समाज

शृङ्गारका सामग्री आयातमा बाहिरिन्छ ठूलो रकम

शृङ्गारका सामग्री आयातमा बाहिरिन्छ ठूलो रकम

२१ साउन,काठमाडौँ । दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेइल पोलिस’को आयातमा मात्रै रु पाँच करोड २७ लाख १८ हजार बाहिरिएको छ । त्यस्तै फेसक्रिम आयतमा रु ७८ करोड पाँच लाख ८१ हजार विदेशिएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा रु ४६ करोड नौ लाख ८९ हजार मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ । यसबाट सरकारले रु…
Read More
प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब पूर्णरुपमा अनलाइनबाट

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब पूर्णरुपमा अनलाइनबाट

२१ साउन,काठमाडौँ । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गर्नुभयो । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ । अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि सोही कामका लागि दैनिक करिब एक हजार ५०० जना विभाग पुग्ने गरेका थिए । सो अवसरमा मन्त्री साउदले यो सेवा सार्वजनिक सेवा प्रवाह प्रभावकारीरुपमा प्रदान गर्ने योजनामा कोशेढङ्गा सावित भएको बताउँदै मन्त्रालयका अन्य सेवालाई पनि नयाँ प्रविधिको…
Read More
वनलाई समृद्धिसँग जोड्नुपर्छ : वनमन्त्री महतो

वनलाई समृद्धिसँग जोड्नुपर्छ : वनमन्त्री महतो

२१ साउन,काठमाडौँ । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्‍याउने माध्यमका रुपमा अघि बढाइने बताउनुभएको छ । नेपालको कूल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पुर्‍याउने गरी काम गर्नुपर्नेमा उहाँको जोड थियो । राउण्ड टेवल नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री महतोले संस्थाले हरियाली देश बनाउन गरेको योगदानका लागि प्रशंसा गर्नुभयो । साथै उहाँले परा–पर्यावरणका लागि तीन वटै तहका सरकारले जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने बताउनुभयो । मन्त्री महतोले सरकारका तीनै तहका निकाय र सरोकारवालाबीच समन्वय भइ वन जोगाउने र देशको समृद्धिमा यसको योगदान बढाउन भूमिका निर्वाह गरिने बताउनुभयो । उहाँले भन्नुभयो,…
Read More
टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही

टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही

२१ साउन,काठमाडौँ । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने जानकारी दिनुभयो । सो नगरपालिकाले गतहप्ता मात्रै टोखाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन् ।
Read More
चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण मत्स्यनारायणमा

चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण मत्स्यनारायणमा

२१ साउन,काठमाडौँ । भगवान् विष्णुले पहिलो अवतार लिएको विश्वास गरिने मत्स्यनारायण (मच्छेनारायण) मन्दिर क्षेत्रमा चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण अभियान गरिएको छ । गत असार अन्तिम साता विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु गरिएको उक्त अभियान, विश्व सम्पदा क्षेत्र पशुपति बूढानीलकण्ठ हुँदै मत्स्यनारायण मन्दिर क्षेत्रमा गरिएको हो । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा कीर्तिपुर नगरपालिका–४ बाट सुरु भएको अभियान मत्स्यनारायण मन्दिर क्षेत्रस्थित चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा पुगेर समापन गरिएको थियो । ‘सूचना मागौँ, भ्रष्टाचार अन्त्य गरौँ’ भन्ने मूलनाराका साथ सुरु गरिएको प्रभात फेरीमा ‘सूचना किन माग्ने ?’, ‘सूचना कहाँ माग्ने ?’, ‘कस्ता सूचना माग्ने…
Read More
शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका महासङ्घको असहमति

शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका महासङ्घको असहमति

२१ साउन,काठमाडौँ । सरकारले संसद्मा पेस गर्न लागेको शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका राष्ट्रिय महासङ्घले असहमति प्रकट गरेको छ । यही साउन १९ र २० गते भक्तपुरमा सम्पन्न महासङ्घको दुईदिने बैठकले विधेयकका कतिपय प्रावधानप्रति असहमति जनाएको हो । जिल्ला शिक्षा कार्यालय फेरि स्थापना गर्ने, उसैले प्रधानाध्यापक नियुक्त गर्नेलगायतका प्रावधान सङ्घीयताको मर्मविरोधी भएको महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । स्थानीय सरकारको प्रत्यक्ष सरोकारको विषय भएर पनि सरकारले आफूहरूसँग छलफल नगरी विधेयक बनाउनुले सङ्घीय सरकारले स्थानीय सरकारको अधिकार खोस्न खोजेको पुष्टि हुने उहाँको आरोप छ । “सरकारले यसबारेमा हाम्रो चासो हुँदाहुँदै पनि कुनै छलफल गरेन र स्थानीय तहको अधिकार खोस्न खोजेको जस्तो…
Read More
चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्काे

