समाज

काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा

काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा

१२ साउन,काठमाडौँ । कोभिड १९ महामारीका कारण आर्थिक वर्ष २०७६/७७ बाट स्थगन गरिएको ‘काउन्टर साइक्लिकल बफर’को व्यवस्था पुनः कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा आएको जनाएको हो । बैंकको पुँजीकोषको पर्याप्ततासम्बन्धी व्यवस्थाका लागि राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरको व्यवस्था ल्याएको हो । राष्ट्रिय स्तरका बाहेक विकास बैंक र वाणिज्य बैंकले ‘पुँजी पर्याप्तता ढाँचा, २०१५’ (क्यापिटल एडेक्वेसी फ्रेमवर्क, २०१५) अनुसार काउन्टर साइक्लिकर बफरसम्बन्धी व्यवस्था कार्यान्वयन गर्नुपर्नेछ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र कुल कर्जा प्रवाहको अन्तरका आधारमा काउन्टर साइक्लिकल बफरको दर निकाल्ने गरिन्छ । जिडिपी र कर्जाको अन्तरका आधारमा बफरको…
Read More
कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

१२ साउन,विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि चार दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्नेलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले यसका लागि यही साउन १६ गते मङ्गलबार अपराह्न ५ बजेसम्मको समय तोक्नुभएको छ । गत असार २१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिटमाथिको सुनुवाई गर्दै सर्वोच्च अदालतले साउन ११ को पूर्ण इजलाशबाट जनु विन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको…
Read More
‘हस्तकलाका सामग्री बनाउँदा ज्याला पनि उठ्दैन’

‘हस्तकलाका सामग्री बनाउँदा ज्याला पनि उठ्दैन’

१२ साउन,टीकापुर। कैलालीकी छोट्की चौधरी पाँच वर्षअघिसम्म बर्सातका मौसममा निकै व्यस्त रहनुहुन्थ्यो । खेतीपाती सकेपछि उहाँले हातको सीप र कला प्रयोग गरेर घरमा आवश्यक ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पैनछोप्नी, पैन, हाते पङ्खालगायतका हस्तकलाका सामग्री उत्पादन गर्नुहुन्थ्यो । उहाँले ती सामान आफन्तलाई कोशेली दिने र उनीहरुलाई सरसामान राखेर दिनुहुन्थ्यो । उहाँले दुई वर्षदेखि यसरी हस्तकलाका सामग्री बनाउन चटक्कै छोड्नुभयो । “मलाई आजभोलि समान बनाउन मन लाग्दैन । पहिला फुर्सद हुने वित्तिकै बनाउँथे”, उहाँ भन्नुहुन्छ, “आजभोलि ज्यालादारीको काममा जान्छु, काममा गए आफ्नो खर्च निस्कन्छ, त्यसबाहेक फुर्सद मिल्दैन, बनाउन छोडे ।” विगतमा खेतीपातीको कामबाट फुर्सदिला बने लगत्तै थारु महिला हातको कला…
Read More
मंसापुरमा युवकको शव भेटियो

मंसापुरमा युवकको शव भेटियो

१२ साउन,राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो । यस्तै हनुमानगर कंकालिनी–१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको छ । प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
Read More
भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा

भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा

– वासुदेव पौडेल ११ साउन,गण्डकी ।तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् । प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक वर्ष उक्त क्षेत्रमा गर्दै आइएको वन्यजन्तु अनुसन्धान विधि तालिमका क्रममा उक्त सङ्ख्यामा चराका प्रजाति फेला परेका हुन् । प्रकृतिका साथी संस्थाले देशका विभिन्न जिल्लाबाट सहभागी १३ जनालाई उक्त क्षेत्रमा १९ दिने तालिम प्रदान गर्दै आएको संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो । तालिमका क्रममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उहाँले बताउनुभयो । “नेपालमा मात्रै पाइने…
Read More
वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ को मृत्यु

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ को मृत्यु

११ साउन,रोल्पा । यहाँका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो । सूचना केन्द्रमा प्राप्त मुद्दाका आधारमा मृत्युको सङ्ख्या अद्यावधिक गरिए पनि वास्तविक मृत्यु योभन्दा धेरै हुनसक्ने सूचना केन्द्रका कर्मचारी स्मृति रोकामगरले बताउनुभयो । यस अवधिमा सबैभन्दा धेरै ज्यान गुमाउने परिवर्तन गाउँपालिकाका छन् । कम ज्यान गुमाउनेको सङ्ख्या थवाङ र माडी गाउँपालिकामा छ । परिवर्तन गाउँपालिकाबाट यस अवधिमा आठ जनाले ज्यान गुमाएको अभिलेखमा उल्लेख छ । यसैगरी थवाङ र माडी गाउँपालिकाबाट यस अवधिमा एक÷एक जनाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान…
Read More
विचार- नजिकबाट नियाल्दा : राराको सुन्दरता र कर्णालीको व्यथा

