वडा खबर सम्वाददाता

1497 Posts
घरेलु मैदानमै अर्जेन्टिनासँग पराजित भयो ब्राजिल

घरेलु मैदानमै अर्जेन्टिनासँग पराजित भयो ब्राजिल

६ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गरेको छ । ब्राजिलको घरेलु मैदान माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस ओटामेन्डीले ६३औं मिनेटमा एक मात्र गोल गरे । उनले जिओभानी लो सेल्सोको पासमा गोल गरे । ८१औं मिनेटमा जोएलिन्टनले रातो कार्ड पाएपछि ब्राजिल दश खेलाडीमा समेटिएको थियो । दक्षिण अमेरिकी क्षेत्रको छनोटमा पाँचौ जितपछि अर्जेन्टिना खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमै यथावत छ । ब्राजिलको भने यो लगातार दोस्रो हार हो । यसअघि ब्राजिल कोलम्बियासँग पराजित भएको थियो । हारपछि ६ खेलबाट ७ अंक मात्र रहेको ब्राजिल…
Read More
हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

६ मंसिर, काठमाडौं । इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई आज सरकारले मन्जुरी दिएको छ । यसअनुसार ५० बन्धक (महिला र बच्चासमेत)चार दिनभित्र रिहा हुनेछन् । यसक्रममा लडाइ रोकिने छ ।’ बन्धक बनाइएकाहरुलाई रिहा गरिसकेपछि भने हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने इजरायलले जनाएको छ । हमासले मानवीय सहायताका लागि युद्ध विराममा सहमति भएको…
Read More
दीपक मनाङेले एक्सन फिल्म ‘कंगारु’ निर्माण गर्ने

दीपक मनाङेले एक्सन फिल्म ‘कंगारु’ निर्माण गर्ने

काठमाडौं । फिल्म निर्माता तथा नेकपा एकीकृत समाजवादीका नेता राजीव गुरुङ ‘दीपक मनाङे’ले मंगलबार नयाँ फिल्मको घोषणा गरेका छन् । फिल्म ‘कंगारु’लाई सम्राट बस्नेतले निर्देशन गर्ने भनिएको छ । अष्ट्रेलिया र नेपालमा समेत छायांकन हुने फिल्मबारे विस्तृत उल्लेख छैन । फिल्म घोषणाबारे जारी वक्तव्यमा मनाङेलाई निर्माताको रुपमा चिनाइएको छ । मनाङले यसअघि पोइ पर्‍यो काले, दुई नम्बरी फिल्म निर्माण गरेका छन् । ‘कंगारु’पछि सविन श्रेष्ठलाई लिएर ‘बाघचाल’ बनाउने उनको तयारी छ । ‘कंगारु’लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो । फूलमुन मोसन पिक्चर्स र…
Read More
शिक्षा नीतिलाई युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशमै राख्नेछौं : प्रधानमन्त्री

शिक्षा नीतिलाई युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशमै राख्नेछौं : प्रधानमन्त्री

मंसिर ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार काठमाडौंमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले उच्च शिक्षाका निम्ति बर्सेनि लाखौं विद्यार्थी विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक रहेको बताए । उनले शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीको विदेश पलायन रहेको बताए । उनले विद्यार्थी देश बाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्व विद्यालय खाली हुँदै जाने गम्भीर स्थितिलाई छिट्टै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बनेको बताए । ‘देशको समग्र…
Read More
माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट

माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ । उनले रिटनिवेदनमा स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने र नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनुपर्ने माग राखेका छन् । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबारदेखि लागू हुने गरी…
Read More
देउवा एकलौटी गर्छन्, जवाफ अरुले दिनुपर्ने

देउवा एकलौटी गर्छन्, जवाफ अरुले दिनुपर्ने

५ मंसिर, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा धेरै बोल्दैनन्, सुनिरहन्छन् । निर्णय चाहिँ आफैं एकलौटी गर्छन् । उनी सुन्ने नेता हुन् भन्ने तर्क उनका निर्णयहरुले पुष्टि गर्दैनन् । देउवाका पछिल्ला निर्णयहरुलाई आधार मानौं । टिकटक प्रतिबन्ध : प्रधानमन्त्री प्रचण्डले देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसमेतलाई साथ लिएर टिकटक प्रतिबन्धको निर्णय लिन वातावरण बनाए । टिकटकमा व्याप्त छाडापनको नियमन अनिवार्य थियो, तर प्रतिबन्धकै लागि कांग्रेस पार्टीलाई तयार बनाउन देउवाले कुनै कसरत गरेनन् । नतिजा, दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायत थुप्रै नेताले आफ्नै पार्टी सभापतिले गरेको समर्थनको विरोध गर्न पुगे । कांग्रेसको संस्थागत धारणा भने आएन । प्रधानमन्त्री…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छु : अध्यक्ष बुढा

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छु : अध्यक्ष बुढा

५ मंसिर, काठमाडाैँ । खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाको पश्चिमी भागमा पर्दछ । धार्मीक तथा पर्यटकीय क्षेत्र खप्तड राष्टिय निकुञ्ज  र छेडेदह ताल यसै गाउँपालिका मा पर्ने भएकोले यो गाउँपालिका को नामाकरण खप्तड छेडेदह गाउँपालिका भनिइको हो । खप्तड छेडेदह गाउपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो । यस गाउँपालिकामा मूख्यरुपमा बेताल, मष्टा, खापर, भगवति, कैलाश, भेराल, अािदं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । खप्तड, छेडेदह, वडालेख आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु…
Read More
पाँच वर्षे कार्यकालमा ८० प्रतिशत याेजना सम्पन्न गर्ने छु : अध्यक्ष रावत

दौड प्रतियोगितामा भाग लिन चिनिया खेलाडीहरु चार्टर्ड विमानमा नेपाल आउँदै

दौड प्रतियोगितामा भाग लिन चिनिया खेलाडीहरु चार्टर्ड विमानमा नेपाल आउँदै

५ मङ्सिर, काठमाडौं । पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ । उक्त प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मङ्सिर ७ गते पोखरा विमानस्थलमा अवरतण गर्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनीहरु चिनियाँ सरकारको सहयोगमा हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत पोखरा आउन लागेका हुन् । नेपाल…
Read More
जाजरकोटमा निमोनियाबाट एक महिने शिशुको मृत्यु

जाजरकोटमा निमोनियाबाट एक महिने शिशुको मृत्यु

५ मंसिर, जाजरकोट । चिसोबाट जाजरकोटमा एक महिने शिशुको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले मृत्यु हो । भेरी-२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन् । चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ । गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर…
Read More
Page 22 of 150
1 … 20 21 22 23 24 … 150
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.