समाज

पेट्रोलियम व्यवसायीलाई अग्नि नियन्त्रण अभिमुखीकरण

पेट्रोलियम व्यवसायीलाई अग्नि नियन्त्रण अभिमुखीकरण

१६ साउन,लुम्बिनी ।पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले पेट्रोलपम्पमा हुनसक्ने आगलागी र यसको नियन्त्रणका उपायका बारेमा व्यवसायीलाई अभिमुखीकरण गरेको छ । एसोसिएसनले नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलवारीको सहजीकरणमा व्यवसायीलाई आगलागी हुन नदिने र आगलागी भएमा अग्नि नियन्त्रण गर्ने उपकरणको प्रयोग र अपनाउनुपर्ने सुरक्षा सतर्कताका विषयमा अभिमुखीकरण गरेको हो । पेट्रोलियम पदार्थ अति नै संवेदनशील र अत्यधिक प्रज्वलनशील पदार्थ भएकाले व्यवसायीलाई अग्नि सुरक्षा तथा आकस्मिक प्रतिक्रिया योजनासम्बन्धी अभिमुखीकरण गरिएको एसोसिएसनका अध्यक्ष हिमाल गैरेले बताउनुभयो । सबै पेट्रोलपम्पमा अग्नि नियन्त्रण गर्ने उपकरणको व्यवस्था भए पनि उपकरण प्रयोग गर्न नजान्दा हुने क्षति नियन्त्रण तथा उपकरण प्रयोग गर्ने विधिका विषयमा निगमका…
Read More
रामपुरको अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण

रामपुरको अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण

१६ साउन,रामपुर (पाल्पा)। रामपुर नगरपालिका पाल्पाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ । नगरपालिकाभित्र सात सय दुई घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ । तत्कालीन समयमा रामपुर गाउँ पञ्चायत, गाउँ विकास समिति, रामतुलसी मावि, दरैठाँटी मावि, आधारभूत मावि, नवदुर्गा मावि, सहिद बहुमुखी क्याम्पसलगायतका शैक्षिक सङ्घसंस्थाले विद्यालय तथा क्याम्पस सञ्चालनका लागि घरघडेरी बिक्री गरेका हुन् । सो संस्थाले बिक्री गरेका घरघडेरीको सोमबार ८७ जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएसँगै अव्यवस्थित बसोबासीलाई पुर्जा वितरणको काम रामपुरमा सम्पन्न भएको छ । नगरभित्रका सात सय ८३ मध्ये पहिलो चरणमा २०७९ पुस ८ गते एक सय ६४, दोस्रो चरणमा माघ…
Read More
रोल्पाका स्थानीय तहका कृषि नीति : क्षतिपूर्तिदेखि पैठारी कर खारेजसम्म

रोल्पाका स्थानीय तहका कृषि नीति : क्षतिपूर्तिदेखि पैठारी कर खारेजसम्म

१६ साउन,रोल्पा । आर्थिक विकासको मूल आधार कृषिलाई बनाउन रोल्पाका स्थानीय सरकारले यसको विकास र प्रवर्द्धनमा उच्च प्राथमिकता दिएका छन् । यसका लागि स्थानीय पालिकाले किसानले उत्पादन गरेका कृषि उपजले बजार नपाए क्षतिपूर्ति दिनेदेखि पैठारी कर छुट गर्नेसम्मका योजना तथा कार्यक्रम अघि सारेका छन् । रुन्टीगढी गाउँपालिकाले सामूहिक खेतीलाई प्रवर्द्धन गर्ने तथा उक्त कार्यक्रममा सहभागी हुने कृषकका लागि अनुदान तथा कृषि बीमा गर्ने नीति अवलम्बन गरेको छ । गाउँपालिकाअन्तर्गत उत्पादन भएका कृषि उपजमा लगाइँदै आएको पैठारी कर खारेज गरी निःशुल्क बनाइएको छ । उसले तरकारी उत्पादक कृषकबाट लिँदै आएको कर छुट गरेको छ । यस क्षेत्रका तरकारी उत्पादक कृषकले स्थानीय…
Read More
दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, त्यो कहिल्यै अपाङ्गता हुँदैन’

दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, त्यो कहिल्यै अपाङ्गता हुँदैन’

–कृष्ण दबाडी १६ साउन,कास्की। साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उहाँले शब्दमा व्यक्त गर्न सकिरहनुभएको थिएन । शारीरिकरूपमा दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’को काम गर्नुहुन्छ । ‘ब्लाइन्ड रक’ संस्थाको सदस्यसमेत रहनुभएकी उहाँ प्याराग्लाइडिङको अनुभवका लागि आइतबार दिउँसो पोखरा आउनुभएको थियो । पोखरा आएसँगै उहाँमा प्याराग्लाइडिङ गर्न मौसमले साथ देला कि नदेला भन्ने चिन्ता थियो । जब बिहान उहाँ ‘टेकअफ’का लागि मान्द्रेढुङ्गा पुग्नुभयो, उहाँले त्यसपछि आफ्नो खुसी थाम्न सक्नुभएन । “प्याराग्लाइडिङमा उड्ने पहिलादेखिकै योजना थियो । कहिले उड्न पाइएला भन्ने लागेको थियो । जाने बेला…
Read More
आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

