समाज

बाद्यवादनमा भविष्य खोज्दै

बाद्यवादनमा भविष्य खोज्दै

–सुशीला रेग्मी १० साउन,रामपुर (पाल्पा)। सङ्गीत भावना हो, मनभित्रको लय र माधुर्यता हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुग्नुभएको छ, पाल्पाको रामपुरका अनुप काफ्ले । उहाँ १५ वर्षको हुनुभयो । उहाँलाई बाद्यवादन एक किसिमको नशाजस्तै बनेको छ । विद्यालयबाट घर फर्केपछि गृहकार्य सकाएर बाजा बजाउने र गीतअनुसारका नयाँ–नयाँ ताल सिक्ने गर्नुहुन्छ । चार वर्षदेखि काफ्लेको दैनिकी यसरी नै बितिरहेको छ । उहाँको घर अहिले बाद्यवादन सिक्ने थलो नै बनेको छ । काफ्लले आफूले जानेको सीप अन्य साथीहरूलाई पनि सिकाउनुहुन्छ । घर नै सङ्गीतको मीठो धुनले गुञ्जयमान छ…
Read More
एकीकृत जाँच चौकी : उद्घाटन भयो, सञ्चालनमा आएन

एकीकृत जाँच चौकी : उद्घाटन भयो, सञ्चालनमा आएन

१० साउन,जानकी।नेपाल–भारत सीमास्थित नेपालगन्जको एकीकृत जाँच चौकी (आइपिपी)को उद्घाटन भएको डेढ महिना वित्दा पनि सञ्चालनमा आउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत जेठ २० गते भारतको राजधानी नयाँदिल्लीबाट एकीकृत जाँच चौकीको उद्घाटन गर्नुभएको थियो । उद्घाटनको बेला दुवै देशका मालबाहक गाडी वारपार पनि गराइएको थियो । उद्घाटन भएसँगै यहाँका उद्योगी, व्यापारीमात्र नभई सर्वसाधारणले खुसीयाली मनाएका थिए । एकीकृत जाँच चौकी उद्घाटनपछि दुवै देशले आ–आफ्नो क्षेत्रमा औपचारिक कार्यक्रमसमेत गरेका थिए । तर उद्घाटनपछि उक्त एकीकृत जाँच चौकी सञ्चालनमा आउन सकेको छैन । निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण नगर्दा सञ्चालनमा आउन नकसकेको भवन डिभिजन कार्यालय नेपालगन्जका…
Read More
गबारोबाट धानबालीमा क्षति

गबारोबाट धानबालीमा क्षति

९साउन,दोधारा चाँदनी। कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो कीराले क्षति पु¥याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो कीराको प्रकोप देखिएको हो । कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो कीराको प्रकोप देखिएको जानकारी दिनुभयो । “रोपेको धानबालीमा गबारो कीराले क्षति पु¥याएपछि निःशुल्क विषादी वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “झण्डै एक सय किसानलाई विषादी वितरण गरेका छौँ, पालिकाको बजेट अभावले सबैलाई विषादी उपलब्ध गराउन सकिएको छैन ।” अधिकांश किसानको खेतमा गबारोले कीराले क्षति पु¥याएको र त्यसको निर्मूलका लागि विषादी प्रयोग गर्न कृषि अधिकृत धामीले सुझाव दिनुभयो । “पर्याप्त वर्षा नहुँदा सुक्खा भएपछि गोबारोको प्रकोप…
Read More
भीर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित

भीर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित

–केदार मगर  ८ साउन,खोटाङ। केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भीरमौरीको मह सिकार गर्न थालेकोे ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने उहाँलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईलेसाथ दिइरहनुभएको छ । नाताले मामभाञ्जा (हस्तराम मामा र तीर्थमनी भाञ्जा) ले प¥याङ (मालिङ्गोको चोया प्रयोग गरेर बनाइएको भ¥याङ)बाट अक्करे भीर टेक्ने र समाउने दुवै ठाउँ नभएको अप्ठ्यारो भीरमा समेत गएर जोखिमपूर्ण अवस्थामा मह सिकार गर्ने गर्दै आउनुभएको छ । उहाँहरूको साथमा सुतारे, दोभाषे (कोट भाषामार्फत सहकर्मीलाई जानकारी दिने व्यक्ति) र अन्य दर्जनबढी सहयोगीले पनि साथ दिँदै आएका छन् । पछिल्लो समय अक्करे भीरबाट मौरीको…
Read More
घोराही–तुलसीपुर चारलेन सडक मर्मत सुरु

घोराही–तुलसीपुर चारलेन सडक मर्मत सुरु

८ साउन,तुलसीपुर ।दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताउनुभयो । “पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ”, उहाँले भन्नुभयो, “अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम सुरु हुन्छ ।” हापुर खोलादेखि तुलसीपुरसम्म बुधबारदेखि काम सुरु गरिने हुने प्रमुख अधिकारीको भनाइ थियो । घोराही क्षेत्रको १५ किलोमिटर सडक निर्माण एउटा निर्माण कम्पनीले र तुलसीपुर क्षेत्रको १४ किलोमिटर सडक मर्मत अर्को निर्माण कम्पनीले ठेक्का पाएको छ । घोराही क्षेत्रमा रु एक करोड ४२ लाख ५५ हजार र…
Read More
आइएमएफको मिसन टोली र योजना आयोग उपाध्यक्षबीच भेटवार्ता

