युग वृद्ध नेपालले भन्यो: सरकारको कदम स्वातग योग्य
२८पाैष, काठमाडाैं । निःशुल्क सेनिटरी प्याड अभियान सञ्चालन गरिरहेको युग वृद्ध नेपालले सरकारको कदमको स्वागत गरेको छ ।
सरकारले न्यूनतम साझा निती तथा कार्यक्रम अन्तर्गत महिनावारी हुने महिलाहरुलाई वार्षिक एक हजार पाँच सय रुपैयाँ दिने सरकारको कदम स्वागत योग्य रहेको वृद्ध नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो।
उहाँले भन्नुभयो, सरकारले न्यूनतम साझा निती तथा कार्यक्रम अन्तर्गत महिनावारी हुने महिलाहरुलाई वार्षिक एक हजार पाँच सय प्रदान गर्नै र “निःशुल्क सैनिटरी प्याड अभियानलाई कार्यन्वयन गर्न सहयोग गरेकोमा नेपाल सरकारलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछौ।
अध्यक्ष शर्माले कण्डम जस्तै सैनिटरी प्याड पनि सरकारसँग बाड्नु पर्ने बताउनुभयो। उहाँले भन्नुभयो, जनताबाट पनि हामीहरुलाई समर्थन छ। हामी ढिलो चाडो भएपनि एक दिन यो अभियान सफल गराएरै छाड्ने छौ।
विगत डेढ वर्ष अघि “युग वृद्ध नेपालले निःशुल्क सैनिटरी प्याड अभियानलाई निरन्तरता दिन विभिन्न निकायसँग समन्वय गरिरहेको छ ।