समाज

श्रमसम्बन्धी फैसला संग्रह सार्वजनिक

श्रमसम्बन्धी फैसला संग्रह सार्वजनिक

५ साउन,काठमाडौं । श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह २०८०’ नामक पुस्तक सार्वजनिक गरिएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उक्त पुस्तक सार्वजनिक गर्दै श्रमसँगसम्बन्धी फैसला प्रकाशनका रूपमा आउनु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले श्रमसँग सम्बन्धित नजिरलाई समेटेर पुस्तक प्रकाशन भएकाले न्यायालय र न्यायसँग सम्बन्धित व्यक्तिलाई यो पुस्तकले मार्गदर्शन प्रदान गर्नेमा विश्वास व्यक्त गर्नुभयो । श्रमसम्बन्धी विधिशास्त्रको कार्यान्वयन र श्रम कानुनको विकासमा सङ्ग्रहले योगदान पुर्‍याउने उहाँको भनाइ छ । श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले श्रमसँग सम्बन्धित कानुन र अदालतबाट भएका फैसलासम्बन्धी खोज र अध्ययन गर्न सहज होस भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरेको बताउनुभयो । उहाँले बिदामा नबसी…
Read More
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री

डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री

५ साउन,काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्द्वारा आज सिंहदरबारमा आयोजित ‘आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव’ विषयको अन्तक्र्रियामा उहाँले भन्नुभयो, “विज्ञान–प्रविधिको युगमा आधारभूत तहबाटै डिटिजल साक्षरताको विकास गरी प्रविधिमैत्री ज्ञानका साथै प्रविधिको दुरुपयोगको खतराबाट बच्नसक्ने पर्याप्त सावधानीबारे जानकारी आवश्यक छ ।” उहाँले देश र जनता एवं स्वयं आफ्नो व्यक्तिगत जीवनलाई कसरी प्रविधिमैत्री बनाउने, कुन सामग्री देश र समाजका लागि अनुकूल वा प्रतिकूल छन्, तिनीहरूबारे आधारभूत ज्ञान कसरी राख्ने, सही सामग्रीको छनोट कसरी…
Read More
जनप्रतिनिधिबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन

जनप्रतिनिधिबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन

५ साउन,बझाङ । छविसपाथिभेरा गाउँपालिकाले गत सार्वजनिक सुनुवाइका लागि सू्चना जारी ग¥यो । दुई दिनपछि सार्वजनिक सुनुवाइ हुने भएपछि तोकिएको मिति र समयमा स्थानीय जम्मा पनि भए । विहान १० बजे नै सुरू हुने भनिएको सुनुवाइ कार्यक्रम दिउँसोसम्म पनि सुरु हुने सकेन । अन्ततः गाउँपालिकाका अध्यक्ष वसन्त चलाउने, निमित्त प्रमुख प्रशासकीय अधिकृत, गगन अयडीसहितको बैठकले सार्वजनिक सुनुवाइ स्थगित गर्ने निर्णय ग¥यो । गाउँपालिकाका अध्यक्ष चलाउने र उपाध्यक्ष लक्षिमन बोहराबीच कुरा नमिल्दा सार्वजनिक सुनुवाइ स्थगित भएको हो । बोहोराले त गाउँपालिकाको बैठक नै बहिस्कार गर्न थालिसक्नुभएको छ । आफूले सूचना नै नपाएकाले सार्वजनिक सुनुवाइमा बस्न नचाहेको बोहोराको तर्क छ । “सार्वजनिक…
Read More
प्रदर्शनमा ‘लुङा’

प्रदर्शनमा ‘लुङा’

५ साउन,काठमाडौँ । शुक्रबार प्रदर्शन अन्तर्गत नयाँ नेपाली चलचित्र ‘लुङा’ प्रदर्शन भएको छ । समसामयिक विषयवस्तुमा आधारित चलचित्रलाई निर्देशक किरण राईले निर्देशन गर्नुभएको छ । बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीप जंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतका कलाकारले अभिनय गर्नुभएको चलचित्र सम्पूर्ण वर्गका दर्शकको लागि रहेको निर्देशक राईले जानकारी दिनुभयो । “यसलाई हामीले प्रेम कथानक शैलीमा तयार गरेका छौँ”, निर्देशक राईले भन्नुभयो । यसमा भुवन सिङ्ह राईले लेख्नुभएको कथालाई प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथाको स्वरूप दिनुभएको हो । काठमाडौँमा जिजिए ग्रुप…
Read More
दुई वर्षको पुरस्कार एकसाथ प्रदान गरिँदै

