खेलाडीको छलाङ तर पूर्वाधार छैन
८ साउन,महेन्द्रनगर । साफ प्रतियोगितामा कुस्तीमार्फत मुलुकलाई पदक जिताउन सफल सुरेश चुनारा र शिवानी दुबे कञ्चनपुरका उत्पादन हुन् । हाल उनीहरु चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि छनोट समेत भइसकेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आवद्ध चुनारा र डडेल्धुराका दुवे मुलुकको प्रतिनिधित्व गर्दै एसियाली खेलअघि प्रशिक्षणका लागि भारत जाँदैछन् । दुवै खेलाडीसँग सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै तौल समूहमा स्वर्ण पदक जितेको इतिहास छ । साथै १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) दुवेले रजत पदक र चुनाराले काष्य जितेका थिए । त्यसो त चुनारा र दुवेसँगै कुस्तीबाट साफमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी सङ्गीता धामी र साफमै पदक…
