समाज

विपद्बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

विपद्बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

२५ साउन,काठमाडौँ । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना बेपत्ता छन् । ती जिल्लामा विपद्बाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् । यस्तै बेपत्ता हुनेहरु छ जिल्लाका छन् । सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१…
Read More
अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

२५ साउन,मकवानपुर । पहिरोको कारण अवरुद्ध हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने भैँसे–भीमफेदी सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालन भएको छ । गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ५ बजेदेखि यातयात सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार, गए राति भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित पहिरो खसी यातायात अवरुद्ध बनेको थियो । लगातार वर्षाका कारण राति पहिरो हटाउन कठिनाइ भएपछि आज बिहानै पहिरो हटाइ यातायात सञ्चालनमा ल्याएको हो । हाल हेटौँडाबाट भीमफेदी हुँदै विभिन्न स्थानमा जाने र हेटौँडातर्फ आउने सबै प्रकारका सावरी साधन सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो…
Read More
ढाकाको कपडाले बजार पाएन

ढाकाको कपडाले बजार पाएन

२५ साउन,रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् । एघार जनाको समूहले ढाकाको विभिन्न कपडा बुनिरहेका छन् । उनीहरुले बुनेका ढाकाको कपडाले भने बजार पाउन सकेको छैन । तीन महिनासम्म बुनेको ढाकाको कपडाले बजार पाउन नसकेको उनीहरुको गुनासो छ । हालसम्म उक्त समूहले रु एक लाखसम्मको कपडा बुनिसकेको छ । ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन भएको छ । “हामीले तीन महिनादेखि ढाकाको कपडा उत्पादन गरिरहेका छौँ, अहिलेसम्म कपडा किन्न कोही आएका छैनन्”, गङ्गा थापाले भन्नुभयो…
Read More
म्याग्दीमा मालपोतको राजस्व घट्यो

म्याग्दीमा मालपोतको राजस्व घट्यो

२४ साउन,म्याग्दी। जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा रु चार करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा रु चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय म्याग्दीका निमित्त प्रमुख कलादेवी शर्मा रिजालले अघिल्लो वर्षको तुलनामा रु ३६ लाख ६३ हजार नौ सय आठ कम राजस्व सङ्कलन भएको बताउनुभयो । “स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले गत आर्थिक वर्षमा कित्ताकाट भएन, । यसको असर घरजग्गाको कारोबार र राजस्व सङ्कलनमा परेको छ,” उहाँले भन्नुभयो,“जग्गाको कित्ताकाट नखुल्दा घरजग्गाको कारोबार र अंशबण्डा रोकिएको छ ।” आर्थिक वर्ष २०७८÷७९ मा…
Read More
आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील रहेको छ ः मुख्यमन्त्री पाण्डे

आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील रहेको छ ः मुख्यमन्त्री पाण्डे

२४ साउन,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जातीय विविधता भएको गण्डकी प्रदेश रहेको उल्लेख गर्नुभयो । “जनजाति भाषा, संस्कृति, परम्परागत ज्ञान, तथा प्राकृतिक स्रोतका धनी समुदाय मानिन्छन् । अधिकार तथा आर्थिक विकासका दृष्टिकोणले अझै उत्पीडित र विभिन्न वर्ग समुदायमा रहेका जनजातिको उत्थान गर्ने दायित्व हामी सबैको हो”, सन्देशमा भनिएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिले सन् १९९५ देखि जनजाति अधिकारका लागि अन्तर्राष्ट्रिय पर्वको रुपमा यो दिवस मनाउँदै आइएको र ‘आत्मनिर्णयका लागि परिवर्तनका संबाहक आदिवासी युवा’ भन्ने…
Read More
गोरखाको प्रवेशद्वारमा सहिद थापाको सालिक

गोरखाको प्रवेशद्वारमा सहिद थापाको सालिक

२४ साउन,गोरखा । गोरखा प्रवेश गर्ने मुख्य नाका गोरखा नगरपालिका–१३ देउरालीस्थित मझुवामा प्रथम सहिद लखन थापामगरको सालिक निर्माण गरिएको छ । गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा मझुवास्थित गोरखा प्रवेशद्वारसँगै प्रथम सहिद थापामगरको पूर्णकदको सालिक स्थापना गरिएको हो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरका अनुसार सहिद थापामगरको सम्मान गर्न र गोरखा प्रवेश गर्ने प्रत्येकलाई उहाँको बारेमा जानकारी गराउने उद्देश्यले सालिक स्थापना गरिएको हो । गोरखा नगरपालिकाको रु १० लाख तथा नेपाल मगर सङ्घको रु दुई लाखको लागतमा सालिक निर्माण गरिएको हो । सहिद थापामगरले १९११ सालमा पुरानो गोरख गणमा भर्ना भएर १९२७ सालदेखि विद्रोहको थालनी गर्नुभएको इतिहास छ । सहिद थापामगरलाई १९३३…
Read More
सङ्क्रमण फैलिएपछि विद्यालय बन्द

सङ्क्रमण फैलिएपछि विद्यालय बन्द

२४ साउन,राँझा। बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् । बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ । विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि निजी तथा संस्थागत विद्यालय बन्द गरिएको प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिनुभयो । नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोरखबहादुर थापाले उपमहानगरका अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकाले विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको बताउनुभयो । शुक्रबारसम्म यहाँका विद्यालय बन्द रहने छन् । आँखा पाक्ने रोगबाट बालबालिका बढी प्रभावित भएका…
Read More
तुलसीपुरको फोहर अस्थायी डम्पिङमै बिसर्जन

तुलसीपुरको फोहर अस्थायी डम्पिङमै बिसर्जन

२४ साउन,तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले लामो समयसम्म स्थायीरुपमा फोहर व्यस्थापन गर्न सकेको छैन । उपमहानगरपालिकाले हाल तुलसीपुर उपमहानगरपालिका–१२ महेन्द्र माविको पछाडितर्फ अस्थायीरूपमा फोहर व्यवस्थापन गर्दै आएको छ । स्थानीयले पटक–पटक स्थायी व्यवस्थापनको माग गरिरहेका छन् । तर पनि त्यसको स्थायी व्यवस्थापन गर्न सकिएको छैन । स्थायी व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा जग्गासमेत खरिद गरियो । तर त्यहाँका बासिन्दाले फोहर फाल्न दिएका छैनन । अन्य स्थानको पनि खोजी भइरहेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो । हाल तुलसीपुर–१८, १९ र १६ का विभिन्न स्थानमा फोहर व्यवस्थापनका लागि जग्गाको खोजी भइरहेको छ । “हामीले विभिन्न स्थानमा जग्गा हेरेका छौँ, वडा नं १६ ले…
Read More
मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता

मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता

२४ साउन,मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ । मङ्गलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिराले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव फेला परेको हो । यससँगै उक्त पहिरामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने मङ्गलबार साँझ जीवितै उद्धार गरिएको थियो ।…
Read More
विषालु च्याउ खाँदा १२ जना बिरामी

विषालु च्याउ खाँदा १२ जना बिरामी

२४ साउन,दिपायल । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिनुभयो । बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका–१६ का हर्क रम्जाली रहेका छन् । बिरामी भएका सबैको आदर्श गाउँपालिाकामा रहेको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको…
Read More
Page 65 of 304
1 63 64 65 66 67 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.