समाज

त्रियुगाका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित

त्रियुगाका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित

१७ साउन,उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट बजारसहित जलजले, देउरी, बगाहा, बोक्से तथा सहरी क्षेत्रका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित छन् । एक हप्ताअघि देखिएको आँखाको रोग अहिले बिस्तारै नगरक्षेत्रभरि फैलिन थालेको छ । जिल्ला अस्पतालका बालरोग विशेषज्ञ डा निरज सिंहका अनुसार अहिले दैनिक स–साना बालबालिकासमेत उपचारका लागि अस्पताल आउने गरेका छन् । “अधिकांश आँखा पाक्ने रोगबाट प्रभावित छन्”, उहाँले भन्नुभयो । दैनिक ८० देखि एक सय जनाको हाराहारीमा बालबालिका उपचारका लागि आउने गरेका छन् । जिल्ला अस्पतालका प्रमुख डा ज्ञानेन्द्र झाले नगरक्षेत्रका अधिकांश विद्यालयका बालबालिका यस रोगबाट पीडित छन् । गाईघाट बजारकी सन्ध्या थापा १५ वर्षीय छोरा, ९ वर्षीया…
Read More
माओवादी केन्द्रको स्थायी समिति बैठक सुुरु

माओवादी केन्द्रको स्थायी समिति बैठक सुुरु

१७ साउन,काठमाडौँ ।नेकपा (माआवादी केन्द्र) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकको सम्बन्धमा छलफल हुने माओवादीले जनाएको छ । बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक तथा साङ्गठनिक दस्तावेजलाई अन्तिम रुप दिनेछ । स्थायी समिति अगाडि पार्टी मुख्यालयमा केन्द्रीय समितिको ‘एजेन्डा’ तय गर्न पदाधिकारी बैठक बसेको थियो । पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका बारेमा छलफल भएको बताइएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रस्ताव पेस गर्नुहुनेछ ।…
Read More
नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्वपूर्ण साझेदार : राजदूत

नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्वपूर्ण साझेदार : राजदूत

१७ साउन,वाशिङ्गटन डिसी । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताउनुभएको छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि युएसएआइडी र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा तयार पारिएको नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी श्रव्यदृश्य सामग्रीको आज वाशिङ्गटन डिसीमा शुभारम्भ गर्दै राजदूत खत्रीले नेपालको प्राकृतिक सम्पदाको प्रचुरता र नेपाली संस्कृतिको विविधताले विश्व समुदायमा सदैव प्रशंसनीय भूमिका निर्वाह गरेको बताउनुभयो । नेपालको प्रजातान्त्रिक प्रक्रिया र आर्थिक सुदृढीकरणले बाह्य लगानीका लागि ढोका खुला गरेको उल्लेख गर्दै ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानी गर्र्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा युएसएआइडीकी उपसहायक निर्देशक अञ्जली कौरले युएसएआइडीले…
Read More
एक दशकदेखि पुल अधुरै

एक दशकदेखि पुल अधुरै

१६ साउन,दमौली । एक दशक वित्दा पनि मुग्लिन नारायणगढ खण्डको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेमा निर्माण गर्न लागिएको पक्की पुल अधुरै छ । दश वर्षको अवधिमा ३५ प्रतिशत मात्र काम सकिएको छ । तनहुँ र चितवन जोड्न त्रिशूली नदीमाथि घुमाउनेमा पुल निर्माण थालिएकामा दश वर्षको अवधिमा भौतिक प्रगति ३५ प्रतिशत मात्रै छ । एक सय पाँच मिटर लम्बाइ सिङ्गल आर्क ब्रिज निर्माणका लागि २०७० असार २८ गते मृत सञ्जीवनी निर्माण सेवा मकवानपुरसँग सम्झौता भएको थियो । सम्झौताअनुसार २०७३ असार ३० गते काम सम्पन्न हुनुपथ्र्यो । तर चौथो पटक गरी २०८० असार ३० गतेसम्म म्याद थप गरिएको…
Read More
कोदो दिवस २०८० मनाइयो

कोदो दिवस २०८० मनाइयो

१६ साउन,धुलिखेल ।काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित कालिकास्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ । ‘कोदोका बहारः दिगो, पौष्टिक र स्वादिष्ट आहार’ भन्ने नाराका साथ मण्डनदेउपुरस्थित स्थानीय मिलन महिला कृषक समूह र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको संयुक्त आयोजना तथा मण्डनदेउपुर नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र केयर नेपालको सहकार्यमा सोमबार तेस्रो ‘कोदो दिवस २०८०’ मनाएको हो । कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझाले कोदोको महत्व सबैलाई बुझाएर कृषि उत्पादनलाई थप व्यवस्थित गर्न र कृषि ऐन बनाएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यसँग सम्बन्धित भएको र यसको महत्व धेरै रहेकाले उत्पादन गर्ने कृषकलाई पनि यसको महत्वका…
Read More
खडेरीले सुक्यो मकै

खडेरीले सुक्यो मकै

१६ साउन ,टक्सार (भोजपुर)। भोजपुरमा खडेरीका कारण मकै सुकेको छ । जिल्लाको अरुण गाउँपालिकाका कृषक मकै सुकेपछि मारमा परेका छन् । खडेरीका कारण अरुण–६ जरायोटार र वडा नं ७ सिक्रेटारमा सबैभन्दा बढी मकै नष्ट भएको छ । जरायोटारका एक सय २० परिवारले एक सय ७० हेक्टरमा लगाएको मकैबाली खडेरीका कारण नष्ट भएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रको प्रविधिक टोलीले दुवै ठाउँको अनुगमन गरेको छ । जरायोटारको रानीटार, बतासे र वडा नं ७ सिक्रेटारमा मकैबाली पूर्णरुपमा क्षति भएको पाइएको उहाँले बताउनुभयो । “खडेरीबाट प्रभावितलाई राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ”, अध्यक्ष खत्रीले भन्नुभयो । अरुण…
Read More
खोलामा फोहोर फाल्नेलाई जरिवाना