१६ साउन,काठमाडौँ। नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । यसैगरी आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना…
Read More
इजाजत नलिई नापतौल यन्त्र प्रयोग व्यापारीविरुद्ध मुद्दा दायर

इजाजत नलिई नापतौल यन्त्र प्रयोग व्यापारीविरुद्ध मुद्दा दायर

१६ साउन,वीरगन्ज। गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९/८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३, चितवनका पाँच र पर्साका एक व्यापारीमाथि सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका सूचना अधिकारी सञ्जीवकुमार ठाकुरले जानकारी दिनुभयो । उहाँले इजाजत नलिई नापतौल गर्ने यन्त्रको प्रयोग गर्ने रौतहटको पशुपति फेन्सी, माँ लक्ष्मी सुनचाँदी ज्वेलर्स, न्यू प्रिया ज्वेलर्स, रामबलराम ट्रेडर्स, रिसब ट्रेडर्स, बैजु किराना एन्ड जेनरल सटार्स, सरोज बिज भण्डार, कृष्णा राइस मिल, बाबा…
Read More
रासायनिक मल अभाव छैन : मन्त्री भुसाल

रासायनिक मल अभाव छैन : मन्त्री भुसाल

१५ साउन,काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उहाँले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताउनुभयो । “हाल दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात छ । गत वर्षजस्तो यस वर्ष अभाव छैन”, मन्त्री भुसालले भन्नुभयो, “सङ्घीय सरकारले आयात गरेर वितरणको जिम्मा स्थानीय तहलाई दिएको छ । स्थानीय तहअन्तर्गत वितरणको जिम्मा पाएका सहकारी संस्थाले राम्रोसँग वितरण नगरेका गुनासा आउने गरेका छन् ।” उहाँका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मल खरिद गर्न सरकारले कुल रू ३८ अर्ब बजेट विनियोजन गरेकामा रू…
Read More
अब साँदल र कपुच विकट रहेन

अब साँदल र कपुच विकट रहेन

१५ साउन,कास्की ।कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका–१ को अन्तिम गाउँ हो साँदल र कपुचे । सेती नदीको मुहान क्षेत्रका यी दुई गाउँ भौगोलिक .रुपमा समेत विकट छन् । साँदल र कपुचेलाई झन विकट बनाएको छ सेती नदीले । हिउँदमा नदीमाथि बनाइएको बाँस र काठका फड्केबाट नदी वारपार गरे पनि बर्खामा भने स्थानीयवासीले नदी तर्न सास्ती बेर्होनुपर्दछ । पुल नहुँदा नदी वारपारका लागि घुमाउरो र अप्ठ्यारो बाटो हिँड्नुपर्दछ, एक घण्टाको समय लाग्छ । अहिले भने झोलुङ्गे पुल बनेसँगै स्थानीयको जीवनचर्यामा सहज बनेको छ । पुल बनेसँगै एक घण्टाको बाटो पाँच मिनेटमै वारपार गर्न सकिन्छ । स्थानीयवासीसमेत उत्साहित बनेका छन् । कपुजे र…
Read More
खीरको स्वाद हराउँदै

खीरको स्वाद हराउँदै

–ध्रुवसागर शर्मा १५ साउन,गलेश्वर ।आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै छ । गाउँघरमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खीरको मौलिक स्वाद पनि हराउँदै गएको छ । विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एक दिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खीर बनाएर खाने चलन विकसित हुँदै गएको गाउँका बूढापाकाको गुनासो छ । हिजोआज गाउँघरमा पनि रड, बालुवा, सिमेन्ट…
Read More
सागरनाथ वन परियोजनाका कर्मचारीले एकवर्ष देखि तलब पाएनन्

सागरनाथ वन परियोजनाका कर्मचारीले एकवर्ष देखि तलब पाएनन्

१५ साउन,सर्लाही। सर्लाहीको सागरनाथ वन परियोजनामा करिब रु २० करोड मूल्यको काठ बिक्री नभएर थन्किएको छ । परियोजना क्षेत्रमा उत्पादन भएको काठ बिक्री नहुँदा परियोजनाका एक सय ४६ कर्माचारी विगत करिब एक वर्षदेखि तलब नपाएर आन्दोलित भएका छन् । सरकारले वन नियमावलीमार्फत गोलिया काठ मापन गर्ने नयाँ शूत्र (हुबर) लागू गरेपछि परियोजना क्षेत्रबाट उत्पादन भएको काठ बिक्री नभएको परियोजनाका निमित्त प्रमुख शिवेन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार विगतका वर्षहरुमा (क्वाटर गर्थ) शूत्रमार्फत काठ बिक्री गर्ने गरिएको भए पनि हुबर शूत्रले हिसाब गर्दा काठको परिमाण धेरै निस्किने गरेको र नयाँ नियमावलीले राजस्व दर पनि बढाएका कारण परियोजनाको काठ बिक्री नभएको हो…
Read More
Page 72 of 304
1 70 71 72 73 74 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.