समाज

उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भूस्थित बारुदखाना निरीक्षण

उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भूस्थित बारुदखाना निरीक्षण

१८ साउन,काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गर्नुभएको छ । नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले नेपाली सेना र विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ नियमित आपुर्तिका लागि पहल गर्ने स्पष्ट पार्नुभयो । करिब एक सय वर्षदेखि सैन्य सामग्री उत्पादन र अनुसन्धानमा संलग्न हुनुले नेपाली सेना र यसमा काम गर्ने जनशक्तिको गौरव बढेको भन्दै उहाँले सैनिक सामग्री निर्माण र अनुसन्धान गर्दा व्यक्तिगत सुरक्षालाई उच्च प्रथमिकता दिन आग्रह गर्नुभयो । निरीक्षणका क्रममा उहाँले केही वर्षदेखि विकास निर्माणमा समेत प्रयोग हुने विस्फोटक पदार्थको उत्पादन कच्चा पदार्थको अभावमा रोकिएपनि त्यसलाई…
Read More
विश्व वातावरण सुविधावापत रु २० करोड २२ लाख अनुदान स्वीकार गर्ने सरकारको निर्णय

विश्व वातावरण सुविधावापत रु २० करोड २२ लाख अनुदान स्वीकार गर्ने सरकारको निर्णय

१८ साउन,काठमाडौँ । नेपाल सरकारले दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधार पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधावापत प्राप्त हुने रु २० करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही साउन १६ गतेको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त परियोजनाका लागि १५ लाख ५५ हजार पाँच सय पाँच अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । उक्त बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले पूर्वसचिव शङ्करप्रसाद अधिकारीको संयोजकत्वमा गठित संस्थान सुझाव समितिको अवधि दुई महिना थप निर्णय भएको जानकारी दिनुभयो ।…
Read More
लसुन खेतीमा रमाउँदै मुसिकोटका किसान

लसुन खेतीमा रमाउँदै मुसिकोटका किसान

१८ साउन,रुकुमपश्चिम ।रुकुमपश्चिमको मुसिकोट नगरपालिका-१० झ्याङका झुपलाल खड्काका लागि लसुन खेती नौलो होइन । तर त्यो परिवारको खपतमा मात्रै सीमित थियो । तर आर्थिक वर्ष २०७५/७६ देखि वडा कार्यालयले लसुनको बिउ उपलब्ध गराउन थालेपछि उहाँ व्यावसायिक लसुन खेतीमा हुनुहुन्छ । अहिले उहाँ वडाभित्र धेरै लसुन बिक्री गर्ने किसानमा सबैभन्दा अगाडि हुनुहुन्छ । उहाँका अनुसार पछिल्लो एक सिजनमा लसुन बिक्रीबाट रु एक लाख ६१ हजार आम्दानी गर्नुभयो । “पहिले लसुन बिक्रीबाट यति राम्रो आम्दानी हुन्छ भन्ने थाहै थिएन”, उहाँले भन्नुभयो, “व्यावसायिक लसुनखेती गरेपछि भने राम्रो आम्दानी भइरहेको छ ।” वडा कार्यालयले लसुनको व्यावसायिक खेतका लागि पहल गरेपछि यतिबेला वडा कार्यालयका अधिकांश…
Read More
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा

१८ साउन,काठमाडौँ । सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको स्पष्ट पार्नुभयो । “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा ल्याइएको करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन”, सञ्चारकर्मीको जिज्ञाशामा उहाँले भन्नुभयो । वर्तमान सरकार अनियमिता, भ्रष्टाचार, बेथिती, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले…
Read More
सेवाग्राहीको चाप, कर्मचारी अभाव

सेवाग्राहीको चाप, कर्मचारी अभाव

१८ साउन,गण्डकी । दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) २१ कर्मचारीका भरमा चलेको छ । सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र कर्मचारी छन् । यातायात व्यवस्था कार्यालय कास्कीसहित बागलुङ, तनहुँ र नवपुलरमा पनि जनशक्ति अभाव देखिएको कार्यालयका प्रमुख जीतेन्द्रजङ्ग केसीले जानकारी दिनुभयो । सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको उहाँको भनाइ थियो । अस्थायी कर्मचारीको करार अवधि गत असार मसान्तमा सकिएपछि समस्या निम्तिएको केसीले बताउनुभयो । उहाँका अनुसार करार सेवामा कर्मचारी नियुक्त गर्ने विषयमा प्रदेश सरकारले अहिलेसम्म निर्णय नगर्दा अन्योलता सिर्जना भएको छ…
Read More
सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा

सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा

१८ साउन,टीकापुर । सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९÷०८० मा एक लाख १२ हजार ६५५ सवारीसाधन कारबाहीमा परेका हुन् । एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा पर्दा रु छ करोड ४३ लाख, ७० हजार राजस्व सङ्कलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । सबैभन्दा बढी मोटरसाइकल ४३ हजार छ सय ४६ वटा कारबाहीमा परेका छन् । मोटरकसाइकलबाट रु दुई करोड ५३ लाख ३७ हजार ५०० राजस्व सङ्कलन भएको छ । एक वर्षको अवधिमा २६…
Read More
सामुदायिक वनबाट समृद्धि खोज्दै घार्मीको बस्ती

सामुदायिक वनबाट समृद्धि खोज्दै घार्मीको बस्ती

१८ साउन,गण्डकी । पोखरा महानगरपालिका-१९ घार्मीका दलित समुदाय सामुदायिक वनबाट प्राप्त स्रोत उपयोग गर्दै समृद्धिको अभियानमा जुटेका छन् । कास्कीको दलितमात्र उपभोक्ता रहेको भूमीपुज्ने तीसढुङ्गे सामुदायिक वन उपभोक्ता समूह प्राकृतिक स्रोत उपयोगको अधिकारसँगै समृद्धिको अभियानमा जुटेको हो । घरसँगै जोडिएको वन पैदावार उपयोगबाट बञ्चित हुँदा जीविकोपार्जनमा विगतदेखि समस्या झेल्दै आए पनि उपभोक्ताको अथक सङ्घर्षले अधिकार प्राप्त गर्न सफल भएको समूहका पूर्वअध्यक्ष मुक्तिबहादुर सुनारले सुनाउनुभयो । उहाँका अनुसार सिङ्गो दलितबस्तीको सङ्गठित आवाजले सार्थकता पाउँदा प्राकृतिक स्रोत संरक्षण, प्रबद्र्धन र उपयोगको अधिकार प्राप्त भएको हो । वन समूह भूमि पुज्ने कृषि सहकारी संस्थाको माध्यमबाट समृद्धिको अभियानमा जुटेको उहाँको भनाइ छ । “पहिले…
Read More
ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार

ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार

१८ साउन,रामपुर (पाल्पा)। गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित हुनुहुन्छ । बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्नुहुन्छ । रामपुर नगरपालिका–२ अत्रवासका विक सामाजिक सुरक्षा भक्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षण तथा औषद्योपचार सेवा पाएपछि उहाँलाई स्थानीय सरकार नै जनताको सरकार भएको बताउनुहुन्छ । “उमेरले डाँडापारिको घाम बनेका हामी ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले गाउँघरमा नै आएर सबै सेवा दिन थालेपछि धेरै सुविधा पुगेको छ”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक भत्ताको नवीकरण गर्ने, स्वास्थ्य परीक्षण गर्ने, औषद्योपचार कसरी गर्ने भन्ने अहिले पिरलो छैन ।” उहाँ बिरामी भएका बखत…
Read More
तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

१८ साउन,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गर्नुभएको छ । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका पाँच सय २३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताउनुभयो । नगर उपप्रमुख राईले वडा नं १ दिक्तेलका १००, वडा नं २ सोल्माका ५०, वडा नं ३ बाम्राङका ५०, वडा नं ४ खाल्लेका ३०, वडा नं ५ लफ्याङका ३०, वडा नं ६ नेर्पाका १००, वडा नं ७ दोर्पाचिउरीडाँडाका ५०, वडा नं ९ निर्मलीडाँडाका ३०, वडा नं…
Read More
पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ

पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ

१८ साउन,मध्यविन्दु।नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको छ । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका सेवा सुविधा खोज्दै जिल्लाको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढेसँगै राजमार्गले छोएका स्थानीय तहमा जनसङ्ख्याको चाप बढेको हो । पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि दुईवटा स्थानीय तहको जनसङ्ख्या ऋणात्मक देखिएको छ । बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दश वर्षको अवधिमा घटेको छ भने हुप्सेकोट गाउँपालिकाको जनसङ्ख्या पनि विस्तारै घट्दो क्रममा रहेको छ । मुख्य राजमार्गले छोएका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु…
Read More
Page 69 of 304
1 67 68 69 70 71 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.