खोलामा फोहोर फाल्नेलाई जरिवाना

१६ साउन,म्याग्दी।बेनी नगरपालिका–७ स्थित कालीगण्डकी र म्याग्दी नदी तथा सार्वजनिकस्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ । सात नं वडा कार्यालयले वडा भेलाबाट भएको निर्णयअनुसार खोलामा फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाएको हो । जिल्ला सदरमुकाम रहेको बेनी बजारको उक्त वडा भएर बग्ने म्याग्दी र कालीगण्डकी नदीको दोभान पनि छ । धार्मिक एवम् पर्यटकीय महत्वको कालीगण्डकी र म्याग्दी नदीको जैविक विविधता संरक्षण एवम् प्रदूषण न्यूनीकरण गर्न फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाइएको वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो । “नगरपालिकाले घरघरमा गाडी पठाएर कुहिने र नकुहिने फोहोर विभाजन गरेर सङ्कलन गर्ने व्यवस्था मिलाए पनि अटेरी गरेर खोलामा फोहोर फाल्ने समस्या रहेकाले…
Read More
व्यासमा खरको छाना विस्थापित

व्यासमा खरको छाना विस्थापित

१६ साउन,तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ की फुलमाया विकले वर्षौंदेखि खरको छानामा जीवन बिताउँदै आउनुभयो । घर नजिक जङ्गल भएका कारण खरको छानामा आगलागी हुने डरले उहाँलाई सधैँ सताइरहन्थ्यो । जिन्दगी खरको छानामै बित्छ झैँ लाग्थ्यो, तर त्यो सपना व्यास नगरपालिकाले पूरा गरिदिएको विक बताउनुहुन्छ । खरको छाना विस्थापित गर्ने कार्यक्रममार्फत नगरपालिकाले खरका छाना हटाएर जस्तापाता लगाइदिएपछि अहिले विक जस्तै धेरैजना खुसी हुनुहुन्छ । नगरपालिकाले प्रतिघर रु ७५ हजारका दरले खरको छाना विस्थापित गरी जस्तापाता लगाइदिएको हो । यसबाट अब आगलागी र पानी चुहिने समस्याको अन्त्य हुनाका साथै ढुक्कले घरमा बस्न सकिने विक बताउनुहुन्छ । व्यास नगरपालिका कार्यालयबाट खरको छाना…
Read More
प्रदेशले अनुत्पादक क्षेत्रमा लगानी गर्दैन : मुख्यमन्त्री पाण्डे

प्रदेशले अनुत्पादक क्षेत्रमा लगानी गर्दैन : मुख्यमन्त्री पाण्डे

१६ साउन,गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताउनुभएको छ । गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा आज सदरमुकाममा आयोजना गरिएको जिल्लास्तरीय न्यायिक समितिका पदाधिकारीको भेलालाई सम्बोधन गर्नुहँुदै उहाँले प्रदेश सरकारले प्राथमिकताका आधारमा मात्र विकासमा लगानी गर्ने उल्लेख गर्नुभयो । “अनुत्पादक क्षेत्रमा बढी लगानी भयो, गण्डकी प्रदेश सरकारको अब त्यस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने नीति छैन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “आफ्ना मतदाता भड्किन्छन, फेरि भोट दिँदैन कि भन्ने सोचेर जथाभावी लगानी गर्दै गए त्यसले कहिल्यै नतिजा दिन सक्दैन ।” उहाँले स्थानीय तहका जनप्रतिनिधिले पनि योजना छनोट र प्रस्ताव गर्दा धेरैभन्दा धेरैले लाभ लिनसक्ने क्षेत्रमा प्राथमिकता दिएर…
Read More
भरतपुर महानगर पूर्वजनप्रतिनिधि मञ्च गठन

भरतपुर महानगर पूर्वजनप्रतिनिधि मञ्च गठन

१६ साउन,भरतपुर । भरतपुर महानगरपालिका पूर्वजनप्रतिनिधि मञ्च गठन गरिएको छ । सोमबार महानगरका पूर्वजनप्रतिनिधिको भेलाले मञ्च गठन गरेको हो । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीको संयोजकत्वमा मञ्चको तदर्थ समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा चन्द्रमित्र पण्डित, सचिवमा पदमपाणि सुवेदी, कोषाध्यक्षमा विजय भुजेल, सहसचिवमा पवित्रा केसी र सदस्यमा नरिनारायण पौडेल, नरेन्द्रकुमार कन्दङ्वा, दामोदर न्यौपाने, कान्छा मल्ल, चक्र रुचाल र धनकुमारी विक रहनुभएको छ । विसं २०७४ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले महानगरपालिकाको विकास निर्माणमा सहयोग पुर्याउने उद्देश्यले मञ्च गठन गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँले अहिलेका जनप्रतिनिधिलाई आफ्नो कार्यकालको अनुभव बाँड्नका लागि पनि मञ्चले…
Read More
Page 71 of 304
1 69 70 71 72 73 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.