दुई वर्षको पुरस्कार एकसाथ प्रदान गरिँदै

५ साउन,काठमाडौँ । ‘भुवन चैत्य वसुन्धारा फाउन्डेसन’ले दुई वर्षको पुरस्कार एकसाथ प्रदान गर्ने भएको छ । उक्त पुरस्कार यही महिना प्रदान गरिनेछ । फाउन्डेसनका अध्यक्ष भुवन थापा चन्दले दुई वर्षको छवटा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । नेपाली कला, संस्कृति, रङ्गमञ्च, गीत, सङ्गीत, साहित्य तथा समाजसेवामा सक्रिय व्यक्तित्वलाई पुरस्कार प्रदान गर्न लागिएको उहाँले बताउनुभयो । विसं २०७८ को ‘हरिश–भुवन चन्द पुरस्कार २०७८’बाट चलचित्रकर्मी यादव खरेल, ‘चैत्यदेवी पुरस्कार २०७८’बाट सङ्गीतकर्मी गणेश रसिक र ‘चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार २०७८’बाट अभिनेत्री मिथिला शर्मालाई सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष चन्दले बताउनुभयो । यस्तै ‘हरिश–भुवन चन्द पुरस्कार २०७९’ चलचित्रकर्मी नीर शाह, ‘चैत्यदेवी पुरस्कार २०७९’…
Read More
काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान

काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान

५ साउन,काभ्रे । डेङ्गुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान चलाएको छ । काभ्रेपलाञ्चोक डेङ्गुको उच्च जोखिममा रहेकाले नियन्त्रणका लागि पूर्वतयारीका साथ कार्ययोजना तयार पारिएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले बताउनुभयो । लामखुट्टेले बसोबास गर्न सक्ने ठाउँ, सवारीसाधन मर्मत गर्ने ठाउँ, पानी जम्ने ठाउँ, उद्योग, कलकारखानालगायत ठाउँमा नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन अभियान सञ्चालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको कार्ययोजना, निर्देशन र सहकार्यमा अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै प्रमुख डा सेढाईँले डेङ्गुको निरन्तर निगरानी (क्लिनिकल र प्रयोगशाला)को काम भइरहेको बताउनुभयो । स्थानीय तह,…
Read More
मर्मत गर्न नसक्दा भेन्टिलेटर गोदाममा थन्किए

मर्मत गर्न नसक्दा भेन्टिलेटर गोदाममा थन्किए

५ साउन,जानकी । मर्मत गर्न नसक्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १२ भेन्टिलेटर गादाममा थन्किएका छन् । कोभिड–१९ को समयमा सरकार र विभिन्न दाताले ती भेन्टिलेटर सहयोग गरेका हुन् । भेन्टिलेटर बिग्रिएपछि गोदाममा थन्क्याइएको भेरी अस्पतालका चिकित्सक डा पारस पाण्डेले बताउनुभयो । “भेन्टिलेटर अभावमा कोभिड–१९ का बिरामीको उपचारमा समस्या भएपछि विभिन्न दाताले पाँचवटा उपलब्ध गराएका थिए । मर्मत गर्न नसक्दा गोदाममा थन्किएका छन् ।” सरकारले खरिद गरेका २० मध्ये सातवटा भेन्टिलेटर पनि बिग्रिएको उहाँले बताउनुभयो । अस्पतालसित बाँकी रहेका १३ भेन्टिलेटरमा पनि ब्याट्रीको समस्या देखिएको डा पाण्डेले बताउनुभयो । “मर्मतका लागि रकमको खाँचो छ, उपलब्ध हुनासाथ मर्मत गर्छौँ”, उहाँले भन्नुभयो ।…
Read More
नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

५ साउन,भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा नयाँ पम्प जडान भएसँगै बिहीबारदेखि नहरमा पानी छाडिएको छ । साउन लागिसक्दा पनि धान रोप्न नपाएर किसान पानी छाडेपछि हर्षित भएका छन् । बिहीबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले नयाँ पम्पको उद्घाटन र पानी छाड्ने कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री जोशीले किसानलाई समयमै पानी उपलब्ध गराउन ढिलाइ भएको बताउनुभयो । उहाँले सरकारी काममा ढिलासुस्ती हुने गरेको भन्दै अब कुनै पनि बाहानामा ढिलासुस्तीलाई छुट नहुने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका सांसद जेएन थपलियाले सांसद नारायणी लिफ्ट सिँचाइ प्रणाली पुरानो र खर्चिलो भएको भन्दै यसको…
Read More
लम्पी स्किनको प्रभाव : २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित

लम्पी स्किनको प्रभाव : २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित

५ साउन,महेन्द्रनगर । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि एको छ । तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन् । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशमा छ सय ३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगायएको छ । “तीन…
Read More
जग्गा अतिक्रमण गर्ने तीनजना नियन्त्रणमा

जग्गा अतिक्रमण गर्ने तीनजना नियन्त्रणमा

५ साउन,गोलबजार। वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका–१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो । सामुदायिक वनको जग्गा खनजोत गरिरहेको अवस्थामा ट्र्याक्टरसहित तीनै जनालाई सब डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । गोलबजार–१० धोबियाधारस्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको सहायक वन अधिकृत सत्यनारायण यादवले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई वन ऐनअन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्राले जानकारी…
Read More
Page 80 of 304
1 78 79 80 81 82 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.