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्काे

२१ साउन,जानकी । शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिनुभयो । उहाँले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताउनुभयो । साठी वर्ष पार गरिसक्नुभएका उहाँले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको बताउनुभयो । “परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु । खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि भारतको सिमलामै जान्छु”, उहाँले भन्नुभयो, “मिले दसैँ–तिहारमा घर फर्कन्छु, नमिले साथीभाइ आउँदा उहाँहरूसँगै चाडबाड मनाउने पैसा पठाइदिन्छु ।” बुढाले विगत…
Read More
कर्णालीमा बीमाको पहुँचमा चार प्रतिशत

कर्णालीमा बीमाको पहुँचमा चार प्रतिशत

२१ साउन,कर्णाली । जीवन बीमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कलाई हेर्दा बागमती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव नौ प्रतिशत नागरिक बीमा कार्यक्रमको पहुँचमा छन् । कर्णालीमा चार प्रतिशत नागरिकमात्र बीमा कार्यक्रमको पहुँचमा भएको तथ्याङ्क छ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतले दिएको तथ्याङ्कानुसार कर्णालीको कुल जनसङ्ख्याको चार प्रतिशत नागरिक जीवन बीमाको पहुँचमा छन् । बीमा प्रिमियम (शुल्क) सङ्कलनको अवस्थाका आधारमा कर्णालीमा जीवन बीमा गर्ने नागरिकको सङ्ख्या न्यून रहेको प्राधिरकण प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीले जानकाकरी दिनुभयो । उहाँले भन्नुभयो, “देशका सात प्रदेशको तुलनामा जीवन बीमाको पहुँच आजका दिनसम्म पनि कर्णाली पछि छ…
Read More
आकर्षणको केन्द्र हिमताल

आकर्षणको केन्द्र हिमताल

२१ साउन,मनाङ। यहाँको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ । यहाँका अग्ला डाँडाकाँडा, छहरा, झरनामा पर्यटकले मोहित हुँदै मनाङ प्रवेश गर्छन् । यहाँका सफा, स्वच्छ झरना, छहराका पानीले मोहित पारेको पर्यटक बताउँछन् । यहाँको हिमनदीबाट झरेर बनेका तालमा रमाउँदै यहाँको मज्जा लिने गरेको उनीहरु भनाइ छ । जिल्ला प्रवेश गरी पहिलो दिन तालबस्तीमा देखिएका स्वच्छ झरनाबाट नै यहाँ अझ कस्तो होला भन्दै लोभ्याउने गरेको उनीहरु बताउँछन् । कजिनसारा ताल, ड्रोना ताल, गङ्गापूर्ण ताल, क्लिन लेक, ग्रिन लेक, ढुकुर पोखरी, आइसलेक, पोङ्कर ताल, तिलिचो ताललगायत…
Read More
बुङ्मतीको इँटाले बजार पाएन

बुङ्मतीको इँटाले बजार पाएन

२१ साउन,ललितपुर । ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना वर्षात्का कारण बन्द हुन्छन् । अहिले वर्षात्का कारण बुङ्मती क्षेत्रका सबै इँटा उद्योग बन्द अवस्थामा रहेका छन् । तीन वर्षअघिको इँटा अझै मौज्दात छ, बिक्री भएको छैन । बुङमती ट्रायल उद्योगद्वारा सञ्चालित युके इँटाभट्टाका व्यवस्थापक अजय बुढाथोकीका अनुसार तीन वर्षदेखिको ५० लाख बढी इँटा बिक्री नभएर मौज्दात छ । कोभिडभन्दा पहिले दिनमा ५० गाडी इँटा बिक्री हुन्थ्यो भने अहिले दिनमा एकदेखि आठ गाडीमात्र बल्लबल्ल बिक्री हुने गरेको छ । करोडौँ रकम खर्च गरेर उत्पादन गरेको इँटा बिक्री नभएर…
Read More
Page 68 of 304
1 66 67 68 69 70 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.