वडा खबर सम्वाददाता

1497 Posts
धार्मिक पर्यटक भित्र्याउन मनकामनामा त्रिवेणी मेला

धार्मिक पर्यटक भित्र्याउन मनकामनामा त्रिवेणी मेला

६ मङ्सिर,गोरखा। धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित गोरखाको सहिद लखन गाउँपालिका–३, मनकामनामा रहेको त्रिवेणी भगवतीको मन्दिर परिसरमा आज साँझदेखि त्रिवेणी मेला लाग्ने भएको छ । हरिबोधनी एकादशी(ठूलो एकादशी) पर्वको अवसरमा मन्दिर परिसरमा त्रिवेणी मेला आयोजना हुँदै आएको छ । स्थानीय कालिका युवा क्लबको आयोजनामा आज साँभmदेखि भोलि (बिहीबार) बिहानसम्म मेलाआयोजना गरिने क्लबका अध्यक्ष बाबु गुरुङले जानकारी दिनुभयो । स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको त्रिवेणी भगवतीको प्रचारप्रसारका लागि मेलाले सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । मेलामा विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ थियो । मेलामा चर्चित लोकदोहोरी गायक पृथ्वी गुरुङ, श्याम राना, सुजन गुरुङ चर्चित लोक तथा…
Read More
दाङमा धान उत्पादन बढ्यो

दाङमा धान उत्पादन बढ्यो

६ मङ्सिर,देउखुरी (दाङ)। दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गतवर्ष एक लाख ५३ हजार चार सय ६३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष एक लाख ५८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिका–६ का मङ्गल चौधरीले समयमा पानी परेकाले धान समयमै रोप्न पाएपछि विगत भन्दा यस पटक धान उत्पादनमा बढेको बताउनुभयो ।…
Read More
अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति

अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति

६ मङ्सिर,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । इफाप्का (एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १९ मुलुकका निर्माण व्यवसायीको छाता संस्था) को ४६औँ सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “पृथ्वी रहेमात्र हामी रहन्छौँ भन्ने मान्यतालाई आत्मसात् गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका इफाप्कामा आबद्ध मुलुकहरू बढी मात्रामा जलवायु परिवर्तनसँगै प्राकृतिक विपत्तिको सिकार भइरहेको परिप्रेक्ष्यमा यस…
Read More
‘पार्टी सञ्चालन गर्न नेता र कार्यकर्तामा अनुशासन जरूरी’

‘पार्टी सञ्चालन गर्न नेता र कार्यकर्तामा अनुशासन जरूरी’

६ मङ्सिर,सुन्दरहरैँचा (मोरङ)।युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पार्टी सञ्चालन गर्न नेता र कार्यकर्तामा अनुशासन जरुरी भएको बताउनुभएको छ । उहाँले कांग्रेस पार्टीभित्र उपलब्धिमूलक प्रशिक्षणको अभाव देखिएको बताउनुभयो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङको जिल्ला सम्मेलनको तयारी तथा उद्देश्यबारे सुन्दरहरैँचा नगरपालिकाको विराटचोकमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको मोरङ जिल्ला सभापतिसमेत रहनुभएका मन्त्री लिम्बूले पार्टी मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । “पार्टी र निर्वाचित जनप्रतिनिधिबीचको सुमधुर सम्बन्धको उचित विकासले मात्र समाजलाई अघि बढाउन सक्छ”, उहाँले भन्नुभयो । मन्त्री लिम्बूले फरक प्रसङ्गमा युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गरी सरकारले स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाएर गरिब बेरोजगार युवालाई देशमै बाँच्न सक्ने वातावरण सिर्जना गर्न…
Read More
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, ६ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो । सो अवसरमा उहाँहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।
Read More
३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

  ६ मङ्सिर, दोलखा। दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मङ्गलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा सो तथ्य खुलेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिनुभयो । सुन तस्करीमा संलग्न व्यक्तिको बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै छ पटकमा ३३…
Read More
शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक : मन्त्री शर्मा

शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक : मन्त्री शर्मा

६ मङ्सिर,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाः दिवसका अवसरमा पद्ममरतन लुमन्ति गुठीले शङ्खधर उद्यान केन्द्रमा आज आयोजना गरेको कार्यक्रममा उहाँले पद्मरत्न तुलाधर जीवित भएको भए शान्ति प्रक्रिया टुङ्गिसक्ने दाबी गर्नुभयो । उहाँले परिवर्तनका लागि लड्ने नेताका रूपमा शङ्खधर साख्वाःलाई आफूले चिनेको र देशमा सङ्घीयता आउनु पनि शङ्खधरले देख्नुभएको सपना रहेको बताउनुभयो । मन्त्री शर्माले सम्पूर्ण सरकारी दस्तावेजमा नेपाल संवत्लाई उल्लेख गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको पनि जानकारी दिनुभयो । उहाले भन्नुभयो, “बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचानका लगि गणतन्त्र आवश्यक छ ।” काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले…
Read More
मध्यरातमा महिलाहरुलाई लखेट्ने को हुन् ?

मध्यरातमा महिलाहरुलाई लखेट्ने को हुन् ?

६ मंसिर, काठमाडौं । महिलाहरुको समूहलाई राति बास बसेको ठाउँबाट पुरुषहरुको समूहले हटाएको एउटा भिडियो सामाजिक सन्जालमा भाइरल छ । रातिको कल्याङमल्याङ सुन्दा ती महिलाहरु इटहरीबाट काठमाडौंमा सात गतेको कार्यक्रममा सहभागी हुन आएको बुझिन्छ र पुरुषहरु बस चढाएर इटहरी नै फर्काइदिने कुरा गरेको सुनिन्छ । भिडियो सेयर गर्नेहरुले युवा संघले राति सुतिरहेका महिलाहरुलाई दुर्व्यवहार गरेको लेखेका छन् । तर युवा संघले भने त्यसको खण्डन गरेको छ । अनलाइनखबरको जिज्ञासामा युवा संघका प्रवक्ता निरोज पौड्यालले आफूहरुभित्र पनि मानवता रहेको भन्दै यस्तो खालको अराजकता युवासंघले नगर्ने बताएका छन् । ‘हामी आफैं अराजकताविरुद्धको अभियानमा छौं, यो खालको अराजक काम हामीबाट हुँदैन,’ उनले भने…
Read More
बुक बिल्डिङबाट पहिलो पटक सर्वोत्तमको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

बुक बिल्डिङबाट पहिलो पटक सर्वोत्तमको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

६ मंसिर, काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निस्कासन गरेको छ । आज बुधबारदेखि बिक्री खुला भएको सर्वोत्तमको आईपीओमा संस्थागत लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् । संस्थागत लगानीकर्तालाई बाँडफाँट भइसकेपछि अर्को चरणमा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् । कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई पछि जारी हुनेछ । कम्पनीको…
Read More
म नेपालमै बस्न चाहन्छु : प्रशिक्षक अल्बर्टो एनेस

म नेपालमै बस्न चाहन्छु : प्रशिक्षक अल्बर्टो एनेस

६ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले आफू नेपालको प्रशिक्षकको रुपमा अझै बस्न चाहएको बताएका छन् । फिफा विश्वकप छनोटअन्तर्गत मंगलबार यमनसँगको खेलपछि एनेसले यस्तो बताएका हुन् । अखिल नेपाल फुटबल संघ एन्फाले गत फागुनमा इटालियन प्रशिक्षक एनेसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनको कार्यकाल आउने फागुनमै सकिनेछ । तर अब नेपालले यो बीचमा कुनै ठुलो खेल खेल्ने छैन । विश्वकप छनोटमा अब नेपालको खेल चैतमा मात्र हुनेछ । चैतमा नेपालले बहराइनसँग होम र अवे दुवै खेल खेल्नेछ । ‘म यहाँ बस्न चाहन्छु । किनकि मलाई नेपाली जनता मन पर्छ…
Read More
Page 21 of 150
1 … 19 20 21 22 23 … 150
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.