मैवाखोला पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण
१४ साउन,फुङ्लिङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिराबाट विस्थापित परिवारका लागि एकीकृत बस्ती निर्माण थालेको छ । पहिरोबाट उच्च जोखिम बस्तीलाई सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु भएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले तीन दिनमा १५ अस्थायी घर निर्माण भइसकेको बताउनुभयो । उहाँले निर्माण तीव्रगतिले अघि बढेको बताउँदै यसलाई अझ प्रभावकारी र छिटो सम्पन्न गर्न मैवाखोलामा गठन तथा दर्ता भई सञ्चालनमा रहेका टोल विकास संस्थाको भूमिका महत्त्वपूर्ण भएकाले सबै टोल विकास संस्थाले आफ्ना सदस्यलाई परिचालन गर्न आग्रहसमेत गर्नुभएको छ । विपद्को समयमा एकापसमा सहयोग गरेर पैचो लगाइराख्न र भोलि आफूलाई पर्दा पनि बिर्सने छैनन् भन्ने सोचका साथ सहयोगमा जुट्न मैवाखोलावासीसँग…
