समाज

लम्पी स्किनबाट एक सय ५९ पशु मरे

लम्पी स्किनबाट एक सय ५९ पशु मरे

४ साउन,रसुवा । रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन् । जिल्लाका पाँचवटै गाउँपालिकाका पशुचौपाया लम्पी स्किन रोग फैलिएको छ । सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ । उक्त गाउँपालिकाको स्याफ्रुबेँसीमा कार्यरत पशुसेवा प्राविधिक प्रमुख सुरेश वडालका अनुसार छ वडामा लम्पी स्किनबाट हालसम्म २१ चौरी, एउटा याक र ४१ स्थानीय जातका गाईगोरुको मृत्यु भएको छ । “रोग नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ”, उहाँले भन्नुभयो । गोसाइँकुण्डभित्र करिब आठ सय पशु लम्पी…
Read More
जलजलामा बिरामी चितुवाको उद्धार

जलजलामा बिरामी चितुवाको उद्धार

४ साउन,पर्वत। पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङमा बिरामी चितुवाको उद्धार गरिएको छ । बुधबार मालढुङ्गा–बेनी सडक नजिकै फर्सेमा मकैको खेतमा भेटिएको बिरामी चितुवाको डिभिजन वन कार्यालयले उद्धार गरेको हो । करिब डेढ वर्ष उमेरको चितुवा मकै बारीमा सुतेको देखेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । कार्यालय प्रमुख विष्णु अधिकारीका अनुसार पशु कार्यालयको टोलीले अशक्त चितुवाको स्वास्थ्य जाँच गरिरहेको छ । चितुवालाई उपचारपछि उचित वासस्थानमा छाड्ने उहाँले बताउनुभयो । पर्वतमा गत आवमा नौ चितुवा मृत फेला परेका थिए । दुई चितुवाको जिवितै उद्धार गरिएको थियो । डिभिजन वन कार्यालयले गत आवमा चितुवाले पु¥याएको क्षतिपूर्तिबापत पीडितलाई रु २६ लाख ८६ हजार…
Read More
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

४ साउन,काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताउनुभयो । सुन…
Read More
कोशी प्रदेशमा दुर्घटनामा कमी

कोशी प्रदेशमा दुर्घटनामा कमी

४ साउन,झापा । कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९÷८० मा तीन हजार पाँच सय १० सवारीसाधन दुर्घटना हुँदा चार सय १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी आठ सय १० जना गम्भीर तथा चार हजार सात सय ९७ जना सामान्य घाइते भएका थिए । आव २०७८÷७९ मा प्रदेशमा तीन हजार आठ सय २० सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनाबाट पाँच सय ३१ जनाको मृत्यु,…
Read More
छोरी जन्मने बित्तिकै पाँच हजार खातामा

छोरी जन्मने बित्तिकै पाँच हजार खातामा

४ साउन,रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिनुभयो । यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उहाँको भनाइ छ । बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन । “छोरी जन्मिदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ”, उपाध्यक्ष डाँगीले भन्नुभयो…
Read More
वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउँदै

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउँदै

४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ । वीरगञ्ज सहरको मुख्य नाला अतिक्रमण गरी सञ्चालित क्लासिक होटल र कर्पोरेट बैंकलाई संरचना हटाउन पटकपटक पत्राचार गरे पनि अटेर गरेकाले भत्काएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । मुलुकी देवानी संहिता २०७४ को दफा ३०० को उपदफा १ को (क) बमोजिम परापूर्वकालदेखि रहेको घर जग्गा, ढल वा बाटो सार्वजनिक सम्पत्ति मानिने व्यवस्थाबमोजिम मुख्य नाला माथि बनेको संरचना हटाउन थालिएको उहाँले बताउनुभयो । महानगरले अहिले मुख्य नाला सफाइलाई…
Read More
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ

कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ

४ साउन,काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९÷८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले विभिन्न मितिमा अदालतले कैद र जरिवानाको फैसला सुनाएकामा फरार रहेकाहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिनुभयो । अदालतले पक्राउ परेका उनीहरुबाट रु १२ करोड ८७ लाख ९३ हजार जरिवाना असुल गरेको छ । यस्तै विभिन्न समयमा अदालतबाट कैद र जरिवाना…
Read More
ग्रामीण सडकमा हेरालु परिचालन

ग्रामीण सडकमा हेरालु परिचालन

४ साउन,गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले बर्खायामको समयमा पालिकाभित्रका मुख्य–मुख्य ग्रामीण सडक मर्मतसम्हारका साथै सडक सञ्चालन राख्न सडक हेरालु परिचालन गरेको छ । गाउँपालिकाले पालिकाभित्र १५ सडक हेरालु नियुक्त गरी परिचालन गरेको छ । गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार छनोटमा परेका सडक हेरालुलाई तालिमसमेत प्रदान गरिएको छ । बर्खामा सडकमा बग्ने भल तथा स–साना पहिरा समयमा नै हटाउन तथा सडक सरसफाइ गर्न सडक हेरालु नियुक्त गरी परिचालन गरेको उहाँको भनाइ छ । सडक हेरालुमार्फत भल तथा पहिरा व्यवस्थापन गरी मुख्य–मुख्य ग्रामीण सडक तत्काल मर्मतसम्भार गर्नसके निर्माण भइसकेका सडकमा क्षति न्यून गर्न सकिने अध्यक्ष गुरुङले बताउनुभयो । नियुक्त भएका सडक हेरालुले…
Read More
डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

४ साउन,चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताउनुभयो । भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी…
Read More
साँघुरो र जीर्ण सडकले मकवानपुरमा दुर्घटनाको जोखिम बढ्दो

साँघुरो र जीर्ण सडकले मकवानपुरमा दुर्घटनाको जोखिम बढ्दो

- मणिराज गौतम ३ साउन,मनहरी ।मकवानपुरमा दैनिक रुपमा सवारी दुर्घटना बढिरहेको छ । साँघुरो बाटो र जीर्ण सडकका कारण अधिकांश दुर्घटना हुने गरेको यातयात व्यवसायीको भनाइ छ । जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार गत आर्थिक वर्षमा मात्रै मकवानपुरका सडकखण्डमा तीन सय ६३ सवारी दुर्घटना भएका छन् । गत वर्ष जिल्लामा सवारी दुर्घटनाबाट ६१ ज्नाले ज्यान गुमाएका छन् । एक सय ८७ मोटरसाइकल, जीप÷कार ५१, ट्र्याक्टर ४८, यात्रु बहाक बस ३३, टेम्पो १६, टिपर, माइक्रो, साना सवारी साधनलगायत २८ वटा गरी तीन सय ८७ सवारी साधन दुर्घटनामा परेका जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सवारीसाधन…
Read More
Page 82 of 304
1 80 81 82 83 84 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.