कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष श्रेष्ठ

२४ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं.७ मा अहिले विकासले मुहार फेरिरहेको छ ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
वडामा सर्वप्रथम बाटोलाई विशेष जोड दिदै सडको स्तरउन्नती गर्दै ढलान गर्ने, नालि बाटो बनाउदै कामहरु तीव्र गतिमा अगाडि बढाईरहेको छ । खानेपानीको क्षेत्रमा स्थानीय स्रोतबाट परिचालन गरेर वडाबासीहरुको घर घरमा धारा पुराउने काम बृहत रुपमा भईरहेको छ ।
स्वास्थ्यको क्षेत्रमा वडाको स्वास्थ्य चौकीबाट आधारभुत औषधीहरु निशुल्क वितरण गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कृषि क्षेत्रको लागि वडाको पहलबाट कृषिलाई व्यावसायमुखिकरण बनाउनको लागि कृषि भेटेनरीलाई अनुदान दिएर कामहरु तीव्र गतिमा भईरहेको छ ।
महिलाहरुलाई लक्षित गर्दै सिपमुलक तालिमको केन्द्रको स्थापना गरेर निरन्तर तालिम सञ्चालन गर्नको लागि बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो । जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमहरु पनि राखेको छौ । एकल महिला तथा अपांगहरुको लागि वडाबाट विभिन्न कार्यक्रमहरुमा बजेट छुट्टाएको उहाँले जानकारी दिनुभयो ।
उहाँले वडा खबर संग कुरा गर्दै भन्नुभयो , ” वडाको स्रोत साधनले वडाको सम्पुर्ण योजनाहरु सम्पन्न गर्न नसकिएकोले केन्द्रिय सरकार र प्रदेश सरकारसंग समन्वय गरेर ठुला ठुला योजनाहरुको माग गरेको उहाँले बताउनुभयो । ”
युवाहरुको लागि वडाको पहलबाट विभिन्न क्लवहरु जस्तै. बाल क्लबहरुलाई खेलकुदको लागि मध्यनजर गर्दै बजेट विनियोजन गरेको छौ । शैक्षिक गुणस्तर कायम गर्दै शिक्षालाई पनि उत्तिकै जोेड दिएको उहाँले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ७ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।