विचार- नजिकबाट नियाल्दा : राराको सुन्दरता र कर्णालीको व्यथा

–नेत्र सुवेदी ‘प्रयास’ ११ साउन,काठमाडौँ । “कति सुन्दर र विशाल छ रारा लोभ्याउँछ यसले संसार सारा मर्दछन् थकाई अनि बेचैनी हराउँछन् दुःख चिन्ता सारा नेपालकै आकृतिमा फैलिएको छ हेर प्रकृतिको अनुपम उपहार रारा” राराको नाम सुन्नेबित्तिकै जो कोहीको मन फरुङ्ग हुन्छ भने त्यहाँ पाइला टेक्दा स्वर्गको परिकल्पना साक्षात् भेटेजस्तै अनुभूत हुन्छ । यहाँको प्रकृतिले हरेकलाई आ–आफ्नो अन्तःस्करणबाट अनेक भावना उद्वेलित गर्दछ । यस स्तम्भकारको मनमा पनि माथिका पङ्क्ति छचल्किन पुगे । धेरै पहिलेदेखिको चाहना हुँदाहुँदै पनि गत असारको पहिलो साता मात्रै पहिलोपटक देशको सबैभन्दा ठूलो ताल भनेर चिनिने मुगु जिल्लामा पर्ने रारा ताल पुगेर प्रत्यक्ष नियाल्ने र स्पर्शसमेत गर्ने अवसर…
Read More
उपरदाङगढीको जीर्णोद्धार थालियो

उपरदाङगढीको जीर्णोद्धार थालियो

११ साउन,भरतपुर । चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीेको जीर्णोदार सुरु गरिएको छ । इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु गरेको हो । यहाँका संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएका थिए । पुरातत्व विभागसँगको समन्वयमा कोत घर, काठे पुल, ढोका र मन्दिरको जीर्णोदार गर्न सुरु गरिएको इच्छाकामना गाँउपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले पुरातत्व विभागको डिजाइन र अनुगमनमा जीर्णोदारको काम भइरहेको जानकारी दिनुभयो । “गढीको पुरानोस्वरुप बिग्रँदैन”, उहाँले भन्नुभयो, “जीर्णोद्धारपछि कोत घरलाई पुरानै अवस्थामा ल्याउँछौँ ।” उहाँले गढी बाहिरको क्षेत्रमा खानेपानीको व्यवस्था, यात्रु प्रतीक्षालय र शौचालय निर्माण गर्न लागिएको बताउनुभयो । गाँउपालिकाको आन्तरिक स्रोतबाट…
Read More
‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा

‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा

११ साउन,काठमाडौँ । विगत दुई दशकदेखि चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । कलेजले आज यहाँ प्रेस विज्ञप्ति जारी गरी सो प्रतिस्पर्धाको घोषणा गरेको हो । बीस वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले आगामी भदौ २२ गतेभित्र आफ्नो चलचित्र पठाइसक्नु पर्ने छ । विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम हुने चलचित्रलाई एक लाख, दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिने छ । कलेजका प्रधानाध्यापक रामराजा दाहालले चलचित्र निर्माणमा प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“चलचित्र सिर्जनात्मक विधा…
Read More
पर्यटकीय गन्तव्य पहिचान गर्न पदयात्रा अभियान

पर्यटकीय गन्तव्य पहिचान गर्न पदयात्रा अभियान

११ साउन,रामपुर (पाल्पा)। पर्यटकीय क्षेत्रको विकास गर्न पदयात्रा कार्यक्रम सुरु गरिएको छ । पाल्पाको तानसेनमा ओझेलमा परेका तर पर्यटन क्षेत्रको सम्भावना बोकेका क्षेत्रको खोजी गर्दै पदयात्रा अभियान कार्यक्रम थालनी भएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पाल्पा च्याप्टरले साउन महिनाको प्रत्येक शनिबार पर्यटकीय गन्तव्यको पहिचान गर्न पदयात्रा कार्यक्रम सुरु गरेको हो । पहिलो दिन तानसेनबाट चण्डी भञ्ज्याङ हुँदै बौघापोखराथोकसम्म पदयात्रा गरिएको छ । साउन महिनाको पहिलो शनिवारबाट पदयात्रा अभियान थालनी गरिएको नाट्टा च्याप्टर पाल्पाका अध्यक्ष राजीवकुमार शाहले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “प्रचुर सम्भावना बोकेका धेरै ठाउँ छन्, विकास अभाव, प्रचारप्रसार नहुँदा ओझेलमा परिरहेका छन्, ती क्षेत्रको…
Read More
Page 75 of 304
1 73 74 75 76 77 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.