समाज

भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ जारी गर्ने

भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ जारी गर्ने

१० भदौ,कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ । सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनीले यही भदौ १९ गतेदेखि आइपिओ जारी गर्नका लागि सार्वजनिक सूचना निकालेको हो । आयोजनाको प्रभावित क्षेत्रका रूपमा रहेका माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं १९ का स्थानीय बासिन्दाले कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् । भिजन लुम्बिनीले आफ्नो जारी पुँजी रु एक अर्ब ९१ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु १९ करोड १२ लाख…
Read More
कागबेनी बाढी : करिब रु एक अर्ब बरबारको क्षति

कागबेनी बाढी : करिब रु एक अर्ब बरबारको क्षति

१० भदौ,ढोरपाटन ।  गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम केही छैन । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कानुसार बाढीले कागबेनीमा करिब रु एक अर्बको क्षति पुर्याएकोे छ । भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पुर्याएको थियो । बाढीले यहाँका कृषकले खेती गर्दै…
Read More
‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान

‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान

शङ्कर श्रेष्ठ १० भदौ, मलेखु (धादिङ) । धादिङमा ड्रागन फुडको व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ –१२ साङ्कोषमा लगाइएको ड्रागन फुडको व्यावसायिक उत्पादन सुरु भएको हो । ती दुवै ठाउँमा अहिले धमाधम ड्रागन फुड टिप्ने बेला भइरहेको छ । राताम्मे भएर फलेको ड्रागन फुड टिप्ने सिजन सुरु भएको छ । यतिखेर कोपिला लाग्दै गरेको, फुल फुल्दै गरेको र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक छ । अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाले यो वर्ष राम्रो उत्पादन दिन थालेको नीलकण्ठ–१२ का छविन्द्रनारायण श्रेष्ठले बताउनुभयो । उहाँले करिब १० रोपनी पखेरा…
Read More
‘वन क्षेत्रलाई रोजगारी–आम्दानीको स्रोत बनाउनुपर्छ’

‘वन क्षेत्रलाई रोजगारी–आम्दानीको स्रोत बनाउनुपर्छ’

२५ साउन,काभ्रे । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वन क्षेत्रलाई रोजगारी सिर्जना र आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक वन दिवस–२०८० का अवसरमा आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविस्थित अल्छेचौरमा नेकपा (एमाले) वन तथा वातावरण विभागद्वारा आज आयोजित बृहत् वृक्षरोपण कार्यक्रममा उहाँले वन क्षेत्रको सुरक्षा गर्दै यसको बहुआयामिक ढङ्गले उपयोग गर्नुपर्ने बताउनुभएको हो । “अबको समयमा वन क्षेत्रलाई रोजगारी र आम्दानीको स्रोत बनाउने काम गर्नुपर्दछ”, पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो, “वनक्षेत्रलाई व्यवस्थितरूपले सुरक्षित गर्दै ठूला रुखमा लहरेफल तथा मसलाजन्यलगायत फलफुल हावापनी अनुकूल रोपेर सदूपयोग गर्नुपर्दछ ।” उहाँले सामुदायिक वनसँग मिलेर ‘वनलाई वनको रूपमा विकास गर्न’ स्थानीय तहलाई…
Read More
पहिलेको झाडी अहिले कागती बगैँचा

पहिलेको झाडी अहिले कागती बगैँचा

२५ साउन,दाङ । पाँच वर्षअघि निल काटा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको छ । जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले चारैतिर हरिया बोटमा लटरम्म कागती फलेका छन् । यहाँ पुग्ने जोकोहीको ध्यान फलेका कागतीका बगैँचाले तान्ने गरेका छन् । गोबरडिहाका किसान अन्जित चौधरीले पाखोबारीमा व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरेपछि उहाँको दैनिकी फेरिएको छ । चौतिस वर्षिय चौधरीले १० बिघा जमिन भाडामा लिइ कागती खेती सुरु गर्नुभएको हो । बगैँचा अवलोकन गर्न र खरिद गर्नका लागि विभिन्न ठाउँका मानिस यहाँ आउने गरेका चौधरीले बताउनुभयो । विसं २०७४ मा यहाँको १०…
Read More
कांग्रेसका सांसद सुनिल शर्मा प्रहरी नियन्त्रणमा

