वडा खबर सम्वाददाता

1497 Posts
वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गर्दैँ वडा  सापकोटा

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गर्दैँ वडा सापकोटा

२ माघ ,काठमाडाैं । जनप्रतिनिधि शुक्रराज सापकोटा २०७९ को स्थानीय निर्बाचनबाट बढैयाताल गाउँपालिका प्रदेश नं ६ मा वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएका सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै योजना पास भएको अब रफ्तारमा कार्य गर्ने बताउनुभयो ।                                                                                        शुक्रराज सापकोटा योजनाहरु बनाएर पास भएको…
Read More
ज्येष्ठ नागरिकलाई खुसी दिने अभियान

ज्येष्ठ नागरिकलाई खुसी दिने अभियान

२ माघ, तुलसीपुर । ज्येष्ठ नागरिकलाई खुसी दिन तुलसीपुर उपमहानगरपालिकाले अभियान चलाएको छ । धेरै ज्येष्ठ नागरिक आर्थिक अभावकै कारण न्यानो कपडा किन्न सक्ने अवस्थामा नभएको जनाउँदै न्यानो कपडा वितरण गरेको छ । उपमहानगरपालिकाले दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाकाले दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । उपमहानगरपालिकाका १९ वडाका ज्येष्ठ नागरिकलाई बलाङ्केट सहयोग गरिएको उपप्रमुख स्यानी चौधरीले बताउनुभयो । “हामीले १९ वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “वडाको सिफारिसका आधारमा उहाँहरुलाई ती कपडा वितरण भयो ।” अतिविपन्न, गरिब, न्यानो कपडा किन्न नसक्नेलाई लक्षित गरी…
Read More
पोखरा विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै

पोखरा विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै

२ माघ, गण्डकी ।  पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र थप तीन जना अझै फेला नपरेको सहायक…
Read More
पोखरा विमान दुर्घटना: २६ जनाको शव पहिचान

पोखरा विमान दुर्घटना: २६ जनाको शव पहिचान

२ माघ, गण्डकी : आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिनुभयो । पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उहाँले जानकारी दिनुभयो । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।
Read More
दंगीशरण गाउँपालिका वडा नम्बर ४ कार्यालयद्वारा १७ थान मादल र लेहेङ्गाहरु वितरण

दंगीशरण गाउँपालिका वडा नम्बर ४ कार्यालयद्वारा १७ थान मादल र लेहेङ्गाहरु वितरण

२८ पाैष, काठमाडाैं। दाङस्थित  दंगीशरण गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । यस वडाका वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याएको छ। माघिलाई लक्षित गरेर यस वडा कार्यालयले टोलटोलमा १७ थान मादल र १७ थान लेहेङ्ग वितरण गरेको वडा नम्बर ४ का वडा अध्यक्ष कमल थारुले जानकारी दिनुभयो। सुमुदायले माघिको पर्वमा मनाउने माघे संक्रान्तिलाई थारु समुदायले नयाँ बर्षका रुपमा पनि मनाउने गर्दछन् । थारु समुदायको मौलिक संस्कृति र भेषभुषको आफ्नै विशेषता छ। जसमा उनीहरु भरपुर आनन्द लिने गर्दछन्। थारु समुदायमा माघी पर्वलाई नयाँ बर्षका रुपमा मनाउने प्रचलन रहेकोले पनि यसको बिशेष महत्व रहेको छ। माघी…
Read More
युग वृद्ध नेपालले भन्यो: सरकारको कदम स्वातग योग्य

युग वृद्ध नेपालले भन्यो: सरकारको कदम स्वातग योग्य

२८पाैष, काठमाडाैं ।  निःशुल्क सेनिटरी प्याड अभियान सञ्चालन गरिरहेको युग वृद्ध नेपालले सरकारको कदमको स्वागत गरेको छ । सरकारले न्यूनतम साझा निती तथा कार्यक्रम अन्तर्गत महिनावारी हुने महिलाहरुलाई वार्षिक एक हजार पाँच सय रुपैयाँ दिने सरकारको कदम स्वागत योग्य रहेको वृद्ध नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो। उहाँले भन्नुभयो, सरकारले न्यूनतम साझा निती तथा कार्यक्रम अन्तर्गत महिनावारी हुने महिलाहरुलाई वार्षिक एक हजार पाँच सय प्रदान गर्नै र “निःशुल्क सैनिटरी प्याड अभियानलाई कार्यन्वयन गर्न सहयोग गरेकोमा नेपाल सरकारलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। अध्यक्ष शर्माले कण्डम जस्तै सैनिटरी प्याड पनि सरकारसँग बाड्नु पर्ने बताउनुभयो। उहाँले भन्नुभयो, जनताबाट पनि हामीहरुलाई समर्थन छ। हामी…
Read More
दिउँसो १ बजेलाई सर्‍यो संसद बैठक

दिउँसो १ बजेलाई सर्‍यो संसद बैठक

२६ पाैष, काठमाडौं । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ । सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिनुभएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो । नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले बैठक दुई घण्टा पछि सर्न गएको बताइएको छ ।
Read More
Page 150 of 150
1 … 148 149 150
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.