समाज

वर्षाले राहत

वर्षाले राहत

२२ साउन,महोत्तरी । लामो समयसम्म वर्षा नभएर पानीका मुहान सुक्दै गएपछि चिन्तित बनेका यहाँका स्थानीय आइतबार रातिको वर्षाले राहत महसुस भएको बताउँछन् । वर्षा नहुँदा खानेपानीका मुहान सुक्नुका साथै खेतीपातीका लागि सिँचाइको अभाव व्यहोर्दै आएका स्थानीयलाई गएरातिको वर्षाले मुहान रसाउने आशा जगाएको छ । पछिल्लो पटकको वर्षाले पानी नभएर पहेंँलिँदै गएका धानको रोपो, फलपूmलका बोटबिरुवा, तरकारी, उखु, मकै, कोदोलगायत अन्नबालीलाई राहत मिलेको किसान बताउँछन् । “गएरातिको वर्षाले इनार, चापाकल र बोरिङसहितका पानीका मुहान अब रसाउने आश जागेको छ” भङ्गाहाका किसान दीपबहादुर फुँयालले भन्नुभयो, “अब खानेपानीको सङ्कट नबढ्ला ।” आइतबार लामो समयसम्म पानी परेकाले माटोको भित्री सतहसम्म चिस्यान पुगेको उहाँले बताउनुभयो…
Read More
आजको मौसम : भारी वर्षाको सम्भावना

आजको मौसम : भारी वर्षाको सम्भावना

२२ साउन,काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र…
Read More
सम्झौताको म्याद सकियो काम अझै सुरु भएन

सम्झौताको म्याद सकियो काम अझै सुरु भएन

२२ साउन,मन्थली । तामाकोशी पुल निर्माण गर्न ठेक्का सम्झौता अवधि सकिए पनि काम अझै सुरुआत भएको छैन । तीन वर्ष अवधिको सो पुलको सम्झौता यही असार मसान्तमा सकिएको हो । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने तामाकोशी पुल गत असार मसान्तमा पूरा गर्नुपर्ने सम्झौता थियो । हालसम्म उक्त पुलको जगकै काम नभई म्याद सकिएको हो । पुल निर्माणका लागि तीन वर्षमा तीन मेसिनसम्म निर्माणस्थलमा झारिएको देखिएको छ । यसबाहेक अन्य प्रगति छैन । निर्माण व्यवसायीले पुल निर्माणका लागि झारेका सामान असरल्ल छन् । फलामे डण्डीमा खिया लागेर कामै नलाग्ने भएको छ । निर्माणस्थलमा झारिएका मेसिन महिनौँदेखि चलेका छैनन् । पुल निर्माणका…
Read More
साउनको चौथो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम

साउनको चौथो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम

२२ साउन,काठमाडौँ । सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन् । साउनको सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । पशुपतिनाथ मन्दिरमा रातो र हरियो पहिरनमा सजिएका सोमबारका बर्तालु महिला भक्तजनको बढी भीडभाड देखिन्छ । सोमबारकै अवसरमा सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको लाम पनि लामो रहेको उहाँले जानकारी दिनुभयो । बोल…
Read More
नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

२२ साउन,गलकोट । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस/तानातान गर्ने क्रममा आफ्नै घरभित्र भुईमा खसी बझारिएपछि घटनास्थलमै बालकको मृत्यु भएको बताइएको छ । प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार ज्यानसम्बन्धी कसुरमा…
Read More
मङ्गलसेन नगरपालिकाद्वारा वडावडामा घुम्ती सेवा सञ्चालन

मङ्गलसेन नगरपालिकाद्वारा वडावडामा घुम्ती सेवा सञ्चालन

२२ साउन,अछाम । मङ्गलसेन नगरपालिकाले नागरिकलाई उनीहरूको घरदैलोमै आफ्नो सेवा प्रवाह गर्न सुरुआत गरेको छ । नगरपालिकाका विभिन्न शाखाबाट प्रवाह हुने सेवा स्थानीयलाई सहज होस् भन्दै नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी सेवा प्रवाह सञ्चालन गरिराखेको हो । घरआँगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुआत गरेको मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनुभयो । नगरपालिकाले यही साउन ५ बाट एकीकृत घुम्ती शिविर नगरको वडा नम्बर १ र २ बाट सुरुआत गरेको थियोे । हालसम्म ११ वडामा घुम्ती शिविर सम्पन्न भएको र बाँकी रहेका तीन वटा वडा नम्बर ३, ४ र ५ मा पनि लगत्तै घुम्ती शिविर सञ्चालन हुने…
Read More
फलफूल व्यवसायी समस्यामा

