वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष कुँवर
२४ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १० मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १० का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष प्रदिप कुँवरले बताउनुभयो । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, '' वडामा पहिलो काम सम्पन्न गरेको भनेको यो वडामा सहरिया क्षेत्र बढि भएकोले जाड रक्सी खाएर झैझगडा धेरै गर्ने भएकोले त्यसको नियन्त्रण गर्नको…