कांग्रेसका सांसद सुनिल शर्मा प्रहरी नियन्त्रणमा

२५ साउन,काठमाडौँ ।नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँलाई किन नियन्त्रणमा लिइएको हो भन्ने विषय खुलाइएको छैन ।
Read More
वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सम्झौता

वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सम्झौता

२५ साउन,जाजरकोट । उद्यमशीलता विकास गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्नेसम्बन्धमा सम्झौता भएको छ । सिंहदरबारस्थित वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आज नगरप्रमुख डम्बरबहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सो सम्झौता भएको हो । स्थानीय क्षेत्रभित्र स्थायी बसोबास गर्ने नगरवासीको जीवनयापनमा सहयोग पुग्ने गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ब्याज अनुदान कार्यक्रमअनुसार सम्झौता सहयोग पुग्ने बताइएको छ । यस नगरपालिकाले जोखिमपूर्ण अवस्थामा रहेका सर्वसाधारणको जीवनस्तर माथि उठाउन कोष स्थापना गरेको छ । विभिन्न लघुवित्तले जनतालाई चर्को ब्याज लिएर समस्यमा परिरहेको समयमा सहुलियतपूर्ण कर्जा लागू गरी जनताको जीवनस्तर उकास्न सहयोग मिल्ने अपेक्षा लिइएको नगरप्रमुख…
Read More
संघीय संसद  : सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना भनाइमा टसमस नहुँदा …

संघीय संसद : सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना भनाइमा टसमस नहुँदा …

–प्रकाश सिलवाल २५ साउन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी नियकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा रहँदा सङ्घीय संसद्को दुवै सदनका बैठक प्रभावित हुँदै आएका छन् । सत्तापक्षले राज्यका सम्बन्धित निकायबाट हुने छानबिनमा सघाउन र यसको प्रतिवेदन आउने समयसम्म धैर्य गर्न प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० लाई आग्रह गरे पनि एमालेले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेर मात्रै अनुसन्धान गहिराइमा पुग्ने भएकाले आफू त्यस अडानबाट पछि नहट्ने जनाउँदै आएको छ । सदनको जारी गतिरोध र संसदीय समितिका सभापतिको चयनलगायतका विषयमा छलफल गर्न…
Read More
चलचित्रको सेल्युलाइड युग

चलचित्रको सेल्युलाइड युग

–भेषराज कार्की २५ साउन, काठमाडौँ । चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमासमेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ । डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रविधिमा चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो । किनकी प्रिन्ट तयार गर्न निर्माताको खर्च हुने भएकाले एकसाथ नेपालभर प्रदर्शन सम्भव थिएन । यो समयमा चलचित्रको चारदेखि पाँच प्रिन्ट तयार गरेपछि प्रदर्शन गरिन्थ्यो । एउटा चलचित्र भवनबाट अर्को चलचित्र भवनमा चलचित्र प्रदर्शन गर्न समय हेरफेर गर्नुपर्ने अवस्था थियो । प्रिन्टको…
Read More
चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन पहल

चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन पहल

२५ साउन,दमौली । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन स्थानीयले पहल थालेका छन् । भानु नगरपालिका–४ स्थित चुँदीरम्घा ओझेलमा परेपछि यसको प्रचारप्रसारमा स्थानीय जुटेका हुन् । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यसँग सम्बद्धस्थलको पुनः निर्माण, खोज/अनुसन्धान, प्रवर्द्धन तथा प्रचारप्रसार गरी साहित्यिक पर्यटकीयस्थल बनाउने उद्देश्यले स्थानीयबीच प्रारम्भिक चरणको छलफल सम्पन्न भएको छ । ‘चुँदी रम्घा बनाऔँ’ अभियानअन्तर्गत भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटलगायतको सहभागितामा आयोजित छलफलले आदिकविको जन्मस्थललाई साहित्यिक पर्यटकीयस्थल बनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको निष्कर्ष निकालेको छ । भानुजयन्तीका दिन मात्रै यस ठाउँको खोजी…
Read More
Page 64 of 304
1 62 63 64 65 66 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.