फलफूल व्यवसायी समस्यामा

२२ साउन,कञ्चनपुर ।शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार वर्षाको पानीले डुबानमा पर्दा फलफूल व्यवसायीको विजोग भएको छ । वर्षाको पानीको उचित निकास नहुँदा दुई महिनादेखि बजार क्षेत्र डुबानमा परेको छ । पसलसम्म वर्षाको पानी भरिएपछि व्यवसायी मर्कामा परेका हुन् । खोका छाप्रा राखेर दुई दशकदेखि कलुवापुर बजार छेउमा फलफूल बेच्दै आउनुभएका नारद जोशी व्यापार नहँुदा निकै निरास हुनुहुन्छ । “वर्षाको जमेको पानीमा ग्राहकले खुट्टा हाल्नै मान्दैनन्”, उहाँले भन्नुभयो, “ग्राहकलाई जुत्ता, चप्पल भिज्ने डर हुन्छ, त्यै भएर पसलसम्म पुग्दैनन् ग्राहक पसलसम्म नपुगेपछि व्यापार हुने कुरै भएन ।” बेच्नका लागि पसलमा राखेका फलफूल कुहिन थालेको उहाँले बताउनुभयो । फलफूल बिक्री नहुँदा कुहिएर रु…
Read More
निर्माण व्यवसायीको माग सम्बोधन गर्न निजी क्षेत्रको माग

निर्माण व्यवसायीको माग सम्बोधन गर्न निजी क्षेत्रको माग

२१ साउन,काठमाडौँ । निर्माण व्यवसायीका माग सम्बोधन गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग सङ्घले र नेपाल उद्योग वाणिज्य महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीका जायज माग यथासक्य छिटो सम्बोधन गर्न सरकारसँग माग गरेका हुन् । “कूल गार्हस्थ्य उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान छ । निर्माण व्यवसायीका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्न समेत परिसंघ अनुरोध गर्दछ”, उद्योग परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौतीलगायत कारण निजी क्षेत्रको मनोबल घटिरहेको उल्लेख गर्दै परिसंघले यस्तो चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीले…
Read More
लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय दङ्ग

लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय दङ्ग

२१ साउन,गलकोट । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका ४६ वर्षीय पुष्पा पुनको आगनमा नयाँ खानेपानी धारा निर्माण भएको एक महिना भयो । यसअघि खानेपानीका लागि निकै कष्ट भोग्दै आउनुभएका पुन अहिले लिफ्टमार्फत गाउँमुनिको पानी घरमै आएपछि दङ्ग हुनुहुन्छ । “बर्खामा घर माथिको समुदायिक धारामा दिनको दुई घण्टा पानी आउँथ्यो, हिउँदमा घर नजिकैको कुवामा पानी लिन जानुपर्दथ्यो”, पुनले भन्नुभयो, “एक महिना भयो घरमै खानेपानीको धारा आएको छ, २४ सै घण्टा धारामा पानी खस्दा दैनिकी बद्लिएको छ, अहिले पानीका लागि समय छुट्टाउन पर्दैन ।” बर्खामा सामुदायिक धारा प्रयोग गरेपनि हिउँदमा कुवाको पानीमा निर्भर रहेका यहाँका स्थानीय अहिले गाउँमुनिको पानी घर–घरमै आउन थालेपछि…
Read More
माओवादीका नेताहरुलाई नयाँ जिम्मेवारी

माओवादीका नेताहरुलाई नयाँ जिम्मेवारी

२१ साउन,काठमाडौँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताको जिम्मेवारी तोकिएको र फेरबदल गरिएको सम्बन्धी प्रस्ताव पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । सो बमोजिम पार्टीका उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश इञ्चार्ज बनाएको छ । गैरभौगोलिक प्रदेशका रुपमा चिनिने विशेष प्रदेश समितिका रुपमा कार्यरत सो प्रदेशलाई थप प्रभावकारी बनाउन नेता पुनलाई उक्त जिम्मेवारी दिइएको हो । यस्तै उपमहासचिव जनार्दन शर्मालाई वागमती प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । सचिव…
Read More
Page 67 of 304
1 65 66 67 68 69 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.