाको रुपमा पानी बग्दै हुन्जा उपत्यका हुँदै बग्ने नदीमा खसेको थियो । यो उपत्यकालाई बेलायती उपन्यासकार जेम्स हिल्टनले सांग्रिलाको उपमा दिएका छन् । कुनै जमानामा काराकोरम राजमार्ग पनि रेशम मार्गको हिस्साको रुपमा थियो…
Read More
नक्कली भुटानी शरणार्थी प्रकरणमा सुनुवाइ जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा सुनुवाइ जारी

५ मंसिर, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरु बालकृष्ण खाँड, टोपबहादुर रायमाझी लगायतले थुनामुक्त हुन पाँउ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ शुरु भएको छ । जिल्ला अदालतले काठमाडौंले थुनामा पठाउने भनी गरेको आदेश बदर हुनुपर्ने र आफूहरुलाई तारिखमा छाडी मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने मागदावी गरी थुनामा परेका आरोपितहरु उच्च अदालत पुगेका हुन् । न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको इजलासले सबै निवेदनहरुको एकमुष्ट सुनुवाइ गरिरहेको छ । जिल्ला अदालतको आदेश बदर हुनुपर्ने माग गरी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाड, सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा. इन्द्रजित राई, हरीभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर…
Read More
दुर्गा प्रसाईं समूहलाई प्रदर्शन गर्न बल्खु क्षेत्र तोकियो

दुर्गा प्रसाईं समूहलाई प्रदर्शन गर्न बल्खु क्षेत्र तोकियो

५ मंसिर, काठमाडौं । दुर्गा प्रसाईं समूहले यही मंसिर ७ गते गर्ने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय बल्खु क्षेत्र तोकिदिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले दुर्गा प्रसाईं समूहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको जानकारी दिए । यसअघि प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तिनकुने क्षेत्र तोकिदिएको थियो । युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टाछुट्टै घोषणा गरेका थिए । तर, प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने भन्दै उनीहरुलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ । युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि,…
Read More
झण्डै २ किलो कोकिनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

झण्डै २ किलो कोकिनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

५ मंसिर, काठमाडौं । प्रहरीले झण्डै दुई किलो अवैध लागु औषध कोकिनसहित एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । १ किलो ९७३ ग्राम कोकिनसहित दोहाबाट आएकी भारतीय राहदानी बाहक ३२ वर्षकी किमरोसांगीलाई सोमबार राति पौने १२ बजे पक्राउ गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । हिमालय एयरलाइन्सको उडानबाट काठमाडौं अवतरण गरेकी उनको लगेज खानतलासी गर्दा सुटकेसको माथिल्लो भागमा फल्स बटम बनाई प्लास्टिकको प्याकेटमा कोकिन लुकाएको भेटिएको थियो । उनलाई लागूऔषधसम्बन्धी मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए ।
Read More
द्वन्द्वपीडित समुदायको माग

द्वन्द्वपीडित समुदायको माग

५ मङ्सिर, काठमाडौँ । द्वन्द्वपीडित समुदायले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन परिमार्जनका लागि प्रस्तुत विधेयक तत्काल पारित गरी पीडित केन्द्रित र विश्वसनीय आयोग स्थापना गर्न माग गरेका छन् । दसवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष लाग्दा पनि अझै पनि न्याय नपाइएपछि उनीहरूले सोे माग गरेका हुन् । द्वन्द्वपीडित साझा चौतारी द्वन्द्वपीडित महिला सञ्जालसहित आवद्ध विभिन्न २० वटा सङ्घ संस्थाद्वार आज जारी प्रेस विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय सम्बन्धी ऐनसँग सम्बन्धित संशोधन विधेयक तत्काल पारित गरी पीडित केन्द्रित र विश्वसनीय आयोग स्थापना गरी न्याय दिन माग गरेका हुन् । “पीडित केन्द्रित र विश्वसनीय सङ्क्रमणकालीन न्यायिक संयन्त्र स्थापना गर्न स्वतन्त्र र निष्पक्ष…
Read More
मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

५ मङ्सिर,महोत्तरी । मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडवाडमा गनिन्छ । कात्तिक शुक्ल नवमीका दिन अमला (धातृृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्व विशेषमा आज महोत्तरीका गाउँनगर बस्तीमा बिहानैदेखि युवापङ्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वनक्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ । पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाहाकारी खाना खाने परम्परा छ…
Read More
विचारः मानव सेवा नै सर्वोत्कृष्ट धर्म

विचारः मानव सेवा नै सर्वोत्कृष्ट धर्म

–आनी छोइङ् डोल्मा ५ मङ्सिर, काठमाडौँ । मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो । मानव सेवाबाट नै धर्म प्राप्तिको ढोका खुल्दछ । सेवा यति नै गर्नुपर्छ भन्ने छैन, इमान्दारी र खुसीपूर्वक गरिने पुण्य जति पनि कार्य छन्, ती सबै धर्म हुन् । सेवा भनेको जति सकिन्छ, त्यति गर्ने हो, मात्र पवित्र आशय राख्नुपर्छ । सामाजिक सेवा आफ्नो धर्म हो । सामाजिक सेवा गर्नु भनेको एउटा मानवीय धर्म हो, जसमा विशेष गरेर आफू बुद्धको अनुयायी भएपछि जीवन सार्थक बनाउने आफ्नो प्रयास हो…
Read More
मंसिर ८ देखि मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्ने, कस्तो छ कम्पनी ?

मंसिर ८ देखि मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्ने, कस्तो छ कम्पनी ?

५ मंसिर, काठमाडौं । सर्वसाधारणका लागि मंसिर ८ गतेदेखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुल्ने भएको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला हुने जनाएको हो । कम्पनीको आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेहो हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो । अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन…
Read More
यमनविरुद्ध खेल्ने नेपाली टोली घोषणा, अनन्त र दिनेश टिममा फर्किए

यमनविरुद्ध खेल्ने नेपाली टोली घोषणा, अनन्त र दिनेश टिममा फर्किए

५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ । बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् । चोटका कारण दुवै खेलाडी युएई विरुद्धको खेलमा टिममा थिएनन् । यस्तै युएई विरुद्धको खेलमा घाइते भएका मिडफिल्डर लकेन लिम्बु भने टिममा छैनन् । यसबाहेक युएई विरुद्धको खेलका लागि पहिलो पटक नेपाली टिममा परेका निसान हमाल पनि यमन विरुद्ध खेल्ने टिममा छैनन् । नेपाली टोली…
Read More
Page 23 of 150
1 … 21 22 23 24 25 … 150
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.