आइएमएफको मिसन टोली र योजना आयोग उपाध्यक्षबीच भेटवार्ता

८ साउन, काठमाडौँ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ । आइएमएफको नयाँ मिसन चिफका रुपमा नेपाल आउनुभएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग आज सिंहदरबारस्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो । भेटमा आइएमएफ टोलीले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६औँ पञ्चवर्षीय आवधिक योजना तर्जुमाका विषयमा चासो राखेको थियो । १६औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना, सार्वजनिक लगानी व्यवस्थापन मूल्याङ्कन (पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट) सुझाव कार्यान्वयनको स्थितिलगायतका विषयमा चासो राखेको छ । त्यस्तै, नेपाल अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पुँजीगत खर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालिन…
Read More
रत्नभक्तले चढाए नवदुर्गालाई एक लाखको खःमेय्

रत्नभक्तले चढाए नवदुर्गालाई एक लाखको खःमेय्

८ साउन,भादगाउँ ।आउँदो वडादशैँका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये (निख्खर कालो राँगो) भित्र्याइएको छ । घन्टाकर्ण चतुर्दशीदेखि जनैपूर्णिमाभित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह)मा खम्ये भित्र्याउनुपर्ने परम्पराअनुसार आज खम्ये भित्र्याइएको हो । यसवर्ष भक्तपुर नगरपालिका–७, चोर्चा निवासी रत्नभक्त दुमरुले खःमेय् चढाउनुभएको हो । उहाँले चाङ्गुनारायण नगरपालिका बागेश्वरीबाट रु एक लाखको खःमेय् खरिद गरेर ल्याएको जानकारी दिनुभयो । दमुरुले पाँच वर्षअघि नै खःमेय् चढाउने इच्छा व्यक्त गर्नुभएको थियो । तर नवदुर्गा देवीलाई खःमेय् चढाउन इच्छा व्यक्त गर्ने श्रद्धालु धेरै भएकाले पालोअनुसार दुमरुले यो वर्षमा मात्र खःमेय् चढाउने अवसर पाएका हुन् । दुमरुले चढाएको खःमेय्लाई नवदुर्गा देवगणका नकीँ (मुली महिला) मङ्गलमाया वनमालाले विधिविधानअनुसार नवदुर्गा…
Read More
बालीविज्ञान पढ्ने १६ विद्यार्थीलाई गाउँपालिकाबाट छात्रवृत्ति

बालीविज्ञान पढ्ने १६ विद्यार्थीलाई गाउँपालिकाबाट छात्रवृत्ति

८ साउन,टक्सार (भोजपुर)। गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बालीविज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकामा गत वर्षबाट सञ्चालनमा आएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा बालीविज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाकाले छात्रवृत्ति सहयोग गर्न लागेको हो । रामप्रसाद राई–५ मानेभञ्ज्याङ, आमबोटेमा गत वर्षबाट शिक्षालय खुलेसँगै बालीविज्ञान कक्षा सञ्चालन हँुदै आइरहेको छ । गाउँपालिकाभित्र रहेका आठ वडाका दुई÷दुई गरी १६ विद्यार्थीलाई बालीविज्ञान अध्ययनका लागि गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको गाउँपालिकाको प्रशासन शाखाका अनन्त राईले जानकारी दिनुभयो । राईका अनुसार बहुप्राविधिक शिक्षालयमा तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) मा अध्ययन गर्ने विद्यार्थीले पालिकामार्फत छात्रवृत्ति पाउने छन् ।…
Read More
बाढीले बगाउँदा चालक बेपत्ता

बाढीले बगाउँदा चालक बेपत्ता

८ साउन,बाजुरा । बाजुरामा खोलामा आएको बाढीले बगाउँदा ट्रयाक्टर चालक बेपत्ता भएका छन् । मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउली खोलाको बाढीले गए राति से २ त ३२२५ नम्बरको ट्रयाक्टर बगाउँदा चालक डुबनारायण चौधरी बेपत्ता भएको प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो । प्रहरीले बेपत्ता चालक चौधरीको खोजी गरिरहेको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको ट्रयाक्टर खोलामा ढुङ्गामा अड्किए पनि चालक चौधरी भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।
Read More
विदेशबाट फर्किएर जडीबुटी खेतीमा रमाउँदै पुर्जा

विदेशबाट फर्किएर जडीबुटी खेतीमा रमाउँदै पुर्जा

८ साउन,म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका-४ बोवाङका ४० वर्षे लुद्रबहादुर पुर्जा यतिबेला परम्परागत खेती छाडेर जडीबुटीमा रमाउन थाल्नुभएको छ । लामो समय विदेशी भूमिमा काम गरेपछि उहाँ फर्किएपछि परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटी र ओखरखेती गर्नुभएको हो । “विदेशमा गर्ने दुःख यहीँ गरेर स्वरोजगार हुने लक्ष्यका साथ जडीबुटी र ओखरखेती सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “हाल कूल १३ रोपनी पाखोबारीमा ओखर र सतुवाखेती गरिरहेको छु ।” हाल लालीगुराँस आधुनिक कृषि फार्म स्थापना गरी काम गरिरहनुभएका पुर्जाले रोजगारीका लागि छ वर्ष साउदी र तीन वर्ष कतारमा काम गर्नुभयो । टर्कीबाट प्रतिगोटा रु एक हजार सात सय ५० का दरले बिरुवा किनेर…
Read More
Page 77 of 304
1 75 76 77 78 79 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.