समाज

शिक्षा विधेयकबारे छलफल नगरिएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट

शिक्षा विधेयकबारे छलफल नगरिएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट

२३ साउन,काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा असन्तुष्टि जनाएको छ । निजी विद्यालय सञ्चालकका सङ्गठनहरुले आज संयुक्तरुपमा पत्रकार सम्मेलन गरी आफूहरुको सम्पत्तिको हकको सम्मानसहित विधेयकको मस्यौदा संशोधन गर्न माग गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन (एन प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान)ले गरेको संयुक्त पत्रकार सम्मेलनमा विधेयकमा राखिएका केही प्रावधान प्रति असन्तुष्टी जनाएको छ । निजी लगानीका संस्थागत विद्यालयप्रति पूर्वाग्राही र संविधान विपरीत, अव्यवहारिक र अन्यायपूर्ण भएको उनीहरुको भनाइ छ ।…
Read More
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो

नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो

२३ साउन,काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो । विभिन्न कम्पनीका दुई सय ६५ कम्पनीको ४८ लाख ६० हजार सात सय ४१ कित्ता शेयर ७४ हजार दुई सय ५७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ७३ करोड ७० लाख १४ हजार पाँच सय बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै…
Read More
गोलभँेडाको निर्यात बढेसँगै नेपाली बजारमा यसको मूल्य आकासियो

गोलभँेडाको निर्यात बढेसँगै नेपाली बजारमा यसको मूल्य आकासियो

२३ साउन,पर्सा । नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन भोगभँेडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो । नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो रु एक सय १० को अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ । नेपालको खुद्रा बजारमा रु एक सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो दुई सय ४० रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरुले बताए ।
Read More
बाढीबाट गोदावरीधामका मठमन्दिरमा क्षति

बाढीबाट गोदावरीधामका मठमन्दिरमा क्षति

२३ साउन,सुदूरपश्चिम । गए रातिको वर्षासँगै कैलालीको गोदावरी नदीमा आएको बाढीले गोदावरीधाम परिसरमा रहेका मठमन्दिरमा क्षति पुर्याएको छ । नदीमा आएको बाढीले धाम परिसरमा श्राद्ध गर्न बनाइएको कुण्ड, पिण्डस्थलका साथै श्रीयन्त, विष्णु मन्दिर, शिवमन्दिर, बटुक बस्ने घरलगायतका संरचनामा क्षति पुर्याएको छ । धेरै संरचना बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवाले पुरिएका छन् । बाढीले धाम परिसरमा जडान गरिएको सोलार बत्तीका साथै नदीको कतिपय भागको तटबन्धनमा पनि क्षति पुर्याएको छ । धाम विकास समितिका पदमराज जोशीले राति नदीमा आएको बाढीले धाम परिसरमा क्षति पुर्याएको बताउनुभयो । धाममा बस्दै आउनुभएका बटुक खगेन्द्र बिनाडीले बेलुकी आरती गर्ने समयमा नदीमा अचानक बाढी आउँदा…
Read More
गर्भवतीलाई पोषिलो खाद्यान्न वितरण

गर्भवतीलाई पोषिलो खाद्यान्न वितरण

२३ साउन,लहान । सिरहाको लहान नगरपालिकाले गर्भवतीलाई पोषिलो खानेकुरा वितरण गरेको छ । सोमबार नगरको वडा नं १९ का ५५ जना गर्भवतीलाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो । नगरप्रमुख महेशप्रसाद चौधरी हरेक महिनाको २२ गते गर्भवतीलाई खाद्यान्न वितरण गर्दै आउनुभएको छ । जन्मिने नवजात शिशु स्वास्थ्य रहोस् भनेर यो कार्यक्रम लागू गरिएको उहाँले बताउनुभयो । “गर्भवती तथा सुत्केरी अवस्थामा साविकभन्दा बढी पोषिलो खाना र सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “पोषिलो खाना र सरसफाइमा गर्भवती तथा घरपरिवारका महिलाको ध्यान पुगोस् भनेर पोषिलो खाद्यान्न वितरण गरिएको हो ।” सहजरूपले आयआर्जन गर्न नसकेका…
Read More
पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म आउन दिन माग

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म आउन दिन माग

२३ साउन,भरतपुर । पूर्वी चितवनबाट नारायणगढसम्मको यात्रालाई एउटै सवारी साधनमा पुग्ने व्यवस्था मिलाउन माग गरिएको छ । नेकपा (एमाले)का पूर्वी चितवनबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नेताले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई नारायणगढसम्मै जान दिन माग गरेका हुन् । नारायणगढसम्म आउन दुई सवारीसाधन प्रयोग गर्नुपर्ने र खर्च पनि बढी हुँदा यात्रु मारमा परेको जनाउँदै उनीहरूले सोमबार चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई भरतपुरको केन्द्रीय बसपार्कमा नै रोक्ने र त्यहाँबाट अटो वा म्याजिकमा बजार, अस्पताल तथा सरकारी कार्यालयमा जानुपर्ने बाध्यता रहेको जनाउँदै त्यसलाई सच्चाउन माग गरिएको चितवन क्षेत्र नं १ का प्रदेशसभा सदस्य एवं…
Read More
लम्पी स्किन : एक लाख बढी गाईभैँसीलाई खोप

लम्पी स्किन : एक लाख बढी गाईभैँसीलाई खोप

२३ साउन,गण्डकी । गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । गाईभैँसीमा फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो । यहाँ कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म १२ दसमलव ०७ प्रतिशत गाईभैँसीलाई मात्र उक्त खोप दिइएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिनुभयो । प्रदेशका ११ वटै जिल्लामा लम्पी स्किनको सङ्क्रमण देखिएपछि गत आवको अन्तिममा प्रदेश सरकारले बजेट रकमान्तर गरेर खोपका लागि रु एक करोड बजेट छुट्याएको थियो । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुविज्ञ…
Read More
अबिरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न

अबिरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न

२३ साउन,काठमाडौैँ । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्ेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारी वर्षाले काठमाडौँका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ ।” यसैगरी भारी वर्षाका…
Read More
डेङ्गु नियन्त्रणमा तीन वटै सरकारको भूमिका महत्वपूर्ण

डेङ्गु नियन्त्रणमा तीन वटै सरकारको भूमिका महत्वपूर्ण

२२ साउन,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले डेङ्गु नियन्त्रणका लागि तीन वटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित ‘डेङ्गु महामारी र नियन्त्रणसम्बन्धी अन्तरक्रिया’मा सचिव पोखरेलले डेङ्गु नियन्त्रणका लागि ‘डेङ्गु बस्ने ठाउँ खोज र नष्ट गर’ अभियान सक्रियताका साथ सुरु गर्नुपर्ने बताउनुभयो । तथ्याङ्कअनुसार सन् २०२३ को जुलाई ६ सम्म नेपालमा डेङ्गु संक्रमितको सङ्ख्या सात हजार सात सय ३३ पुगेको छ । जसमा डेङ्गु सङ्क्रमण ७१ वटै जिल्लामा फैलिएको र हालसम्म यसको सङ्क्रमणबाट सात जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले डेङ्गु सङ्क्रमितको उपचार निःशुल्क भइरहेको बताउनुभयो । स्वास्थ्य…
Read More
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

२२ साउन,काठमाडौँ । यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६७ कम्पनीको ६६ लाख ४७ हजार एक सय ४३ कित्ता शेयर एक लाख एक हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै…
Read More
Page 66 of 304
1 64 65 66 67 68 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.